Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
समाचार
  • Home
  • समाचार
  • पर्यटन मन्त्रालयकाे १०० दिनको उपलब्धि :हवाई टिकट अनलाइन र वालेटकाे दाबी
पर्यटन मन्त्रालयकाे १०० दिनको उपलब्धि :हवाई टिकट अनलाइन र वालेटकाे दाबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार २४, २०८३

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्ययोजना अन्तर्गत १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ । पर्यटन मन्त्री खडकराज पौडेल (गनेस) नेतृत्वको मन्त्रालयले सार्वजनिक गरेको यो प्रतिवेदनमा एक दशक अगाडि सुरु भएको अनलाइन टिकट प्रणालीलाई अहिलेको उपलब्धि भनिएको छ ।

पर्यटन मन्त्रालयले ‘सबै वायुसेवा कम्पनीहरूको हवाई टिकट अनलाइन प्रणालीबाट बिक्री गर्ने व्यवस्था’ भएको प्रगति विवरणमा उल्लेख छ ।नेपालका आन्तरिक उडानका वायुसेवाले एक दशकदेखि नै उपलब्ध गराइरहेको अनलाइन र वालेटबाट आम सर्वसाधारणले खरिद गर्न सक्ने व्यवस्था हुँदै आएको यो प्रणालीलाई पर्यटन मन्त्रालयले भने मन्त्रीको सय दिने उपलब्धिमा सूचीकृत गराएको छ।

पर्यटन मन्त्रालयले सार्वजनिक गरेको उपलब्धिमा ‘सबै वायुसेवा कम्पनीहरूका हवाई टिकट अनिवार्य रूपमा अनलाइन प्रणालीबाट बिक्री गर्ने व्यवस्था अन्तर्गत स्वीकृत उडान हुने दिनको सम्पूर्ण टिकट बिक्री नहुँदासम्म आन्तरिक तर्फको सम्पूर्ण वृत्त खण्डका एयरलाइन्स वेबसाइट, अनलाइन सिस्टम, ई-सेवा लगायतका ई-पेमेन्ट पोर्टलबाट टिकट बिक्री गर्ने व्यवस्था भएको’ उल्लेख छ ।

जबकी नेपालमा अनलाइन तथा वालेटबाटै टिकट लिने व्यवस्था सहज भइसकेको समेत दशक भइसकेको छ । हाल आन्तरिक वायुसेवाका ९० प्रतिशत हवाई टिकट अनलाइन र वालेटबाटै बिक्री भइसकेको बेला सरकारले भने यही व्यवस्थालाई नयाँ उपलब्धि मानेको छ ।

Hardik health

त्यसो त जहाजको अभावमा उडान तालिका नै फेल नपर्ने नेपाल वायुसेवा निगमको टिकट अनलाइन गरेको भने पनि यात्रुले निगमकै टिकट अनलाइनमा पाउने अवस्थासमेत छैन । एक त निगमसँग आन्तरिक उडानमा जम्मा २ वटा मात्रै जहाज छन् भने अर्कोतर्फ ती जहाज पनि कहाँ र कहिले उड्छन् भन्ने सुनिश्चित आधारसमेत दिन नसकेको टिकटलाई अनलाइनमा राखेको भन्दै उपलब्धि मान्नु पनि तर्कसंगत देखिँदैन ।

मन्त्रालयले आफ्नो पहिलो १०० दिनको प्रगति प्रतिवेदनमा शासकीय सुधारका लागि तोकिएका कार्यसूचीहरूमध्ये हवाई क्षेत्रको सुधार, पर्यटन प्रवर्द्धन र नीतिगत व्यवस्थामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको समेत दाबी गरेको छ ।

मन्त्रालयले विमानस्थलमा सुविधा र सुधार गरेको उल्लेख छ । यसका लागि मन्त्रालयले यात्रुहरूको सहजताका लागि नेपालगन्ज, सुर्खेत र धनगढी विमानस्थलमा निःशुल्क सटल बस सेवा सुरु गरेको उल्लेख गरेको छ । मन्त्रालयले लुम्बिनीमा दुईवटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका आन्तरिक विमानस्थलहरूको सरसफाइमा गुणात्मक सुधार गरिएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

