Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
विश्व
  • Home
  • विश्व
  • जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’
जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ३१, २०८३

एएफपी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा मनाउँदै ह्वाइट हाउस परिसरमै भव्य युएफसी प्रतियोगिता आयोजना गरेका छन् । अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवसँग जोडिएको यो कार्यक्रमले खेल, राजनीति र राष्ट्रिय उत्सवलाई एकै मञ्चमा ल्याएको छ भने यसको स्वरूपलाई लिएर विवाद पनि चर्किएको छ ।

‘युएफसी फ्रिडम २५०’ नाम दिइएको यस विशेष कार्यक्रममा १४ जना अल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी) का चर्चित खेलाडीहरू ‘द क्लो’ नामक विशाल अखाडामा प्रतिस्पर्धा गर्दैछन् । करिब छ करोड डलर लागतको यो कार्यक्रम अमेरिकी स्वतन्त्रताको २५० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको भए पनि राष्ट्रपति ट्रम्पको ८०औँ जन्मदिनसँग संयोगवश जुधेको छ ।

कार्यक्रमलाई लिएर आलोचना पनि भइरहेको छ । आलोचकहरूले इरानसँग तनाव र युद्धको अवस्था जारी रहेका बेला ह्वाइट हाउसको ऐतिहासिक परिसरमा हिंसात्मक खेल आयोजना गर्नु अनुपयुक्त भएको टिप्पणी गरेका छन् । उनीहरूका अनुसार युद्धका कारण विश्व बजारमा मूल्यवृद्धि भइरहेका बेला यस्तो प्रदर्शनले गलत सन्देश दिन सक्छ ।

यद्यपि राष्ट्रपति ट्रम्पले कार्यक्रमको खुलेर समर्थन गरेका छन् । मे महिनामा ओभल अफिसमा युएफसी खेलाडीहरूसँग भेटघाटका क्रममा उनले यसलाई दर्शकका लागि अविस्मरणीय अनुभव हुने बताएका थिए। ह्वाइट हाउसका अनुसार कार्यक्रमको सम्पूर्ण खर्च युएफसीले नै व्यहोरेको छ । युएफसीका प्रमुख सामग्री अधिकारी क्रेग बोर्सारीले खेल र राजनीतिलाई जोडिएको आरोप अस्वीकार गर्दै यो अमेरिकी खेलाडी र राष्ट्रको उत्सव भएको बताए।

Hardik health

कार्यक्रमलाई अझ विशेष बनाउन केही खेलाडीहरू ऐतिहासिक ओभल अफिसबाट बाहिर निस्केर साउथ लनस्थित अखाडासम्म पुग्ने व्यवस्था गरिएको छ । आठ कोण भएको तारजालीयुक्त पिँजडा अर्थात् अष्टभुजभित्र हुने प्रतिस्पर्धा हेर्न चार हजारभन्दा बढी दर्शकका लागि सिटको व्यवस्था गरिएको छ ।

प्रतिस्पर्धामा सहभागी युएफसी लडाकू माइकल च्यान्डलरले यसलाई लडाइँ खेलकुद इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता बताए । फ्रान्सेली लडाकू सिरिल गेनले पनि आफू राजनीतिभन्दा खेलमा केन्द्रित रहेको उल्लेख गर्दै विश्वसामु खेल प्रस्तुत गर्ने अवसर महत्त्वपूर्ण भएको धारणा राखे ।

अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार समारोहमा ऐतिहासिक झलक प्रस्तुत गर्ने विशेष कार्यक्रम, सैन्य ब्यान्ड, सैन्य विमानको उडान प्रदर्शन, प्यारासुट प्रदर्शन तथा अन्त्यमा १० मिनेट लामो आतशबाजी हुनेछ ।यस कार्यक्रमलाई रोक्न स्थानीय बासिन्दाले अदालतमा दायर गरेको निवेदन शुक्रबार अस्वीकृत भइसकेको छ । त्यससँगै कार्यक्रम आयोजना गर्ने कानूनी अवरोध पनि हटेको छ ।

ट्रम्पको जन्मदिनसँग जोडिएको यो कार्यक्रमले वासिङ्टनको ठूलो क्षेत्र प्रभावित बनाएको छ । लिङ्कन मेमोरियल नजिक खेलाडीहरूको तौल मापन गरिएको छ भने नेशनल मल क्षेत्रमा विशाल पर्दामार्फत करिब एक लाख २५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसबीच राष्ट्रपति ट्रम्पको उमेर र स्वास्थ्यबारे पनि बहस जारी छ । उनले प्रायः आफ्नो सक्रियतालाई पूर्वराष्ट्रपति जो बाइडेनसँग तुलना गर्ने गरेका छन् । यद्यपि ट्रम्प स्वयं पनि हातको चोट, खुट्टाको शिरासम्बन्धी समस्या तथा सार्वजनिक कार्यक्रममा थकान देखिएको विषयमा चर्चामा रहेका छन् । तर उनका चिकित्सकले राष्ट्रपति उत्कृष्ट स्वास्थ्य अवस्थामा रहेको बताएका छन् ।

हालै सार्वजनिक एक भिडियोमा ट्रम्पले ८० वर्ष पुगेकोमा आफू पूर्ण रूपमा खुसी नभएको स्वीकार गर्दै ‘यो मलाई मनपर्ने सङ्ख्या होइन, तर म यहाँ छु’ भनेका थिए । विश्लेषकहरूका अनुसार रियालिटी टेलिभिजनको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गर्नुभएका ट्रम्पले सार्वजनिक प्रदर्शन र भव्य कार्यक्रमलाई आफ्नो राजनीतिक शैलीको महत्त्वपूर्ण हिस्सा बनाउँदै आएका छन् । जर्ज वासिङ्टन विश्वविद्यालयका सञ्चारविद् पिटर लोगेका अनुसार ट्रम्पले राष्ट्रपतिको भूमिकालाई पनि आफ्नो पूर्व सार्वजनिक जीवनकै शैलीमा प्रस्तुत गरिरहेका छन् ।

गत वर्ष आफ्नो जन्मदिनका अवसरमा ट्रम्पले अमेरिकी सेनाको २५०औँ वार्षिकोत्सवसँग सम्बन्धित भव्य सैन्य परेडको निरीक्षण गरेका थिए। यस वर्ष भने उनको जन्मदिन खेल, शक्ति प्रदर्शन र राष्ट्रिय उत्सवको मिश्रित स्वरूपका कारण थप चर्चामा आएको छ ।
 


प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  १२:०३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
मोदीको न्युजिल्यान्ड भ्रमण विवादबीच सुरु
मोदीको न्युजिल्यान्ड भ्रमण विवादबीच सुरु शुक्रबार, असार २६, २०८३
युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु
युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु शुक्रबार, असार २६, २०८३
स्पेनमा आगलागी, १२ जनाको मृत्यु
स्पेनमा आगलागी, १२ जनाको मृत्यु शुक्रबार, असार २६, २०८३
ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना
ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना शुक्रबार, असार २६, २०८३
घातक आँधीपछि चीनमा टाइफुनको खतरा
घातक आँधीपछि चीनमा टाइफुनको खतरा शुक्रबार, असार २६, २०८३
अस्ट्रेलियाको समुद्री पक्षीमा एच-५ बर्ड फ्लू पुष्टि
अस्ट्रेलियाको समुद्री पक्षीमा एच-५ बर्ड फ्लू पुष्टि शुक्रबार, असार २६, २०८३
इरानद्वारा अमेरिकी आक्रमणकारी कार्यको निन्दा
इरानद्वारा अमेरिकी आक्रमणकारी कार्यको निन्दा बिहीबार, असार २५, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP