Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
विश्व
  • Home
  • विश्व
  • खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी
खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार २५, २०८३

नजाफ- इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि कार्यक्रमअन्तर्गत इराकका पवित्र सहर नजाफ र कर्बलामा बुधबार हजारौँ शोकाकुल सहभागी भएका छन् । अत्यधिक भीडका कारण केही समय शवयात्रा अव्यवस्थित बनेपछि शव बोक्ने टोलीले कफिनलाई सुरक्षित राख्न भुइँनजिक झार्नुपरेको थियो ।

फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि गरेको व्यापक आक्रमणमा ८६ वर्षीय खामेनीको मृत्यु भएको थियो । उनी युद्धका क्रममा मारिएका वरिष्ठ इरानी नेतामध्ये एक थिए । उनको अन्त्येष्टिका कारण केही समय रोकिएको अमेरिका-इरान वार्ताबीच पछिल्ला दिनमा पुनः सैन्य तनाव चर्किएको छ । तेहरानले हर्मुज जलघाँटीमा तीन जहाजमाथि आक्रमण गरेको आरोप लगाउँदै अमेरिकी सेनाले बुधबार इरानमा आक्रमण गरेको थियो भने त्यसको जवाफमा इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य लक्ष्यमा प्रहार गरेको जनाएको छ ।

तेहरानमा शनिबारदेखि सुरु भएको अन्त्येष्टि कार्यक्रमपछि खामेनीको पार्थिव शरीर इराक ल्याइएको हो । विश्वभरका शिया मुस्लिमका लागि अत्यन्त पवित्र मानिने नजाफमा मङ्गलबार पार्थिव शरीर पुगेपछि हजारौँ समर्थकले स्वागत गरेका थिए । इरानी राष्ट्रपति मसुद पेजेस्कियान, विदेशमन्त्री अब्बास अराघची तथा अन्य वरिष्ठ अधिकारीले शवयात्रामा सहभागिता जनाएका थिए । इस्लामिक गणतन्त्रको झण्डाले ढाकिएको काँचको कफिनमा राखिएको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन समर्थकहरूको ठूलो भीड जुटेको थियो ।

Hardik health

नजाफस्थित इमाम अलीको पवित्र मन्दिरमा वरिष्ठ धर्मगुरु मुहम्मद ताकी अल-हाकिमले अन्त्येष्टि प्रार्थनाको नेतृत्व गरे । कफिन मन्दिरतर्फ लैजाँदा श्रद्धाञ्जलि अर्पण गर्न आतुर भीडले धक्का दिएपछि अवस्था केहीबेर नियन्त्रणबाहिर गएको थियो । कफिन ढल्न सक्ने अवस्था आएपछि शव बोक्ने टोलीले त्यसलाई तल झारेर सुरक्षित रूपमा अगाडि बढाएको थियो ।

अन्त्येष्टिमा सहभागी जाफर जवादले खामेनीको पार्थिव शरीर नजाफ ल्याइनु इराकका लागि ठूलो सम्मान भएको बताउँदै उहाँप्रति आफ्नो निष्ठा कायम रहने प्रतिक्रिया दिए।त्यसपछि पार्थिव शरीर कर्बला लगिएको थियो । इमाम हुसेनको समाधिस्थल रहेको कर्बलामा पनि हजारौँ समर्थक उपस्थित भएका थिए । इराकका प्रमुख शिया धर्मगुरुका प्रतिनिधि अब्दुल महदी अल-कारबालेईले त्यहाँ अन्त्येष्टि प्रार्थनाको नेतृत्व गरे । यहाँ पनि श्रद्धाञ्जलि दिन भीड अत्यधिक भएपछि कफिन पटक-पटक हल्लिएको थियो । आयोजकहरूले स्थिति नियन्त्रणमा लिन कफिनलाई भुइँमा राखेर श्रद्धाञ्जलिको व्यवस्था मिलाएका थिए ।

यसैबीच, इरानका नयाँ सर्वोच्च नेता आयातोल्लाह मोजताबा खामेनी अन्त्येष्टि कार्यक्रममा सहभागी भएको छैनन् । आफ्ना पिताको ज्यान गएको हवाई आक्रमणमा घाइते भएपछि उनी सुरक्षित स्थानमा रहेको अनुमान गरिएको छ ।


प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  १२:२१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
मोदीको न्युजिल्यान्ड भ्रमण विवादबीच सुरु
मोदीको न्युजिल्यान्ड भ्रमण विवादबीच सुरु शुक्रबार, असार २६, २०८३
युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु
युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु शुक्रबार, असार २६, २०८३
स्पेनमा आगलागी, १२ जनाको मृत्यु
स्पेनमा आगलागी, १२ जनाको मृत्यु शुक्रबार, असार २६, २०८३
ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना
ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना शुक्रबार, असार २६, २०८३
घातक आँधीपछि चीनमा टाइफुनको खतरा
घातक आँधीपछि चीनमा टाइफुनको खतरा शुक्रबार, असार २६, २०८३
अस्ट्रेलियाको समुद्री पक्षीमा एच-५ बर्ड फ्लू पुष्टि
अस्ट्रेलियाको समुद्री पक्षीमा एच-५ बर्ड फ्लू पुष्टि शुक्रबार, असार २६, २०८३
इरानद्वारा अमेरिकी आक्रमणकारी कार्यको निन्दा
इरानद्वारा अमेरिकी आक्रमणकारी कार्यको निन्दा बिहीबार, असार २५, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP