Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • क्वारेन्टिनबाट नभाग्न मन्त्रालयको आग्रह
क्वारेन्टिनबाट नभाग्न मन्त्रालयको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ १५, २०७७
Hardik health
काठमाडौं– नेपालमा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण तिव्र भएसँगै जोखिम समेत बढ्दै गएको छ । यस्तै, सेवा समेत अप्ठ्योरोमा पर्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमणका कारण नेपालीको स्वास्थ्य सेवा नै अप्ठ्यारोमा अप्ठ्यारो अवस्थामा रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक बढिरहेको संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न सीमित साधन स्रोतले गर्नु परेकाले अप्ठ्यारो परिस्थितिसँग जुध्नुपरेको बताए । आइतबार एकैदिन एक हजार २२१ जना संक्रमित फेला परेपछि त्रास बढेको हो । आइतबार उपत्यकामा मात्र ४२९ जना संक्रमित फेला परेका छन् । यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या समेत दिनै बढिरहेका छन् । शनिबार अहिलेसम्मकै धेरै २० जनाले ज्यान गुमाएका छन् भने आइतबार थप १४ जना संक्रमणका कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोभिड–१९ को संक्रमणबाट समाजलाई बचाउनु सबैको दायित्व रहेकाले सबैले यस कठिन परिस्थितिलाई बुझेर आआफ्नो तर्फबाट रोकथाम र नियन्त्रणका लागि गर्न सकिने सहयोग गर्न उनले अनुरोध गरेका छन् । उनले सरकारले आफ्नो स्रोत साधनले भ्याएसम्म राम्रो सेवा प्रदान गर्न खोज्दा–खोज्दै पनि कतिपय बेलामा संक्रमितको अपेक्षा पूरा नभएको बताए । एक जना संक्रमित व्यक्तिले तीन हजार व्यक्तिसम्म संक्रमण फैलाउन सक्ने भएकाले हामी सबैले सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्ने उनको भनाइ थियो । यसैबीच मन्त्रालयले संक्रमितको रिफर जथाभावी गरिएको पाइएकाले समन्वय गरेरमात्र गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले विभिन्न निजी तथा सामुदायिक अस्पतालले सघन उपचार कक्षमा भएका बिरामी कोभिड–१९ डेडिकेडेट अस्पतालमा रिफर गर्दा समन्वय नगरी रिफर गरिएकाले समन्वय गर्न निर्देशन दिइएको जानकारी दिए । ‘कतिपय अस्पतालले बिरामी रिफर गर्दा कोभिड–१९ डेडिकेडेट अस्पतालमा श्यया भए, नभएको यकिन नगरी त्यहाका उपचार गर्ने टिमसँग समन्वय नगरी र स्वास्थ्यकर्मी पनि साथमा नपठाइकन त्यतिकै पठाइएको पाइएको छ’, उनले भने, ‘यसरी समन्वय नगरी पठाइएका बिरामीको ज्यान तलमाथि पर्न गएर रिफर गर्ने अस्पताल नै जिम्मेवारी हुनुपर्ने छ ।’ उनले रिफर गर्दा श्यया खाली भए, नभएको एकिन गर्नुपर्ने बताए । यस्तै मन्त्रालयले कोभिड–१९ को व्यवस्थापनमा खटिएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको क्वारेन्टिनको व्यवस्था सम्बन्धित अस्पतालले गर्न निर्देशन दिएको छ । यस्तै, क्वारेन्टिन, आइसोलेशन र अस्पतालबाट भाग्ने गरेको खबरप्रति दुःख व्यक्त गर्दै उपचारमा रहेका सक्रमित भाग्नु खतरा रहेको उनले बताए । उनले आफू, समाज र आफ्ना परिवारलाई संक्रमणबाट जोगाउनका लागि नभाग्न आग्रह गरेका छन् । ‘अस्पताल, क्वारन्टिन र आइसोलेशनमा घरको जस्तो खानपिन र बस्नेको सुविधा पाउँदैनौँ, त्यो पक्कै नै हामीलाई सहज हुँदैन, अहिलेको परिस्थिति त्यस्तो ठाउँमा बस्नु वाध्यता हो’, उनले भने, ‘कुनै व्यक्ति आइसोलेशन, क्वारेन्टिन र अस्पतालबाट भाग्नु भनेको उनी आफैँ आफ्नो परिवार समाजलाई संक्रमणको जोखिममा राख्नु हो, त्यसैले भाग्नु हुँदैन ।’ उनले संक्रमण फैलन नदिनका लागि संक्रमितका लागि क्वारेन्टिन, अस्पताल र आइसोलेशन नै एक मात्र एउटा उपाय रहेको उल्लेख गरे ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  ०४:३४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP