Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
विश्व
  • Home
  • विश्व
  • हर्मुजमा फेरि अमेरिका–इरान भिडन्त
हर्मुजमा फेरि अमेरिका–इरान भिडन्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार २५, २०८३

तेहरान -रणनीतिक महत्त्वको हर्मुज जलघाँटीलाई केन्द्र बनाएर अमेरिका र इरानबीच दोस्रो दिन पनि सैन्य आक्रमण र प्रतिआक्रमण जारी रहेको छ । समुद्री मार्गको नियन्त्रण, अन्तर्राष्ट्रिय जहाजहरूको आवतजावत तथा क्षेत्रीय सुरक्षालाई लिएर दुवै पक्षबीच तनाव चुलिँदा मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ ।

अमेरिकी सेनाले हर्मुज जलघाँटीमा अन्तर्राष्ट्रिय जहाजहरूको स्वतन्त्र आवागमनलाई जोखिममा पार्ने इरानको क्षमता कमजोर पार्ने उद्देश्यले पछिल्लो सैन्य कारबाही गरिएको जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार करिब ९० वटा सैन्य लक्ष्यमा आक्रमण गरिएको छ । इरानको उत्तरपूर्वस्थित रेल पुल, तटीय बुसेहरस्थित सैन्य आधार, बन्दर अब्बास, कोणार्क, चाबहार तथा किश टापु आसपासका क्षेत्रमा विस्फोट भएका छन् । केही स्थानमा विद्युत् आपूर्ति समेत अवरुद्ध भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आइआरजिसी) ले त्यसको प्रत्युत्तरस्वरूप बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको जनाएको छ । बहराइनको राजधानी मनामामा विस्फोटको आवाज सुनिएको एएफपीका संवाददाताले बताएका छन् भने कुवेतले शत्रुतापूर्ण क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू अवरोध गरिएको जनाएको छ । अमेरिकी अधिकारीका अनुसार इरानको पछिल्लो आक्रमणबाट अमेरिकी पक्षमा कुनै ठूलो क्षति वा मानवीय हताहत भएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम समाप्त भएको बताउँदै थप वार्ताका लागि ढोका भने खुला रहेको उल्लेख गरेका छन् । उनले ट्रुथ सोसलमार्फत इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणको प्रतिशोधस्वरूप अमेरिकी कारबाही गरिएको दाबी गर्दै पुनः यस्ता गतिविधि भए अझ कडा जवाफ दिइने चेतावनी दिए । एयरफोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले इरानी पक्षबाट सम्पर्क भएको दाबी गरे पनि त्यसबारे थप विवरण सार्वजनिक गरेनन् ।

Hardik health

यसैबीच, इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालीबाफले हर्मुज जलघाँटी इरानी व्यवस्थाअन्तर्गत मात्र सञ्चालन हुने स्पष्ट पारेका छन् । उनले अमेरिकाले धम्की र प्रतिबद्धता उल्लंघनको परिणाम नहुने ठान्न नहुने चेतावनी दिँदै इरानमाथि आक्रमण भए जवाफ पनि त्यहीअनुसार दिइने बताए ।

फेब्रुअरीमा अमेरिका–इजरायल आक्रमणपछि सुरु भएको युद्धयता इरानले हर्मुज जलघाँटीमाथि नियन्त्रण कायम राख्ने नीति अघि बढाउँदै आएको छ । तेहरानले जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क लिने र तोकिएको मार्गबाट विचलित हुने जहाजमाथि कारबाही गर्ने चेतावनी दिँदै आएको छ । हालैका दिनमा इरानले कम्तीमा तीनवटा जहाजमा आक्रमण गरेको घटनापछि अमेरिकाले व्यापक सैन्य कारबाही थालेको हो ।

पछिल्ला आक्रमणहरू फेब्रुअरी २८ मा युद्धको सुरुआतमै मारिएका इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको बिहीबार हुने अन्त्येष्टिअघि भएका हुन् । प्रारम्भिक आक्रमणमा दुवै पक्षले दर्जनौँ लक्ष्यमा प्रहार गरेको बताएका छन् । इरानी सरकारी टेलिभिजनका अनुसार आठ जना इरानी सैनिक मारिएका छन् भने सेन्टकमले यसअघि ८० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको जनाएको थियो ।

क्षेत्रीय तनाव बढिरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेका छन् । अमेरिका–इरान संवादका मध्यस्थकर्तामध्ये एक पाकिस्तानले पनि तनाव नियन्त्रणका लागि कूटनीतिक पहल आवश्यक रहेको जनाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघची र कतारका प्रधानमन्त्रीबीच भएको टेलिफोन वार्तामा पनि क्षेत्रीय समस्या समाधानका लागि कूटनीतिक माध्यमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको इरानले जनाएको छ ।

हर्मुजको अर्को किनारमा रहेको ओमानले बहराइन, कुवेत तथा व्यापारिक जहाजमाथि भएका आक्रमणको निन्दा गरे पनि कुनै पक्षलाई प्रत्यक्ष दोष दिएको छैन । ओमानले युद्धभरि तटस्थ भूमिका कायम राख्दै जलघाँटीको प्रशासन र समुद्री सुरक्षासम्बन्धी विषयमा वार्तालाई निरन्तरता दिइरहेको छ । अमेरिका जहाजहरूको निःशुल्क आवागमनको पक्षमा रहे पनि इरानले शुल्क प्रणाली लागू गर्नुपर्ने अडान दोहोर्‍याउँदै आएको छ ।

गत महिना अमेरिका र इरानबीच शत्रुता अन्त्य गर्ने सहमतिपछि केही समय समुद्री यातायात पुनः सञ्चालनमा आएको थियो । तर पछिल्लो तनावपछि पुनः जोखिम बढेको छ । अन्तर्राष्ट्रिय समुद्री संगठन (आइएमओ) का प्रमुख आर्सेनियो डोमिङ्गेजका अनुसार करिब छ हजार नाविक अहिले पनि यस क्षेत्रका विभिन्न जहाजमा फसेका छन् ।

 


प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  १०:३०
#हर्मुज_जलघाँटी
प्रतिक्रिया दिनुहोस्
थप विश्व
मोदीको न्युजिल्यान्ड भ्रमण विवादबीच सुरु
मोदीको न्युजिल्यान्ड भ्रमण विवादबीच सुरु शुक्रबार, असार २६, २०८३
युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु
युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु शुक्रबार, असार २६, २०८३
स्पेनमा आगलागी, १२ जनाको मृत्यु
स्पेनमा आगलागी, १२ जनाको मृत्यु शुक्रबार, असार २६, २०८३
ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना
ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना शुक्रबार, असार २६, २०८३
घातक आँधीपछि चीनमा टाइफुनको खतरा
घातक आँधीपछि चीनमा टाइफुनको खतरा शुक्रबार, असार २६, २०८३
अस्ट्रेलियाको समुद्री पक्षीमा एच-५ बर्ड फ्लू पुष्टि
अस्ट्रेलियाको समुद्री पक्षीमा एच-५ बर्ड फ्लू पुष्टि शुक्रबार, असार २६, २०८३
इरानद्वारा अमेरिकी आक्रमणकारी कार्यको निन्दा
इरानद्वारा अमेरिकी आक्रमणकारी कार्यको निन्दा बिहीबार, असार २५, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP