Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र_राई
  • #प्रतिनिधि सभा बैठक
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #सुनचाँदीको_मूल्य
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
  • #शिष्टाचार_भेटवार्ता
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  •   इन्फिनिटी लघुवित्तद्वारा दुर्गम क्षेत्रमा शैक्षिक सहयोग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
  इन्फिनिटी लघुवित्तद्वारा दुर्गम क्षेत्रमा शैक्षिक सहयोग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २६, २०८३

काठमाडाैं - इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले दुर्गम क्षेत्रमा शैक्षिक सहयोग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ । संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा तथा कालिकोट जिल्लामा शैक्षिक सहयोग एवं वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हाे  ।

संस्थाको शाखा कार्यालय तकसेरा (रुकुम पूर्व), पेदीबजार (रुकुम पश्चिम) र बाघमारा (रोल्पा) मार्फत सञ्चालित शैक्षिक सहयोग कार्यक्रमअन्तर्गत विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत करिब ५०० जना विद्यार्थीलाई कापी, कलमलगायत आवश्यक शैक्षिक सामग्री वितरण गरिएको छ ।

विद्यार्थीहरूको पठनपाठनलाई थप सहज, गुणस्तरीय तथा प्रभावकारी बनाउन सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । यसैगरी, शाखा कार्यालय पलाँता (कालिकोट) ले स्थानीय तहसँगको सहकार्यमा वित्तीय सचेतना अभियान अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

Hardik health

दुर्गम क्षेत्रका नागरिकहरूमा बचत, जिम्मेवार कर्जा उपयोग, वित्तीय अनुशासन तथा वित्तीय सेवाप्रतिको पहुँच र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रमहरू सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागितामा सम्पन्न भएका थिए ।

सहभागीहरूले शिक्षा र वित्तीय साक्षरतामा केन्द्रित यस्ता कार्यक्रमले विद्यार्थी तथा समुदायमा सकारात्मक सोच, जिम्मेवार वित्तीय व्यवहार र गुणस्तरीय शिक्षाप्रति थप प्रेरणा जगाउने विश्वास व्यक्त गरेका थिए ।इन्फिनिटी लघुवित्तले शिक्षा, वित्तीय समावेशीकरण तथा समुदायको दिगो विकासलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको अभिन्न अंगका रूपमा लिँदै आएको छ ।

संस्थाका अनुसार शिक्षामा गरिएको सानो लगानीले पनि दीर्घकालीन रूपमा समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वासका साथ यस्ता कार्यक्रमहरू सञ्चालन गरिएका हुन् । संस्थाले आगामी दिनहरूमा पनि शिक्षा, सामाजिक उत्थान, वित्तीय समावेशीकरण तथा समुदायको समग्र विकासमा योगदान पुर्‍याउने संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरूलाई अझ प्रभावकारी र व्यापक रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
 
 


प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १४:४४
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
समृद्धि र पोखरा फाइनान्सले सुरु गरे एकीकृत कारोबार
समृद्धि र पोखरा फाइनान्सले सुरु गरे एकीकृत कारोबार शुक्रबार, असार २६, २०८३
कोशी प्रदेशकाे इटहरीमा कजारिया रमेश टायल्सको बजार विस्तार
कोशी प्रदेशकाे इटहरीमा कजारिया रमेश टायल्सको बजार विस्तार बिहीबार, असार २५, २०८३
कुमारी बैंकद्वारा सामुदायिक विद्यालयहरुलाई स्मार्ट टेलिभिजन हस्तान्तरण
कुमारी बैंकद्वारा सामुदायिक विद्यालयहरुलाई स्मार्ट टेलिभिजन हस्तान्तरण बिहीबार, असार २५, २०८३
ब्लकको उत्पादन र क्षमतामा वृद्धिमा मेची इन्डस्ट्रिज र  लक्ष्मी इन–फ्याबकाे सम्झौता
ब्लकको उत्पादन र क्षमतामा वृद्धिमा मेची इन्डस्ट्रिज र लक्ष्मी इन–फ्याबकाे सम्झौता बुधबार, असार २४, २०८३
कुमारी बैंक र जर्मन वित्तिय संस्थाबीच साझेदारी
कुमारी बैंक र जर्मन वित्तिय संस्थाबीच साझेदारी बुधबार, असार २४, २०८३
मुक्तिनाथ बैंकद्धारा मिड–डे मील कार्यक्रमलाई सहयोग
मुक्तिनाथ बैंकद्धारा मिड–डे मील कार्यक्रमलाई सहयोग बुधबार, असार २४, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP