काठमाडौं -लन्डनकाे ‘डिजाइन अफ द इयर’ बनेको जिडब्बलुएम ओआरए ५अब नेपाली बजारकाे सडकमा आएकाे छ । नेपालमा सार्वजनिक भएको एक सातामै जिडब्बलुएम (GWM) को नयाँ विद्युतीय एसयूभी ओआरए ५(ORA 5) ले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित उपलब्धि हासिल गरेको हाे ।
ORA 5 ले 'लन्डन डिजाइन अवार्ड्स–२०२५'अन्तर्गत 'प्रोडक्ट डिजाइन–अटोमोबाइल्स/भेहिकल्स' विधामा ‘डिजाइन अफ द इयर’ उपाधि जितेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार उक्त सम्मानले ORA 5 को आकर्षक डिजाइनसँगै अत्याधुनिक प्रविधि, प्रयोगकर्ता–केन्द्रित अवधारणा तथा स्मार्ट विद्युतीय गतिशीलताप्रतिको GWM को प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेको छ।
‘प्राकृतिक सौन्दर्य’ अवधारणामा आधारित ORA 5 को डिजाइन ‘प्रकृतिबाट प्रेरित, सहरका लागि निर्मित’ भन्ने सोचअनुसार तयार गरिएको कम्पनीको दाबी छ। गाडीमा जैविक प्रेरणाबाट विकसित बाह्य बनावट, आकर्षक वक्राकार संरचना, वाटरड्रप शैलीका अगाडिका बत्ती तथा एकीकृत पछाडिका बत्ती समावेश गरिएको छ।
साथै, यसमा GWM को'Coffee Pilot Ultra'बुद्धिमान ड्राइभिङ प्रणाली, 'Coffee OS 3 SmartCockpit', उच्च बलियो स्टिल संरचना, सातवटा एयरब्याग तथा अन्तर्राष्ट्रिय पाँचतारे 'ANCAP' र 'Euro NCAP' सुरक्षा मूल्याङ्कन प्राप्त सुरक्षा प्रणाली जडान गरिएको कम्पनीले जनाएको छ।
ORA 5 ले एकपटकको पूर्ण चार्जमा अधिकतम ५२० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता, २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, २० भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS), ३६० डिग्री सराउन्ड क्यामेरा, १८० डिग्री च्यासिस–भ्यु क्यामेरा, सेल्फ–हिलिङ पेन्ट, प्यानोरामिक मुनरुफ तथा प्रिमियम इन्टेरियरलगायतका सुविधा प्रदान गर्ने उल्लेख गरिएको छ। यसको प्रारम्भिक मूल्य ४६ लाख ९९ हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ।
नेपालमा सार्वजनिक भएको छोटो समयमै ORA 5 ले आफ्नो आकर्षक डिजाइन, आधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड तथा प्रिमियम विशेषताका कारण अटोमोबाइल बजार र सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलेको कम्पनीको दाबी छ। ग्राहक, अटोमोबाइल पारखी तथा उद्योगसँग सम्बन्धित व्यक्तिहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको पनि कम्पनीले जनाएको छ।
नेपालका लागि GWM को आधिकारिक आयातकर्ता तथा वितरक **भीजी इम्पेक्स प्रालि**ले निकट भविष्यमै **HAVAL JOLION MAX EV** र **HAVAL H7** पनि नेपाली बजारमा ल्याउने तयारी भइरहेको जनाएको छ। यी मोडेल सार्वजनिक भएपछि नेपालमा GWM को विद्युतीय तथा स्मार्ट एसयूभी पोर्टफोलियो थप विस्तार हुने अपेक्षा गरिएको छ।
विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा उपस्थिति रहेको GWM ले हालसम्म १ करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको जनाएको छ। कम्पनीले नवीन प्रविधि, उत्कृष्ट डिजाइन तथा उच्च सुरक्षा मापदण्डमार्फत नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरेको छ।