Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
विश्व
  • Home
  • विश्व
  • ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना
ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २६, २०८३

वासिङ्टन- इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ र ‘विशिष्ट’ योजनासम्बन्धी खुफिया जानकारी यसै साता संयुक्त राज्य अमेरिकासँग साझा गरेको अमेरिकी सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् । अमेरिका-इरानबीच पुनः सैन्य तनाव बढ्दै पूर्ण युद्धतर्फ फर्किन सक्ने आशंका भइरहेका बेला सार्वजनिक भएको यो दाबीले सुरक्षा चिन्ता थप बढाएको छ ।

सिएनएनले यस विषयमा जानकार अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै वासिङ्टनले ट्रम्पविरुद्ध हुन सक्ने सम्भावित हत्या प्रयाससम्बन्धी सूचनाहरू लामो समयदेखि निगरानी गरिरहेको भए पनि इजरायलले उपलब्ध गराएको पछिल्लो जानकारी भने एउटा विशिष्ट र नयाँ षड्यन्त्रसँग सम्बन्धित रहेको जनाएको छ । वाल स्ट्रिट जर्नलले पनि अज्ञात स्रोतहरूकै आधारमा अमेरिकी गुप्तचर निकायले ट्रम्पलाई लक्षित ‘ताजा’ योजनाबारे जानकारी प्राप्त गरेको उल्लेख गरेको छ ।

इरानले सन् २०२० को जनवरीमा अमेरिकी आदेशमा इरानी वरिष्ठ सैन्य कमान्डर कासिम सुलेमानीको हत्या भएपछि त्यसको प्रतिशोध लिने प्रतिबद्धता पटक-पटक दोहोर्‍याउँदै आएको छ । त्यसयता ट्रम्पको सुरक्षासम्बन्धी जोखिमबारे अमेरिकी सुरक्षा निकायहरू सतर्क रहँदै आएका छन् । समाचारबारे प्रतिक्रिया माग्दा ह्वाइट हाउसले ट्रम्पले बुधबार व्यक्त गरेका भनाइतर्फ ध्यानाकर्षण गराएको थियो । नाटो शिखर सम्मेलनपछि फर्किने क्रममा एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू इरानको निशानामा रहेको दाबी गरेका थिए । उनले भनेका थिए, “उनीहरू अमेरिकी नेतालाई हटाउन चाहन्छन् । म उनीहरूको प्रत्येक सूचीमा छु ।”

Hardik health

ट्रम्पले टर्कीबाट फर्किने क्रममा नयाँ कतारी उपहारस्वरूप प्राप्त जेट प्रयोग नगरी पुरानै एयर फोर्स वनबाट यात्रा गरेका थिए। नयाँ विमानलाई बेलायत पठाएर त्यहाँबाट अर्को विमान परिवर्तन गरिएको घटनाले सुरक्षा व्यवस्थाबारे व्यापक चर्चा भएको थियो । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार उक्त निर्णय विशेषगरी नयाँ विमानमा आवश्यक सुरक्षा प्रणाली पूर्ण रूपमा जडान नभएको र त्यसैबेला अमेरिका-इरान तनाव चुलिएकाले अपनाइएको सावधानीका रूपमा हेरिएको छ । न्युयोर्क टाइम्सले यो परिवर्तन अमेरिकी गोप्य सेवाको अनुरोधमा सुरक्षात्मक उपायस्वरूप गरिएको जनाएको छ ।

पछि आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सुरक्षा व्यवस्थाबारे विस्तृत टिप्पणी गर्न चाहेनन् । तर विगतमा पनि आफूलाई लक्षित हत्या प्रयासका आशंका उठिसकेको संकेत दिँदै इरानबाट आउने जोखिमलाई हल्का रूपमा नलिनुपर्ने धारणा व्यक्त गरे।
 


प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १२:१८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
एआईले दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम
एआईले दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम मंगलबार, भदौ २, २०८३
झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक
झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक मंगलबार, भदौ २, २०८३
किमसँग सम्पर्कमा रहेको ट्रम्पको संकेत
किमसँग सम्पर्कमा रहेको ट्रम्पको संकेत मंगलबार, भदौ २, २०८३
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु मंगलबार, भदौ २, २०८३
समुद्रले निल्दै नाइजेरियाली बस्ती
समुद्रले निल्दै नाइजेरियाली बस्ती सोमबार, भदौ १, २०८३
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन सोमबार, भदौ १, २०८३
हंगेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु
हंगेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु आइतबार, साउन ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP