एएफपी- संयुक्त राज्य अमेरिकाका शीर्ष कूटनीतिज्ञ स्टिभ विटकफ स्विट्जरल्याण्डमा हुने वार्ताका लागि प्रस्थान गर्नुभएको अमेरिकी सञ्चारमाध्यमहरूले शुक्रबार जनाएका छन् । संयुक्त राज्य अमेरिका र इरानबीच तय गरिएको वार्ता स्थगित भएपछि उहाँ त्यहाँ जान लागेका हुन् ।
अमेरिकी अधिकारीलाई उद्धृत गर्दै एक्सियोसले विटकफ शुक्रबार अल्पाइन मुलुकतर्फ प्रस्थान गरेको जनाएको छ ।सिएनएनका अनुसार प्रारम्भिक शान्ति सम्झौतालाई पुनः‘सही दिशामा ल्याउने’उद्देश्यसहित अमेरिका र इरानबीच प्राविधिक तहका वार्ता अघि बढाउने प्रयास भइरहेको छ ।
त्यस्तै, ट्रम्पका दूत जेरेड कुशनर पनि वार्ताका लागि स्विट्जरल्याण्डमा हुने अपेक्षा गरिएको छ । एक्सियोसले भने उहाँ पहिले नै त्यहाँ पुगिसकेका जनाएको छ ।विटकफले इरानी अधिकारीहरूसँग भेटवार्ता गर्ने भन्नेबारे तत्काल स्पष्ट नभएको जनाएका छन् । उपराष्ट्रपति जेडीभान्सको स्विट्जरल्याण्ड भ्रमण पनि पहिले तय भए पनि पछि स्थगित गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
शुक्रबारका लागि तय गरिएको अमेरिका-इरानवार्ता मध्यपूर्वमाजारी द्वन्द्व अन्त्य गर्ने तथा दीर्घकालीन समाधानतर्फ अघि बढ्ने उद्देश्यसहित तय गरिएको थियो । तर वार्ताको नयाँ मितिभने अझै घोषणा गरिएको छैन । फेब्रुअरी २८ मा भएको अमेरिकी-इजरायली आक्रमणबाट इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको घटनापछि युद्ध सुरु भएको थियो ।