Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • अस्पतालले धान्नै गाह्रो
अस्पतालले धान्नै गाह्रो
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ १५, २०७७
Swasthya
Hardik health
काठमाडौं– नेपालमा कोरोना संक्रमण दिनदिनै भयावह बन्दै गएको छ । संक्रमित संख्या बढेसँगै मृत्युदरको ग्राफसमेत उकालो चढ्दैछ । दिनानुदिन संक्रमित संख्यासँगै मृत्युदर बढ्दै गएपछि स्वास्थ्य आपत आइलागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, सुरुका दिनकै आइसोलेसन र क्वारेन्टिनले संक्रमित धान्दै आएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक बढिरहेको संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न सीमित साधन स्रोतले गर्नु परेकाले अप्ठ्यारो परिस्थितिसँग जुध्नुपरेको बताए । आइतबार एकैदिन एक हजार २२१ जना संक्रमित फेला परेपछि त्रास बढेको हो । आइतबार उपत्यकामा मात्र ४२९ जना संक्रमित फेला परेका छन् । यो अहिलेसम्मकै धेरै संक्रमित संख्या भेटिएको हो । यसरी संक्रमित बढिरहँदा मृत्यु हुनेको संख्या समेत दिनै बढ्दै गएका छन् । हालसम्म शनिबार २४ घण्टा २० जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए । यस्तै, आइतबार थप १४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १४ जनाको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् । यस्तै मृतक पुरुषमा महोत्तरी र रूपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेका छन् । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२१ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यसअघि सबैभन्दा बढी देशभर एकैदिन एक हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडांै उपत्यकामा पनि आइतबार कोरोना संक्रमितको संख्या हालसम्मकै बढी हो । मन्त्रालयका प्रवक्ता प्रा डा. गौतमले आइतबार १२ हजार ७१७ जनामा पीसीआर परीक्षण भएकामा काठमाडौंसहित देशभर उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार हालसम्म ६ लाख ८२ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ । संस्थागत आइसोलेसनमा १० हजार ६१२ जना रहेका छन् । होम आइसोलेसनमा रहेकाको सङ्ख्या छ हजार ९ सय रहेका छन् । आइतबारसम्म देशभर ७ हजार ७९७ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा थप २६७ कोरोना जितेर घर फर्किएको र हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २० हजार ८२२ पुगेको मन्त्रालयले जनाएको छ । यसरी दिनानुदिन कोभिड–१९ को संक्रमण बढ्दै गएपछि मन्त्रालयले सबैलाई सर्तकता अपनाउन आग्रह गरेको छ । कोरोनाबा समाजलाई बचाउनु सबैको दायित्व रहेकाले सबैले यस कठिन परिस्थितिलाई बुझेर आ–आफ्नो तर्फबाट रोकथाम र नियन्त्रणका लागि गर्न सकिने सहयोग गर्न डा. गौतमले अनुरोध गरेका छन् । सरकारले आफ्नो स्रोत साधनले भ्याएसम्म राम्रो सेवा प्रदान गर्न खोज्दा–खोज्दै पनि कतिपय बेलामा संक्रमितको अपेक्षा पूरा नभएको उनको भनाइ छ । एकजना संक्रमित व्यक्तिले तीन हजार व्यक्तिसम्म संक्रमण फैलाउन सक्ने भएकाले सबैले सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्ने सुझाव उनको छ । संक्रमित बढ्दै गएपछि रिफर जथाभावी गरिएको पाइएकाले समन्वय गरेरमात्र गर्न मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले विभिन्न निजी तथा सामुदायिक अस्पतालले सघन उपचार कक्षमा भएका बिरामी कोभिड–१९ डेडिकेडेट अस्पतालमा रिफर गर्दा समन्वय नगरी रिफर गरिएकाले समन्वय गर्न निर्देशन दिइएको बतए ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  ०४:२२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP