Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • राष्ट्रगान विवादमा इरानी खेलाडीको प्रतिक्रिया
राष्ट्रगान विवादमा इरानी खेलाडीको प्रतिक्रिया
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार २, २०८३

एएफपी- फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा इरानको राष्ट्रगानका क्रममा दर्शकदीर्घाबाट उठेको विरोध र समर्थनबीच इरानी खेलाडी रामिन रेजियानले त्यसलाई इरानीहरूको आन्तरिक विषय भएको बताउँदै बाह्य हस्तक्षेप आवश्यक नरहेको धारणा व्यक्त गरेका छन्  ।

लस एन्जलसमा भएको खेलले खेलकुदसँगै इरानको राजनीतिक विभाजनलाई पनि अन्तर्राष्ट्रिय मञ्चमा पुनः उजागर गरेको छ । न्युजिल्यान्डविरुद्ध २–२ को बराबरीमा सकिएको खेलपछि पत्रकारहरूसँग कुरा गर्दै इरानका गोलकर्ता रेजियानले राष्ट्रगान बजिरहेका बेला दर्शकबाट उठेको विरोधको आवाजबारे सोधिएको प्रश्नमा संयमित तर स्पष्ट प्रतिक्रिया दिए ।

“यदि हामीबीच कुनै समस्या छ भने, त्यो हाम्रो विषय हो, तपाईंहरूको होइन”, उनले भने, “म तपाईंलाई सम्मान गर्छु, तर यो हामीबीचको कुरा हो र हामी आफैँ समाधान गर्नेछौँ । चिन्ता नगर्नुहोस् ।” लस एन्जलसमा ठूलो इरानी–अमेरिकी समुदाय बसोबास गर्दै आएको छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरान छाडेका नागरिक र तिनका सन्तानहरूको उल्लेखनीय उपस्थिति रहेको यस सहरलाई कहिलेकाहीँ ‘तेह्रान्जेल्स’ भनेर पनि चिनिन्छ ।

Hardik health

खेलअघि सयौँ प्रदर्शनकारी रङ्गशालाबाहिर भेला भएका थिए । उनीहरूले ड्रम बजाउँदै नारा लगाएका थिए र इरानी राष्ट्रिय टोलीलाई तेहरान सरकारको प्रचार माध्यमका रूपमा प्रयोग गरिएको आरोप लगाएका थिए । प्रदर्शनमा सहभागी धेरैले इस्लामिक क्रान्तिअघिको इरानी झण्डा बोकेका थिए, जुन हालका सरकारविरोधी समूहहरूबीच लोकप्रिय प्रतीक बनेको छ ।

रङ्गशालाभित्र राष्ट्रगान सुरु हुनेबित्तिकै समर्थन र विरोधका आवाज मिसिएका थिए । केही दर्शकले राष्ट्रगानप्रति असहमति प्रकट गरेका थिए भने अरूले समर्थनमा जयजयकार गरेका थिए । खेलभरि पनि इरानी टोलीप्रति दर्शकहरूको प्रतिक्रिया मिश्रित देखिएको थियो ।कडा सुरक्षा व्यवस्थाबीच सम्पन्न उक्त खेलमा राजनीतिक तनावको छाया देखिए पनि मैदानमा प्रतिस्पर्धा रोमाञ्चक रह्यो । रेजियानले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गर्दै टोलीको बराबरीमा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

तर खेलपछि उनले राजनीतिक विवादमा थप टिप्पणी गर्न अस्वीकार गर्दै आफूहरू फुटबलकै विषयमा बोल्न आएको स्पष्ट पारे ।“वास्तवमा हामी यहाँ फुटबलसम्बन्धी प्रश्नहरूको जवाफ दिन आएका छौँ”, उनले भने, “इरानका मेरा मानिसहरू धेरै राम्रा छन् । अहिले संसारले पनि मेरा मानिसहरूको बारेमा थाहा पाएको छ ।” विश्वकपजस्तो विश्वव्यापी प्रतियोगितामा इरानको उपस्थितिसँगै देशभित्र र प्रवासी समुदायमा रहेका राजनीतिक मतभेद फेरि सतहमा देखिएका छन् । तर इरानी खेलाडीहरूले भने आफूहरूलाई खेलमै केन्द्रित राख्न खोजिरहेको संकेत दिएका छन् ।


प्रकाशित मिति: मंगलबार, असार २, २०८३  १४:२३
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
भारतमा सुरुङ दुर्घटना, सातको मृत्यु
भारतमा सुरुङ दुर्घटना, सातको मृत्यु शुक्रबार, साउन २९, २०८३
पुटिनको भ्रमणपछि जापानलाई अमेरिकी समर्थन
पुटिनको भ्रमणपछि जापानलाई अमेरिकी समर्थन शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
बंगलादेशको राष्ट्रपति दौडमा आलमगीर
बंगलादेशको राष्ट्रपति दौडमा आलमगीर बिहीबार, साउन २८, २०८३
स्पेनमा शताब्दीपछिको सूर्यग्रहण
स्पेनमा शताब्दीपछिको सूर्यग्रहण बिहीबार, साउन २८, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन बिहीबार, साउन २८, २०८३
कुरिल टापुमा पुटिन
कुरिल टापुमा पुटिन बिहीबार, साउन २८, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP