Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
विश्व
  • Home
  • विश्व
  • मोदीको न्युजिल्यान्ड भ्रमण विवादबीच सुरु
मोदीको न्युजिल्यान्ड भ्रमण विवादबीच सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २६, २०८३

एएफपी- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी न्युजिल्यान्डसँग हालै सम्पन्न स्वतन्त्र व्यापार सम्झौतापछि द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित शुक्रबार वेलिङ्गटन पुगेका छन् । तर आर्थिक सहकार्यको नयाँ अध्याय सुरु गर्न लक्षित यस भ्रमणसँगै आप्रवासन र जातीय टिप्पणीलाई लिएर उत्पन्न विवादले पनि राजनीतिक बहस चर्काएको छ ।

मोदीको भ्रमणका क्रममा व्यापार, पर्यटन, खेलकुद तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल हुनेछ । यो पछिल्लो चार दशकमा कुनै भारतीय प्रधानमन्त्रीको न्युजिल्यान्ड भ्रमण हो । उनले सरकारी स्वागत समारोहमा सहभागी हुनुका साथै अकल्यान्डमा आयोजना हुने व्यापार, खेलकुद र भारतीय समुदायको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ । स्पार्क एरेनामा हुने कार्यक्रममा करिब १० हजार भारतीय मूलका समुदायका सदस्य सहभागी हुने अपेक्षा गरिएको छ ।

न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले अप्रिलमा भारतसँग सम्पन्न स्वतन्त्र व्यापार सम्झौताले निर्यात, रोजगारी र लगानी विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने बताएका थिए। उक्त सम्झौतालाई संसद्बाट व्यापक समर्थन प्राप्त हुने अपेक्षा गरिएको छ । यद्यपि सत्तारूढ गठबन्धनमै रहेको न्युजिल्यान्ड फस्र्ट पार्टीका केही सांसदले विशेषगरी आप्रवासन र भिसासम्बन्धी व्यवस्थाको विरोध गरेका छन् । सरकारी मन्त्री शेन जोन्सले भारतीय आप्रवासीको आगमन बढ्न सक्ने भन्दै दिएको ‘बटर चिकेन सुनामी’ सम्बन्धी अभिव्यक्तिले विवाद निम्त्याएको छ । भारतीय समुदायका नेताहरूले त्यसलाई जातीय विभेदपूर्ण टिप्पणीको संज्ञा दिएका छन् ।

Hardik health

यसैबीच, इभान्जेलिकल प्रचारक ब्रायन तमाकीले सामाजिक सञ्जालमार्फत हिन्दू, सिख र मुस्लिम समुदायविरुद्ध उत्तेजक अभिव्यक्ति दिएपछि थप आलोचना भएको छ । न्युजिल्यान्डका जातीय सम्बन्ध आयुक्तले ती अभिव्यक्तिलाई पूर्ण रूपमा अस्वीकार्य र भयावह बताएका छन् । म्यासी विश्वविद्यालयकी मानवशास्त्री सीता वेङ्कटेश्वरले भारतीय मूलका न्युजिल्यान्डवासी जातीय विभेद र अपमानजनक व्यवहारको सामना गरिरहेका बेला मोदीको भ्रमण भइरहेको बताएका छन् । उनका अनुसार दक्षिण एसियाली समुदाय हाल जातीय रूपमा प्रेरित घटनाको सबैभन्दा बढी निशानामा पर्ने समूह बनेको छ ।

यद्यपि विवादका बीच पनि प्रधानमन्त्री लक्सनले भ्रमणलाई न्युजिल्यान्ड-भारत सम्बन्धको नयाँ उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् । करिब तीन लाख भारतीय मूलका नागरिक बसोबास गर्ने न्युजिल्यान्डका लागि यो भ्रमण आर्थिक साझेदारी, सुरक्षा सहकार्य र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने अवसर भएको उनको भनाइ छ ।


 


प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १५:३७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
एआईले दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम
एआईले दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम मंगलबार, भदौ २, २०८३
झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक
झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक मंगलबार, भदौ २, २०८३
किमसँग सम्पर्कमा रहेको ट्रम्पको संकेत
किमसँग सम्पर्कमा रहेको ट्रम्पको संकेत मंगलबार, भदौ २, २०८३
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु मंगलबार, भदौ २, २०८३
समुद्रले निल्दै नाइजेरियाली बस्ती
समुद्रले निल्दै नाइजेरियाली बस्ती सोमबार, भदौ १, २०८३
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन सोमबार, भदौ १, २०८३
हंगेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु
हंगेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु आइतबार, साउन ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP