Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #अमेरिका_ठगी
Search Here
विश्व
  • Home
  • विश्व
  • जापानद्वारा पुनः प्रयोगयोग्य रकेटको पहिलो परीक्षण उडान सफल
जापानद्वारा पुनः प्रयोगयोग्य रकेटको पहिलो परीक्षण उडान सफल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, असार २७, २०८३

टोकियो- जापानको अन्तरिक्ष निकायले पुनः प्रयोग गर्न मिल्ने प्रयोगात्मक रकेटको पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । अन्तरिक्ष प्रक्षेपण लागत घटाउने र विश्वव्यापी अन्तरिक्ष बजारमा प्रतिस्पर्धी बन्ने लक्ष्यसहित जापानले यो प्रविधिको विकास अघि बढाएको हो ।

जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जेएएक्सए) को उत्तर-पूर्वी जापानस्थित नोशिरो परीक्षण केन्द्रमा शनिबार गरिएको परीक्षणका क्रममा ‘आरभी-एक्स’ रकेटले एक मिनेटभन्दा कम समयको उडान भरेको थियो । परीक्षणका क्रममा रकेट केही समय हावामा स्थिर रह्यो, तेर्सो दिशामा अघि बढ्यो र सुरक्षित रूपमा अवतरण गरेको जेएएक्सएले जनाएको छ ।

जेएएक्सएका पुनः प्रयोगयोग्य रकेट परियोजना प्रमुख ताकाशी इतोका अनुसार रकेटले परीक्षणका क्रममा योजनाअनुसार प्रदर्शन गरेको थियो । रकेटले करिब ११ मिटर उचाइ हासिल गर्दै अवतरण गर्नुअघि ठाडो अवस्थामा १६ मिटर तेर्सो दूरी तय गरेको थियो । अमेरिकी कम्पनी स्पेसएक्सले पुनः प्रयोगयोग्य रकेट प्रविधिको प्रयोगमार्फत अन्तरिक्ष प्रक्षेपण लागत घटाउँदै आएको अवस्थामा जापानले पनि सोही प्रविधिमा आधारित क्षमता विकास गर्न खोजिरहेको छ ।

Hardik health

यो परीक्षण जापानको अन्तरिक्ष कार्यक्रमका लागि महत्वपूर्ण कदम मानिएको छ । यसले हाल प्रयोग भइरहेको एकपटक मात्र प्रयोग गर्न मिल्ने एच-३ रकेटको तुलनामा कम लागतमा प्रक्षेपण सेवा विकास गर्ने लक्ष्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । चीनले आफ्नो रकेटको पहिलो चरण सफलतापूर्वक पुनः प्राप्त गरेको घोषणा गरेको भोलिपल्टै जापानले यो परीक्षण गरेको हो ।

जेएएक्सए र मित्सुबिसी हेभी इन्डस्ट्रिजले संयुक्त रूपमा विकास गरिरहेको आरभी-एक्स रकेटमा सुधारिएको टिकाउ इन्जिन र अवतरणका क्रममा हुने धक्का सहन सक्ने चारवटा ल्यान्डिङ गियर जडान गरिएको छ । रकेटको व्यास एक दशमलव आठ मिटर र लम्बाइ सात दशमलव तीन मिटर रहेको छ ।
परियोजना प्रमुख इतोका अनुसार उक्त इन्जिनले हालसम्म १६५ पटक दहन परीक्षण सफलतापूर्वक पूरा गरिसकेको छ ।

जेएएक्सएले फ्रान्स र जर्मनीसँगको सहकार्यमा पुनः प्रयोगयोग्य रकेट विकास गरिरहेको छ । आगामी परीक्षणहरूमा आरभी-एक्सलाई करिब १०० मिटर उचाइसम्म पुर्‍याउने योजना रहेको पनि जेएएक्सएले जनाएको छ । जापानी सरकारले अन्तरिक्ष ढुवानी क्षमतालाई राष्ट्रिय अन्तरिक्ष कार्यक्रम र सुरक्षाका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानेको छ ।
 


प्रकाशित मिति: शनिबार, असार २७, २०८३  १४:५३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
कंगाेमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु
कंगाेमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु शनिबार, असार २७, २०८३
आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पद्वारा इरानलाई कडा चेतावनी
आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पद्वारा इरानलाई कडा चेतावनी शनिबार, असार २७, २०८३
एआईबाट सिर्जित संंगीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
एआईबाट सिर्जित संंगीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक शनिबार, असार २७, २०८३
मोदीको न्युजिल्यान्ड भ्रमण विवादबीच सुरु
मोदीको न्युजिल्यान्ड भ्रमण विवादबीच सुरु शुक्रबार, असार २६, २०८३
युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु
युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु शुक्रबार, असार २६, २०८३
स्पेनमा आगलागी, १२ जनाको मृत्यु
स्पेनमा आगलागी, १२ जनाको मृत्यु शुक्रबार, असार २६, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP