Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • लम्बियो निषेधाज्ञा
लम्बियो निषेधाज्ञा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ १८, २०७७
kathmandu
Hardik health
[caption id="attachment_10398" align="alignnone" width="1422"] काठमाडौं– काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधि एक हप्ता थपिएको छ । गृह मन्त्रालयसँगको परामर्शमा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित बुधबार बसेको बैठकले केही सेवालाई सहजीकरण गर्दै एक साता अर्थात २४ भदौसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । [/caption] कोभिड–१९ को संक्रमण बढ्दोक्रममा रहेकाले रोकथाम गर्न जरुरी रहेको निष्कर्षसहित पुनः निषेधको आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । यसअघि ३ भदौको राति १२ बजेदेखि लागू हुनेगरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गरेको थियो । उक्त आदेश १० भदौमा सकिएपछि बुधबार राति १२ बजेसम्मका लागि त्यसलाई पुनः निरन्तरता दिइएको थियो । बुधबार उक्त समय सकिनअघि केही सेवा सञ्चालन गर्न पाउने गरी एक साता निषेधको आदेश थपिएको हो । अब २४ भदौको राति १२ बजेसम्म उक्त आदेश कायम रहनेछ । संक्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० तथा सरकारको निर्देशनबमोजिम आदेश जारी गरिएको हो । तीनै जिल्लाका प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार औषधि र पानीजन्य व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्न पाउने पुरानै व्यवस्थालाई कायम गरिएको छ । अन्य खाद्यवस्तु, दूध, तरकारी फलफूल, माछामासुका व्यवसाय भने बिहान ११ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि उक्त व्यवसाय बिहान ९ः१५ सम्म मात्रै सञ्चालन हुँदै आएको थियो । तोकिएको मापदण्ड प्रयोग गर्दै विकास निर्माणसम्बन्धी पसल, व्यवसाय तथा ढुवानीका लागि सञ्चालन हुने छोटो दूरीका सवारी साधन दिउँसो २ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । पिसिआर नेगेटिभ भएका व्यक्तिबाट टेक–अवे सेवा तथा सरकारले तोकेको मापदण्ड प्रयोग गरी अनलाइन सेवासमेत सञ्चालन गर्न पाइने भएको छ । होमडिलिभरी सेवा भने मापदण्ड जारी भएपछि मात्रै सञ्चालन गर्न पाइने छ । त्यसका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा यसअघि नै समिति गठन भइसकेको छ । कामदार र कर्मचारीलाई आयोजनास्थलकै क्वारेन्टिनमा रहने गरी राष्ट्रिय प्राथमिकतामा परेका आयोजना सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ । यस्तै, मापदण्डअनुसार अनलाइन कक्षा सञ्चालन गर्न, क्वारेन्टिन र आइसोलेसनमा बस्ने व्यक्तिका लागि खाना बनाउने, क्याटरिङ र होटल, विमानस्थलदेखि क्वारेन्टिन तथा आइसोलेसनसम्म जाने यातायातका साधन पनि सञ्चालन गर्न पाउने छन् । अत्यावश्यक कामका लागि काठमाडौं आउनुपर्ने व्यक्तिको भने पिसिआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने जनाइएको छ । स्वाब परीक्षण गराएका व्यक्तिहरू रिपोर्ट नाउञ्जेल क्वारेन्टिनमा बस्नुपर्नेछ । बुधबारको निर्णयअनुसार अत्यावश्यक सेवासँग सम्बन्धित उद्योग, कलकारखाना सञ्चालन गर्न पाइनेछन् । उद्योगले अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र छुट्टै क्वारेन्टिनको व्यवस्था गनुपर्नेछ । बैंकलगायत अन्य संस्थाले भर्चुअल वा विद्युतीय माध्यामबाट सेवा सञ्चालनको व्यवस्था गर्नुपर्ने छ । उक्त कार्य गर्न कठिन भए नेपाल राष्ट्र बैंकले तोकेको वा कर्मचारी सङ्ख्याको एक तिहाइ नबढ्न गरी सेवा सञ्चालन गर्न सकिनेछ । एटिएम सञ्चालन गर्दा सम्बन्धित बैंकले डिसइन्फेक्ट गर्नुपर्नेछ । हवाई उडानबाट विदेश जानेहरूको हकमा पासपोर्ट, भिसा, कन्फम हवाई टिकट हुने व्यक्तिका लागि सिधै विमानस्थल जाने सवारी साधनको हकमा भने सहजीकरण गरिनेछ । पिसिआर सेवा उपलब्ध नभएको क्षेत्रबाट आउनेको हकमा बस्ने स्थानको सुनिश्चितता गरी सम्बन्धित प्रशासन कार्यालयको सिफारिस अनिवार्य गरिएको छ । अत्यावश्यक वस्तु वा सेवाअन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी फलफूल दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइनेछ । तर, निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवामा खटिएका व्यक्ति र अत्यावश्यक वस्तु खरिद गर्नेबाहेक कोही पनि बाहिर निस्किन पाउने छैनन् । अत्यावश्यक सेवाको हकमा १२ वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका नागरिक तथा दीर्घरोग भएका व्यक्ति घरबाट बाहिर निस्किन पाउनेछैन । तोकिएको र अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री लगायत मालवाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौं उपत्यकाभित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ । कुनैपनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरू भेला हुन भीडभाड गर्न, सभा जुलुस गर्न पाइँदैन । परम्परागत रूपमा र दैनिकरूपमा भई आएको र दैनिक हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक सांस्कृतिक गतिविधि सञ्चालन तथा जमघट, सबै प्रकारका सभा, गोष्ठी, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल सैलुन, ब्युटी पार्लर, स्पा, स्विममिङ पुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय तथा चिडियाखाना सञ्चालन गर्न पाइने छैन । शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, ट्युसन सेन्टर, भाषा कक्षालगायत जमघट हुने गतिविधिसमेत सञ्चालन गर्न पाइ“दैन । फुटपाथ वा खुला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय तथा कवाडी संकलन, होटल रेष्टुरेन्ट सञ्चालन गर्न पाउनेछैन ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  ०४:५८
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP