एएनआई- इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविरामको समयमा पनि दक्षिणी लेबनानमा हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने जनाएको छ । आईडीएफका प्रवक्ता ब्रिगेडियर जनरल एफी हेजबुल्लाहले गरेको पछिल्लो आक्रमणमा चार इजरायली सैनिकहरूको मृत्यु भएको घटना इजरायली पक्षले “स्वीकार गर्न सक्ने“ वास्तविकता नभएको बताएका छन्।
आईडीएफले थप खतराहरू रोक्न दक्षिणी लेबनानमा आफ्नो कारबाही जारी राख्ने कुरामा जोड दिएको छ । प्रवक्ता डेफ्रिनले इजरायलले थप तनावको लागि पर्खन नसक्ने कुरामा जोड दिँदै तत्कालका खतराहरू हटाउन, हेजबुल्लाहको उल्लंघनको जवाफ दिन र नागरिकको सुरक्षाका लागि आवश्यक कार्वाहि जारी राख्ने जनाउनु भएको छ ।
हेजबुल्लाहले दक्षिणी लेबनानमा सक्रिय इजरायली सेना माथि आक्रमण गरे पछि प्रतिक्रीया स्वरुप भएको आक्रमणमा चार सैनिकको मृत्यु भएको थियो । डेफ्रिनले हेजबुल्लाहले पछिल्लो समयमा युद्धविरामको उल्लंघन गरी नागरिक र सैन्य कर्मचारीलाई लक्षित गरी “सयौं ड्रोन र रकेट आक्रमण गरेको जनाउनु भएको छ ।
लेबनानमा विद्रोही समूहले युद्धविराम उल्लंघन गरी ड्रोन आक्रमण गरे पछि दक्षिणी लेबनानमा आइडिएफ ट्यांक बटालियनका कमान्डर र अन्य तीन सैनिकको मृत्यु भए पछि इजरायली सेनाले बेका उपत्यकामा हेजबुल्लाहको पूर्वाधारमा आक्रमण गरेर जवाफ दिएको जनाइएको छ ।
आक्रमणको केही समय पछि, यस क्षेत्रमा तनाव कम गर्ने प्रयास स्वरुप इजरायल र हेजबुल्लाह बीच नयाँ युद्धविराम सम्झौता भएको जनाइएको छ । सिएनएनले वार्तासँग परिचित धेरै स्रोतहरूलाई उद्धृत गर्दै इजरायल र हेजबुल्लाहले युद्धविराम पुनस्र्थापित गर्ने सम्झौतामा पुगेको जनाएको छ । स्रोतहरूलाई उदृत गर्दै सिएनएनले यो सम्झौता संयुक्त राज्य अमेरिका र कतारको सयुक्त मध्यस्थता प्रयास मार्फत भएको थियो ।
दुई पक्षबिच युद्धविरामको घोषणा भएको केही क्षण पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा विद्रोही समूहसँग इजरायली पक्षलाई युद्धविराममा सहमत हुन आग्रह गरेको बताएका छन् ।