Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
विश्व
  • Home
  • विश्व
  • च्यानलमा जहाज नियन्त्रण
च्यानलमा जहाज नियन्त्रण
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ३१, २०८३

लन्डन- बेलायतले इङ्ग्लीस च्यानलमा रुसको ‘सेडो फ्लीट’सँग सम्बन्धित एक प्रतिबन्धित तेल ट्यांकर नियन्त्रणमा लिएपछि युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनबारे बहस पुनः चर्किएको छ । बेलायती रक्षा मन्त्रालयका अनुसार यो अपरेसन युक्रेन युद्धपछि रुसमाथि लगाइएका प्रतिबन्ध कार्यान्वयनका लागि गरिएको पछिल्ला कडा कदममध्ये एक हो ।

मन्त्रालयका अनुसार आइतबार करिब छ घण्टा लामो संयुक्त अपरेसन सञ्चालन गरिएको थियो । अपरेसनमा चिनुक हेलिकप्टर, फ्रिगेट एचएमएस साउथह्याम्पटन लगायतका नौसैनिक जहाज र हवाई साधनहरू सहभागी थिए । सो क्रममा रोयल मरीन कमान्डो र राष्ट्रिय अपराध एजेन्सीका विशेष तालिमप्राप्त कानून प्रवर्तन अधिकारीहरूले एसएमवाइआरटिओएस नामक जहाजमा चढेर नियन्त्रण लिएका हुन् ।

बेलायती अधिकारीहरूले यो अपरेसनलाई युक्रेनसँग जारी युद्धका सन्दर्भमा ‘रूसको सेडो फ्लीट विरुद्धको पहिलो यस प्रकारको समन्वित कदम’ भएको बताएका छन् । नियन्त्रणमा लिइएको जहाजलाई अहिले इङ्गल्यान्डको दक्षिणी तट नजिक लङ्गरमा राखेर निगरानीमा राखिने बताइएको छ ।

Hardik health

रक्षामन्त्री डान जार्विसले यस कदमले रुसको आर्थिक स्रोतमा प्रत्यक्ष असर पार्ने र युक्रेनविरुद्धको युद्धलाई आर्थिक रूपमा कमजोर बनाउने दाबी गरेका छन्  । उनका अनुसार यो अपरेसन फ्रान्ससँग नजिकको समन्वयमा सम्पन्न गरिएको हो र यसले युरोपेली सुरक्षालाई बलियो बनाउने उद्देश्य राखेको छ ।  प्रधानमन्त्री किर स्टार्मरले पनि यस अपरेसनलाई समर्थन गर्दै यसले रुसलाई थप सन्देश दिएको र प्रतिबन्ध उल्लंघन गर्ने गतिविधिमा संलग्न पक्षहरूलाई स्पष्ट चेतावनी दिएको बताएका छन् ।

रुसले पश्चिमी प्रतिबन्धहरूबाट जोगिन प्रयोग गर्दै आएको ‘सेडो फ्लीट’ अन्तर्गत सयौँ पुराना तथा अस्पष्ट स्वामित्व भएका तेल ट्यांकरहरू समावेश छन्, जसलाई बेलायतसहितका देशहरूले प्रतिबन्धित सूचीमा राखिसकेका छन् । यस्ता जहाजहरूलाई बेलायती बन्दरगाह र सेवामा पहुँच निषेध गरिएको छ ।

बेलायतले सन् २०२२ मा युक्रेनमा रुसले आक्रमण गरेयता यस्ता जहाजहरूमाथि नियन्त्रण र प्रतिबन्ध कडा बनाउँदै आएको छ । मार्च महिनामा सरकारले बेलायती जलक्षेत्रमा यस्ता जहाज चढेर नियन्त्रणमा लिन सक्ने अधिकार सेनालाई दिएको घोषणा गरेको थियो ।अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति र मूल्य स्थिरताबारे चिन्ता बढिरहेका बेला यो कदम चालिएको हो ।

यसअघि फ्रान्स, बेल्जियम, फिनल्यान्ड लगायतका युरोपेली देशहरूले पनि यस्तै प्रकृतिका प्रतिबन्ध उल्लंघन गर्ने जहाजहरू नियन्त्रणमा लिइसकेका छन् ।बेलायती रक्षा मन्त्रालयले सेडो फ्लीटमाथिको यो कारबाहीले रुसको युद्ध वित्तीय संरचनामा प्रत्यक्ष प्रभाव पार्ने दाबी गर्दै भविष्यमा पनि यस्ता अपरेसन जारी रहने संकेत दिएको छ । 


प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  १५:१०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
समुद्रले निल्दै नाइजेरियाली बस्ती
समुद्रले निल्दै नाइजेरियाली बस्ती सोमबार, भदौ १, २०८३
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन सोमबार, भदौ १, २०८३
हंगेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु
हंगेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु आइतबार, साउन ३१, २०८३
रुससँगको सम्बन्धको भविष्यप्रति किम जोङ-उन आशावादी
रुससँगको सम्बन्धको भविष्यप्रति किम जोङ-उन आशावादी आइतबार, साउन ३१, २०८३
इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी
इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी आइतबार, साउन ३१, २०८३
भारतमा सुरुङ दुर्घटना, सातको मृत्यु
भारतमा सुरुङ दुर्घटना, सातको मृत्यु शुक्रबार, साउन २९, २०८३
पुटिनको भ्रमणपछि जापानलाई अमेरिकी समर्थन
पुटिनको भ्रमणपछि जापानलाई अमेरिकी समर्थन शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP