एएफपी- संयुक्त राज्य अमेरिकाले पूर्वी प्रशान्त महासागरमा संदिग्ध लागुऔषध तस्करीको आरोपमा डुंगा आक्रमण जारी रहेको बताउदै पछिल्लो आक्रमणमा डुंगामा सवार तीन जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।
अमेरिकी सेनाले सेप्टेम्बरको सुरुमा “साउदर्न स्पियर“ अपरेसन सुरु गरेको बताउदै राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याटिन अमेरिकाबाट सञ्चालित लागुऔषध कार्टेलहरूसँग अमेरिका प्रत्यक्ष युद्धमा रहेको बताएका छन् ।
क्यारेबियन सागर र पूर्वी प्रशान्त महासागरमा भएको अमेरिकी आक्रमणमा दुई सय भन्दा बढी मानिसहरुको मृत्यु भएको जनाइएको छ । अमेरिकी गुप्तचरले उक्त डुंगा पूर्वी प्रशान्त माहाशागरमा ज्ञात नार्को–तस्करी मार्गहरूमा पारगमन गरिरहेको र नार्को-तस्करी अपरेसनमा संलग्न रहेको पुष्टि गरेको युएस साउदर्न कमान्ड (साउथकम) ले सामाजिक सञ्जाल एक्स मार्फत बताएका छन् ।
यो आक्रमण यस हप्ताको दोस्रो आक्रमण थियो भने यस अघि मंगलबार भएको आक्रमणमा एक जना व्यक्तिको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको जनाइएको छ । यद्यपी ट्रम्पको प्रशासनले आक्रमण गरेको प्रहार गरेको डुंगा लागु-औषध तस्करीमा संलग्न भएको निश्चित प्रमाण भने दिएको छैन ।
स्पष्ट रूपमा संयुक्त राज्य अमेरिकाका लागि तत्काल खतरा पैदा नगर्ने नागरिकहरूलाई लक्षित गरि गरेका निरन्तरका अमेरिकी आक्रमण जन्य घटनाहरु गैरन्यायिक हुने कानुनी विज्ञहरू तथा अधिकार समूहहरूले बताएका छन् ।