Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
विश्व
  • Home
  • विश्व
  • रोमानियामा नयाँ प्रधानमन्त्रीको खोजी
रोमानियामा नयाँ प्रधानमन्त्रीको खोजी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ३१, २०८३

बुखारेस्ट- रोमानियामा जारी राजनीतिक अनिश्चितता अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रपति निकुसोर डानले एड्रियन भेस्टियालाई प्रधानमन्त्रीका लागि मनोनीत गरेका छन् । अघिल्लो उम्मेदवारले संसद्मा पर्याप्त समर्थन जुटाउन नसकेपछि राष्ट्रपतिले नयाँ नेतृत्वमार्फत स्थिर सरकार गठनको प्रयास अघि बढाएका हुन् ।

५३ वर्षीय भेस्टिया मध्य रोमानियाको ब्रासोभ काउन्टीका अनुभवी राजनीतिज्ञ तथा नेसनल लिबरल पार्टीका वरिष्ठ सदस्य छन् । उनी यसै महिनामा राष्ट्रपति डानले प्रधानमन्त्री पदका लागि मनोनयन  गरेका व्यक्ति छन् । यसअघि प्रधानमन्त्रीका लागि प्रस्तावित युजेन टोम्याकले आवश्यक राजनीतिक समर्थन जुटाउन नसकेपछि आफ्नो जनादेश फिर्ता लिएका थिए । संसद्मा मन्त्रिपरिषद् प्रस्तुत गर्ने समयसीमा पूरा हुन नसकेपछि राष्ट्रपति डानले नयाँ विकल्प रोजेका हुन्।

बुखारेस्टस्थित कोट्रोसेनी दरबारमा आयोजित कार्यक्रममा राष्ट्रपति डानले टोम्याकले आफ्नो जनादेश फिर्ता लिएको जानकारी दिँदै एड्रियन भेस्टियालाई प्रधानमन्त्रीका रूपमा मनोनीत गरेको घोषणा गरेका छन् । उनको मनोनयनले प्रभावकारी हुन भने संसद्को स्वीकृति आवश्यक पर्नेछ ।

Hardik health

राष्ट्रपति डानले भेस्टियालाई प्रशासनिक अनुभव र व्यवस्थापकीय क्षमताका आधारमा योग्य उम्मेदवारका रूपमा प्रस्तुत गरे । उनका अनुसार भेस्टियाले आफ्नो राजनीतिक यात्रामा स्थानीय तहदेखि राष्ट्रिय नेतृत्वसम्मका विभिन्न जिम्मेवारी सफलतापूर्वक सम्हालेका छन् ।

भेस्टियाले सानो सहरको मेयर, ब्रासोभ काउन्टी परिषद्का अध्यक्ष तथा विकास मन्त्रीका रूपमा काम गरिसकेका थिए। ब्रासोभमा रहँदा उनले युरोपेली कोष आकर्षित गरी विकास परियोजनाहरू अघि बढाएको उल्लेख गरिएको छ । राष्ट्रपति डानले भेस्टियालाई पश्चिम समर्थक राजनीतिज्ञ र बजेट व्यवस्थापनमा अनुभवी व्यक्ति भन्दै उनले नयाँ जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरे ।

सन् २०२३ देखि २०२४ सम्म विकास मन्त्री रहनुभएका भेस्टियाले आफू वास्तविक सुधार लागू गर्ने र रोमानियालाई पश्चिम समर्थक मार्गमा अघि बढाउने राजनीतिक सरकार गठन गर्न प्रतिबद्ध रहेको बताएका छन् । उनले रोमानिया युरोपको छैटौँ ठूलो देश भएकाले विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

प्रधानमन्त्री पदका लागि राष्ट्रपतिको लगातार दोस्रो मनोनयन मे महिनामा तत्कालीन प्रधानमन्त्री इलि बोलोजन अविश्वास प्रस्तावबाट पदच्युत भएपछि आएको हो । रोमानियामा अर्को आम निर्वाचन सन् २०२८ सम्म नहुने भएकाले वर्तमान राजनीतिक व्यवस्थापनलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

युरोपेली सङ्घ (इयु) भित्र सबैभन्दा ठूलो बजेट घाटा झेलिरहेको रोमानिया उच्च मुद्रास्फीति र प्राविधिक मन्दीको चुनौतीसँग जुधिरहेको छ । सन् २०२५ मा गठबन्धन सरकार सत्तामा आएपछि बजेट घाटा घटाउने लक्ष्यलाई प्रमुख प्राथमिकता बनाइएको थियो ।
बोलोजन सरकारले कम्युनिस्ट शासनपछिको रोमानियाको गम्भीर राजनीतिक सङ्कट समाधान गर्ने उद्देश्य राखे पनि त्यो सरकार एक वर्षभन्दा कम समयमै ढलेको थियो । यस्तो अवस्थामा भेस्टियाको सम्भावित नेतृत्वलाई राजनीतिक स्थिरता र आर्थिक सुधारको नयाँ परीक्षणका रूपमा हेरिएको छ ।
 


प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  १७:०३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
जापानमा २८ जनाको मृत्यु, उद्धार प्रयास जारी
जापानमा २८ जनाको मृत्यु, उद्धार प्रयास जारी बिहीबार, साउन १४, २०८३
ग्रिसको क्रेट टापुमा आगलागीका कारण हजारौँ विस्थापीत:अधिकारीहरु
ग्रिसको क्रेट टापुमा आगलागीका कारण हजारौँ विस्थापीत:अधिकारीहरु बिहीबार, साउन १४, २०८३
युवा आन्दोलनले मोदी सरकारलाई दबाब
युवा आन्दोलनले मोदी सरकारलाई दबाब बुधबार, साउन १३, २०८३
हसिनाको स्वदेश फर्किने घोषणा
हसिनाको स्वदेश फर्किने घोषणा बुधबार, साउन १३, २०८३
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो मंगलबार, साउन १२, २०८३
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी मंगलबार, साउन १२, २०८३
इजरायल-लेबनान वार्ता अगस्ट ४ देखि
इजरायल-लेबनान वार्ता अगस्ट ४ देखि मंगलबार, साउन १२, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP