लन्डन- अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) ले नयाँ निकासी ढाँचा अन्तर्गत आगामी केही हप्ता भित्र होर्मुजको र वरपर फसेका अधिकांश जहाजहरू खाली गर्ने आशा गरेको आईएमओका महासचिव आर्सेनियो डोमिंगेजले बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घको सामुद्रिक एजेन्सी आईएमओले मङ्गलबार होर्मुजको जलमार्ग वरपरको पानीमा फसेका चालकहरुका लागि निकासी योजना घोषणा गरेको थियो । क्षेत्रीय देशहरू र उत्पादन उद्योगकाहरूसँगको समन्वयमा सञ्चालित अपरेसनले चलिरहेको संकटबाट प्रभावित करिब ६०० वटा जहाजहरूमा सवार करिब ११ हजार चालकदलका सदस्यहरुको सुरक्षित प्रस्थानलाई सहज बनाउने अपेक्षा गरिएको डोमिंगेजले बताए ।
निकासी बढाउन दैनिक जसो काम गरिरहेको उल्लेख गर्दै आगामी केही हप्ताहरूमा अधिकांश जहाजहरू खाली गर्न सक्षम हुने आशा उनले व्यक्त गरेका छन् । पर्सियन खाडीलाई ओमानको खाडीसँग जोड्ने स्ट्रेट अफ होर्मुज विश्वको सबैभन्दा धेरै रणनीतिक महत्व बोकेको समुद्री नाका मध्ये एक हो भने यसलाई विश्वव्यापी ऊर्जा व्यापारको मुख्य सिमानाको रुपमा लिने गरिन्छ । हालैको संकटको अवस्थामा २० हजार भन्दा बढी चालकदलका सदस्यहरु होर्मुज वरपरको पानीमा फसेको तथा व्यापारिक जहाजहरूमा भएको आक्रमणले कम्तिमा १४ जनाको ज्यान गएको जनाइएको छ ।

उनले जटिल सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अपरेसन सावधानीपूर्वक र चरणबद्ध रूपमा अगाडि बढ्नुपर्ने बताका छन् । वैकल्पिक जल मार्ग मध्यको उत्तरी भागमा इरान र दक्षिणी भागमा ओमानद्वारा सञ्चारित मार्गहरू मार्फत जहाजहरू निर्देशित भइरहेको जनाइएको छ भने । ओमान र आईएमओले संयुक्त रूपमा जारी गरेको सूचना यस हप्ताको सुरुमा लागु भएको जनाइएको छ। डोमिंगेजका अनुसार जहाजहरूलाई उनीहरूको निकासी आवश्यकता, तिनीहरू कति लामो समयदेखि फसेका छन्, र पर्सियन खाडीमा तिनीहरूको स्थान अनुसार ब्याचहरूमा समूहीकृत गरिएको छ, भने जलमार्ग पार गर्ने अनुमति दिनु अघि तोकिएको होल्डिङ क्षेत्रहरूमा अगाडि बढ्न निर्देशन दिइएको छ ।
समय पिरिस्थिती अनुसार जहाजहरूलाई सम्पर्क गरि स्वतन्त्र रुपमा जलमार्गको प्रयोगकोलागि समन्वय गरिने डोमिंगेजले बताए ।आइएमओ प्रमुखले संगठनले इरान र ओमान लगायत यस क्षेत्रका सबै तटीय राज्यहरू, साथै संयुक्त राज्य अमेरिका, बेलायत र फ्रान्स जस्ता देशहरूसँग व्यापक परामर्शमा संलग्न भएको खुलासा गरेका छन् । यी कोरिडोरहरू स्थापना गर्न आवश्यक सुरक्षा ग्यारेन्टीहरू प्राप्त गरेकोसमेत उनले बताए ।
डोमिंगेजले संयुक्त राज्य अमेरिका र इरानबिच जारी कूटनीतिक सम्पर्कहरूको प्रशंसा गर्दै उनीहरूले तनाव कम गर्न मात्र नभई विश्वको सबैभन्दा महत्वपूर्ण जलमार्गमा पारवहन पुनस्र्थापना गर्न पनि योगदान दिरेको बताए । डोमिङ्ग्युजले संकटले एक पटक फेरि भूराजनीतिक द्वन्द्वमा फसेका चालकदलका सदस्यहरुले सामना गर्ने कठिनाइ र कमजोरीलाई उजागर गरेको बताएका छन् । उनले विगत चार महिना देखि द्वन्द्वमा फसेका निर्दोष चालक तथा चालकदलका सदस्यहरुका लागि हानिकारक र दुखद भएको बताएका छन् ।
डोमिंगेजले संकटका कारण सबै भन्दा बढी प्रभावित विश्वभरका चालकहरुले रातो सागरदेखि कालो सागर र अहिले स्ट्रेट अफ होर्मुजसम्म बढ्दो भूराजनीतिक तनावको परिणाम भोगिरहेको बताए। कुनै पनि भूराजनीतिक द्वन्द्वमा ढुवानीलाई बन्धकको रूपमा प्रयोग गरि निर्दोषहरुलाई दुःख दिन नहुने बताउँदै डोमिङ्ग्युजले चालक तथा चालक दलका सदस्यहरुको प्रशिक्षण र सुरक्षासँग सम्बन्धित सवालहरु विश्वमा प्रमुख विषय भएको बताए । ।