हवाई क्षेत्रको कानुनी र नीतिगत सुधार अन्तर्गत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा छुट्याउनका लागि विधेयकको अन्तिम मस्यौदा तयार पारिएको पनि उल्लेख छ । यो कदमले नेपाली हवाई क्षेत्रलाई युरोपेली संघको एयर सेफ्टी लिस्ट (कालोसूची) बाट हटाउन मद्दत पुग्ने अपेक्षा पर्यटन मन्त्रालयको छ ।

अन्तर्राष्ट्रिय उडान र अनलाइन टिकट अन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२४ सेप्टेम्बरदेखि फ्लाई दुबईको नियमित उडान सुनिश्चित गरिएको पनि मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ । मन्त्रालयले आरोग्य पर्यटन र २०२७ घोषणा गरेको उल्लेख गरेको छ । नेपाललाई ‘आरोग्य पर्यटन’को केन्द्र बनाउन राष्ट्रिय रणनीति (२०२६-२०३५) जारी गरिनुका साथै सन् २०२७ लाई राष्ट्रिय आरोग्य वर्षका रूपमा मनाउने घोषणासहित कार्ययोजना तयार पारिएको समेत १०० दिने उपलब्धिमा उल्लेख छ ।

नयाँ पदयात्रा मार्ग र सम्पदा संरक्षण गरेको दाबी मन्त्रालयको छ । उदयपुर, अछाम, दोर्दी हिमाल र सिक्लेस-मनाङ लगायतका क्षेत्रमा नयाँ ट्रेकिङ रुट पहिचान गरी कार्यान्वयनको खाका तयार पारिएको छ । यस्तै, जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ र पशुपति क्षेत्रका अतिक्रमित जग्गा खाली गराउने कार्य सुरु गरिएको उल्लेख छ ।

संस्थागत पुनर्संरचना अन्तर्गत नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको पुनर्संरचनाका लागि प्रारम्भिक खाका तयार पारिएको उल्लेख छ । पर्यटन मन्त्रालय अन्तर्गतका विभिन्न प्रतिष्ठान र समितिहरूलाई एकीकरण वा खारेजी गरी छरितो बनाउन अध्ययन सम्पन्न भएको पनि सय दिने उपलब्धिमा उल्लेख छ ।

सङ्ग्रहालय सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१ स्वीकृत गरेको, पशुपति क्षेत्रमा सहयोगापेक्षी व्यक्तिहरूको व्यवस्थापनका लागि ‘होल्डिङ सेन्टर’ स्थापना भएको, सफा हिमाल अभियानमार्फत पर्यटन र वातावरण संरक्षणमा जोड दिइएको देखि विभिन्न आरोहीहरू (कामीरिता शेर्पा, लाक्पा शेर्पा आदि) लाई सम्मान गरेको पनि उल्लेख छ ।

२०८० चैत १३ को मन्त्रिपरिषद् बैठकले पारित गरेको शासकीय सुधारका कार्यसूचीहरूमध्ये पर्यटन मन्त्रालयसँग सम्बन्धित मुख्य बुँदाहरू तोकिएको समयभित्रै सम्पन्न भएको दाबी पर्यटन मन्त्रालयको छ । 


प्रकाशित मिति: बुधबार, असार २४, २०८३  १२:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगाेल विजयी
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगाेल विजयी आइतबार, असार २८, २०८३
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा शनिबार, असार २७, २०८३
विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न पर्यटन बोर्डसँग यूएनडीपीकाे सम्झौता
विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न पर्यटन बोर्डसँग यूएनडीपीकाे सम्झौता शुक्रबार, असार २६, २०८३
आधुनिक बाल उद्यान
आधुनिक बाल उद्यान मंगलबार, असार २३, २०८३
पूर्वी नेपालको पर्यटनमा गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायीकाे पहल
पूर्वी नेपालको पर्यटनमा गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायीकाे पहल सोमबार, असार २२, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना
कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना आइतबार, असार २१, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP