Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • एकाघरका १४ मा कोरोना पुष्टि हुँदा...
एकाघरका १४ मा कोरोना पुष्टि हुँदा...
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ १५, २०७७
माक्स लगाउने
Hardik health
भक्तपुर–रामेछापबाट मध्यपुरथिमि नगरपालिका–९ बोडे कृषि विकास बैंकको तालिम भवन नजिकै जग्गा भाडामा लिएर जस्ताको सानो दुईवटा टहरा बस्दै आएर एक श्रेष्ठ परिवारका पुरुषलाई यही भदौ ४ गते कोरोना संक्रमण पुष्टि भयो । सानो दुईवटा टहरामा बस्दै आएका १४ जनाको परिवार , एउटै भान्छा र शौचालयको प्रयोग अन्ततः परिवारकै संक्रमणको कारक बन्न पुग्यो । सामान ओसारपसारको व्यवसाय गर्दै आएका ती पुरुषमा भदौ ४ मा कोरोना पुष्टि भएपछि पाटन अस्पतालमा उपचाररत नै छन् । भदौ ७ मा नागरिक अस्पतालमा अन्य पाँच जनाको पिसीआर परीक्षण गरियो । उनीहरूको रिपोर्ट पनि पोजेटिभ आयो । भदौ ७ मा निजामती अस्पतालमा भर्ना भएकी संक्रमितकी छोरी ८ गते सुत्केरी भइन् र ९ गते डिस्चार्ज भइन् । बुबालाई कोरोना संक्रमण भएर पाटन अस्पताल लगेपछि सोही अस्पतालमा पाँच हजार ५०० तिरेर उनले पनि १० गते पिसीआर गरिन् । ११ गते सुत्केरीमा पनि संक्रमण देखियो । परिवारका अन्य १० जनाको पनि वडा कार्यालयको समन्वयमा ९ गते नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालमा पिसीआर गरियो । अन्ततः परिवारका सबैमा कोरोना संक्रमण देखियो । उनीहरूलाई कहाँ जाने र के गर्नेको अवस्थामा पु¥यायो । ‘बुबालाई शुरुमा कोरोनासँग मिल्ने लक्षण देखियो । साधारण रुघा, ज्वरो होला भनेर घरमै बसियो, कम नभएपछि कोरोना परीक्षण गराउँदा तीन दिनमा रिपोर्ट आयो । लक्षण देखेर रिपोर्ट आउने बेलासम्ममा घरमा बसेको एक साता भइसकेको थियो । त्यसपछि बल्ल उनलाई उपचारका लागि पाटन अस्पताल लगियो,’ परिवारका एक सदस्यले भने । जनस्वास्थ्य कार्यालयले घरमै बस्नु कहीँ नजानु भनेपछि परिवार सबै घरमै बसेका थिए । संक्रमित एउटै टहरामा परिवारसँगै बस्दा साँघुरो कोठा, एउटै भान्छा, एउटै शौचालयबाटै परिवारका अन्य सदस्यमा पनि कोरोना संक्रमण भएको अनुमान जिल्ला स्वस्थ्य कार्यालयको छ । एकबाट १४ जनामा संक्रमण फैलिनु त्यो परिवारका लागि निकै कष्टकर समय थियो । चार दिन र तीन महिनाका दुई सुत्केरी, ७, ८ र ११ वर्षका तीन बालबालिका, ७५ वर्षका एक वृद्धासहित उनीहरूको परिवारलाई न दिनमा भोक, न रातमा निद्राझैँ भएको बेलामा अर्को आपत्ति आइलाग्यो । वडाध्यक्षसहितको जनप्रतिनिधि र स्थानीय केही व्यक्तिले टोलमा संक्रमण फैलिन सक्छ भन्दै प्रहरीकै अगाडि घर छाड्न दबाब दिन थालेको बताइएको छ । ‘एकातिर जनस्वास्थ्य कार्यालयले घर नछाड्नु अन्त पठाउन सकिन्न भन्छ, अर्कोतर्फ स्थानीय घर छाडेर उपचारमा जाओ भन्छन्, उपचार गर्न कसलाई मन हुँदैन र ? अब के गर्ने ? कहाँ जाने ? त्यही बेलामा वडाध्यक्षले बोलाएको भन्दै १०२ को एम्बुलेन्स आएपछि सबैले दबाब दिए, हामी बाध्य भएर एम्बुलेन्स चढ्यौँ’, परिवारका एक महिलाले भनिन् । एम्बुलेन्स विद्युत् प्राधिकरणको खरिपाटीस्थित आइसोलेसनमा पुगेर बच्चासहितको परिवार ओर्लियो । यसपछि स्वाथ्यकर्मीलाई तनाव भयो । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले यस्तो विपद्मा बच्चा बोकेर सुत्केरी आइसोलेसनमा आउनु पीडादायक भएको बताउँदै सुत्केरीलाई स्याहार नहुने भएकाले घरमै फर्काउन माथिल्लो निकायसम्मलाई भन्नुपरेको बताईन् । स्वास्थ्यकर्मीले घर फर्किन भनेपछि संक्रमितका परिवार झन् पीडामा पुगे । गाउँले घर नबस भन्छन्, आइसोलेसनका स्वास्थ्यकर्मी यहाँ नबस भन्छन्, अब जाने कहाँ, महिला, बालक र ज्येष्ठ नागरिकको मनमा निकै पीडा भयो । अन्तत ः शुक्रबार राति ९ बजे पुनः एम्बुलेन्समा राखेर सबै परिवारलाई बोडेस्थित टहरामै फर्काइयो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले संक्रमितलाई सहयोग गर्नुपर्नेमा स्थानीयवासीले नै घर छोड्न दबाब दिएको थाहा पाएपछि तत्काल प्रहरीलाई उनीहरूको घरमै बस्ने व्यवस्था मिलाउन र अवरोध गर्नेलाई कारवाही गर्न भनेपछि राति उनीहरूलाई फर्काइएको जानकारी दिए । उनले विपद्मा एकले अर्कालाई सहयोग गर्नुपर्नेमा अपहेलना गर्नु कानूनविपरीत रहेको जनाउँदै मानिसमा मानवता हराउँदै गएको आभाष भएको बताए । बोडेका संक्रमित परिवारलाई अहिले वडाध्यक्षसहितका केही स्थानीयवासीले खाद्यान्नलगायतका सामग्री सहयोग गरेको र उनीहरूलाई भित्रै बस्न भनिएको छ । आइसोलेसनमा सुत्केरीको स्याहार नपुग्ने भएकाले घरमै फिर्ता गर्नुपरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले बताए । सरकारको नीतिअनुसार पनि होम आइसोलेसनमा बस्नुपर्ने भएकाले सबैलाई आइसोलेसनमा राख्न नसकिने उनले जानकारी दिए । मध्यपुरथिमि नगरपालिका–९ का अध्यक्ष रामकाजी चक्रधरले जनप्रतिनिधि र स्थानीयवासीको गलत नियत नभएको दाबी गरिन् । उनले भनिन्, ‘सुत्केरी र बालबालिका भएकाले एउटै टहरामा एउटै भान्छा, एउटै शौचालयले थप समस्या पार्न सक्छ भनेर आइसोलेसनमा पठाउने व्यवस्था गरेका हाँै, तर निकाल्यो भनेर हल्ला गरेछन्, अहिले हामीले नै उनीहरूलाई सहयोग गरिरहेका छौँ ।’ भक्तपुरको बोडेमा तीनभन्दा बढी परिवार, लोकन्थली, गठ्ठाघर, बालकोट, पाण्डुबजार, कटुञ्जे, सूर्यविनायक, सिपाडोल, मध्यपुरथिमि, बागेश्वरीलगायतका क्षेत्रमा परिवारमा संक्रमण फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले जानकारी दिए । उनका अनुसार संक्रमित परिवार होमआइसोलेसनमा बसेको जनाउँदै यसरी बस्नेको एउटै भान्छा र शौचालय प्रयोग गर्दा परिवारमा संत्रमmण फैलिएको पाइएको उनको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  ०४:४८
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP