Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
विश्व
  • Home
  • विश्व
  • पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु
पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २७, २०८३

काबुल- अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले अफगान हवाई क्षेत्र उल्लंघन गरी गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १३ सर्वसाधारणको मृत्यु भएको र १४ जना घाइते भएको जनाएको छ । तालिबानका अनुसार आक्रमणले दुई देशबीचको तनावलाई थप चर्काएको छ र सीमावर्ती क्षेत्रमा असुरक्षाको अवस्था गम्भीर बनेको छ ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले मंगलबार राति र बुधबार बिहानको बीचमा पाकिस्तानले कुनार, खोस्त र पक्तिका प्रान्तका बस्तीहरूलाई लक्षित गरी बमबारी गरेको बताए। उनका अनुसार उक्त आक्रमणमा ११ बालबालिका, एक महिला र एक वृद्ध पुरुषको मृत्यु भएको छ । मुजाहिदले आक्रमणका क्रममा १४ जना महिला घाइते भएको जानकारी दिँदै घटनापछिका तस्बिरसमेत सार्वजनिक गरे ।तालिबानले यसलाई अफगानिस्तानको सार्वभौमसत्तामाथिको प्रत्यक्ष उल्लंघन र नागरिकमाथिको आक्रमणका रूपमा व्याख्या गरेको छ ।

अफगान अधिकारीहरूका अनुसार पछिल्लो एक वर्षयता अफगान भूमिमा भएका पाकिस्तानी सैन्य कारबाहीका कारण सयौँ व्यक्तिको ज्यान गइसकेको छ । सीमापार तनाव बढ्दै जाँदा दुवै देशबीचको सम्बन्ध लगातार बिग्रँदै गएको बताइएको छ । मार्च महिनामा भएको एक ठूलो आक्रमणमा पाकिस्तानी सेनाले काबुलस्थित पुनर्वास केन्द्रलाई निशाना बनाएको दाबी गरिएको छ । तालिबानका अनुसार उक्त घटनामा कम्तीमा २६९ जनाको मृत्यु भएको थियो । त्यसयता सीमावर्ती क्षेत्रमा बारम्बार सैन्य कारबाही भइरहेका छन् ।

Hardik health

अक्टोबर २०२५ मा इस्लामाबादले राजधानी काबुलसहित अफगानिस्तानका विभिन्न क्षेत्रमा व्यापक हवाई आक्रमण गरेपछि दुई देशबीचको लामो समयदेखिको तनाव खुला सीमापार द्वन्द्वतर्फ उन्मुख भएको विश्लेषण गरिएको छ । निरन्तर आक्रमण र झडपका कारण दशौँ हजार अफगान नागरिक विस्थापित भएका छन् भने धेरै परिवार घरबार छोड्न बाध्य भएका छन् ।

तालिबानले पाकिस्तानले आफ्ना आन्तरिक सुरक्षा चुनौतीहरूलाई आधार बनाएर अफगान क्षेत्रमा बारम्बार सैन्य हस्तक्षेप गरिरहेको आरोप लगाएको छ । पाकिस्तानले भने तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) र बलुचिस्तान लिबरेसन आर्मी (बिएलए) जस्ता समूहलाई अफगान भूमिबाट सहयोग मिलिरहेको दाबी गर्दै आएको छ ।

इस्लामाबादले तालिबानमाथि ती समूहहरूलाई आश्रय दिएको आरोप दोहोर्‍याउँदै आएको भए पनि तालिबानले त्यस्ता आरोप अस्वीकार गर्दै आएको छ । तालिबानको भनाइमा पाकिस्तानले आफ्ना सुरक्षा कमजोरीको जिम्मेवारीबाट बच्न अप्रमाणित आरोप लगाउने गरेको छ ।

विश्लेषकहरूका अनुसार सन् २०२१ मा तालिबान पुनः सत्तामा फर्किएपछि सुरुमा अपेक्षा गरिएको निकट सम्बन्ध टिक्न सकेन । दशकौँसम्म तालिबानको प्रमुख समर्थकमध्ये एक मानिएको पाकिस्तान र अफगानिस्तानबीच अहिले अविश्वास बढ्दै गएको छ । पछिल्ला घटनाक्रमहरूले दुई छिमेकी देशबीचको सम्बन्ध थप जटिल र तनावपूर्ण बन्दै गएको सङ्केत गरेका छन् ।

Powered By  Orson Infotech
 


प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  १०:५५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
जापानमा २८ जनाको मृत्यु, उद्धार प्रयास जारी
जापानमा २८ जनाको मृत्यु, उद्धार प्रयास जारी बिहीबार, साउन १४, २०८३
ग्रिसको क्रेट टापुमा आगलागीका कारण हजारौँ विस्थापीत:अधिकारीहरु
ग्रिसको क्रेट टापुमा आगलागीका कारण हजारौँ विस्थापीत:अधिकारीहरु बिहीबार, साउन १४, २०८३
युवा आन्दोलनले मोदी सरकारलाई दबाब
युवा आन्दोलनले मोदी सरकारलाई दबाब बुधबार, साउन १३, २०८३
हसिनाको स्वदेश फर्किने घोषणा
हसिनाको स्वदेश फर्किने घोषणा बुधबार, साउन १३, २०८३
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो मंगलबार, साउन १२, २०८३
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी मंगलबार, साउन १२, २०८३
इजरायल-लेबनान वार्ता अगस्ट ४ देखि
इजरायल-लेबनान वार्ता अगस्ट ४ देखि मंगलबार, साउन १२, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP