काठमाडौं- ग्लोबल आईएमई बैंकको ‘एआई - एमएल ह्याकाथन २०२६’ सुरु भएकाे छ । ग्लोबल आईएमई बैंकले कृत्रिम बुद्धिमत्ता (AI) र मेसिन लर्निङ (ML) मा नवप्रवर्तन प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल आईएमई एआई/एमएल ह्याकाथन २०२६’ सुरु गरेको हाे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले प्रतियोगिताको उद्घाटन गरेका हुन्। दुई चरणमा सञ्चालन हुने प्रतियोगितामा १४ टोली सहभागी छन्। पहिलो चरणमा ३६ घण्टे कोडिङ र दोस्रो चरणमा अनसाइट ह्याकाथन हुनेछ।
विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डाटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित प्रतियोगितामा सहभागीहरूले बैंकिङ सेवालाई सुरक्षित, सरल र प्रविधिमैत्री बनाउने नवप्रवर्तनात्मक समाधान प्रस्तुत गर्नेछन्।
उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग व्यावसायिक सहकार्यको अवसर पनि प्रदान गरिने बैंकले जनाएको छ।