Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र_राई
  • #प्रतिनिधि सभा बैठक
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #सुनचाँदीको_मूल्य
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
  • #शिष्टाचार_भेटवार्ता
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार व्यवसायी संघमा खत्री विजयी
एक पदाधिकारी र दुई सदस्यबाहेक सबै पदमा संयुक्त व्यवसायी प्यानलका उम्मेदवार निर्वाचित वैदेशिक रोजगार व्यवसायी संघमा खत्री विजयी
ममता थापा
ममता थापा मंगलबार, जेठ २६, २०८३
  • संघको नवनिर्वाचित कार्यसमिति
  • अध्यक्षः डिकबहादुर खत्री
  • प्रथम उपाध्यक्षः महेशकुमार बस्नेत
  • द्वितीय उपाध्यक्षः अनिल बोगटी
  • तृतीय उपाध्यक्षः लक्ष्मण पौडेल
  • महासचिवः हिराबहादुर डाँगी
  • सचिवः केदारनाथ अधिकारी
  • कोषाध्यक्षः धनमाया सिञ्जाली
  • सदस्यः रमा खड्का, तारा तामाङ, तारामणि राई, ध्रुव जिसी, भावना गजुरेल, रविन्द्र राई, विवस ढुंगाना, दीक्षा थपलिया, बाबुराम न्यौपाने र गीता राउत

काठमाडाैं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री ‘कुमार’ विजयी भएका छन् । संघको आइतबार सम्पन्न विशेष साधारणसभाबाट उनी ठूलो मतान्तरसहित निर्वाचित भएका हुन् ।

नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका उम्मेदवार खत्रीले ३४७ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी मेघनाथ भुर्तेलले १९२ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्याशी हरिबहादुर पाण्डे क्षेत्रीको पक्षमा १७० मत खस्यो । भुर्तेल नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र पाण्डे स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहबाट प्यानलसहित चुनाव लडेका थिए ।

अध्यक्षमा निर्वाचित खत्री नेतृत्वको प्यानलमा प्रगतिशील मञ्चका साथै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र लोकतान्त्रिक एसोसिएसनबाट विद्रोह गरेका व्यवसायी समेटिएका थिए । ‘संयुक्त व्यवसायी प्यानल’ नामबाट चुनावी मैदानमा उत्रिएको उक्त गठबन्धनबाट उम्मेदवार बनेका अधिकांश विजयी भएका छन् । 

संघको १७ सदस्यीय कार्यसमितिमा सात पदाधिकारीमध्ये छ जना र १० सदस्यमध्ये आठ जना खत्री नेतृत्वको संयुक्त व्यवसायी प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । लोकतान्त्रिक एसोसिएसन एक पदाधिकारी र दुई सदस्यमै सीमित बनेको छ । पाण्डे नेतृत्वको स्वतन्त्र व्यवसायी समूहका सबै उम्मेदवार पराजित भए ।

Hardik health

संघको प्रथम उपाध्यक्षमा महेशकुमार बस्नेत विजयी भएका छन् । उनी संघका निवर्तमान महासचिवसमेत हुन् । लोकतान्त्रिक एसोसिएसन निकट भए पनि उनी खत्रीको प्यानलबाट चुनाव लडेका थिए । बस्नेतले २४१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी कर्णराज कटुवालले १० मत कम अर्थात् २३१ मतमात्र प्राप्त गरे । द्वितीय उपाध्यक्षमा अनिल बोगटी ३१५ मतसहित निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी रविन मेगाले मगरले २०५ मत पाए ।

तृतीय उपाध्यक्षमा भने लोकतान्त्रिक एसोसिएसनका उम्मेदवार लक्ष्मण पौडेल २५९ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी तुलसी पुरी २५६ मत ल्याउँदै झिनो मतान्तरले पराजित भएका हुन् ।

त्यसैगरी महासचिव पदमा हिराबहादुर डाँगी २७३ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नूर मोहम्मद मियाँले २४९ प्राप्त गरेका थिए । सचिव पदमा केदारनाथ अधिकारी २९४ मतसहित विजयी हुँदा निकटम् प्रतिद्वन्द्वी राजकाजी भोलान (राज लामा)ले २४४ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा संघकी निवर्तमान कोषाध्यक्ष्य धनमाया सिञ्जाली नै निर्वाचित भएकी छन् । उनले ३२३ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी विद्यालक्ष्मी बज्रचार्यको पक्षमा १९५ मत खसेको थियो । 

कार्यसमिति सदस्यमा रमा खड्का ३३६ मत, तारा तामाङ ३०१, तारामणि राई २८४, ध्रुव जिसी २७०, भावना गजुरेल २५९, रविन्द्र राई २५८, विवस ढुंगाना २५४, दीक्षा थपलिया २५२, बाबुराम न्यौपाने २५० र गीता राउत २३३ मत ल्याएर विजयी भएका छन् ।

संघको निर्वाचनका लागि कूल ७१९ मत खसेको थियो । भुवनसिंह गुरुङ नेतृत्वको निवर्तमान कार्यसमिति आन्तरिक विवादका कारण कार्यकाल पूरा नगरी विघटन भएपछि विशेष साधारणसभामार्फत नयाँ कार्यसमिति चयन गरिएको हो । निवर्तमान अध्यक्ष गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बहुमत पदाधिकारीले राजीनामा दिएपछि कार्यसमिति विघटन हुन पुगेको थियो । संघको विधानमा बहुमत पदाधिकारीले राजीनामा दिएमा कार्यसमिति स्वतः विघटन हुने व्यवस्था छ । सोही व्यवस्थालाई टेकेर जिल्ला प्रशासन कार्यालय काठमाडौंलेसमेत संघलाई निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गर्न अनुमति दिएको थियो ।

‘नीतिगत सुधार प्राथमिकतामा’
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नवनिर्वाचित अध्यक्ष डिकबहादुर खत्री यस क्षेत्रका विज्ञका रुपमा चिनिन्छन् । उनी नेतृत्वको प्यानललाई स्पष्ट बहुमत दिएसँगै व्यवसायीहरुले संघबाट सुधारको ठूलो अपेक्षा राखेका छन् । सरकार वैदेशिक रोजगार व्यवसायीमाथि कडारुपमा प्रस्तुत भइरहँदा नवनिर्वाचित कार्यसमितिमा चुनौती बढेको व्यवसायीहरु बताउँछन् । 

नवनिर्वाचित अध्यक्ष खत्रीले व्यवसायीको अपेक्षाअनुसार संघलाई अगाडि बढाउने प्रतिबद्धता जनाए । नीतिगत सुधारका लागि आफूले प्रभावकारीरुपमा सरकारसँग पहल गर्ने बताए । ‘नीतिगत सुधार नभए व्यवसाय गर्ने अवस्था छैन । सरकार त्रुटियुक्त ऐनहरु संशोधन गर्न लागिपरेका बेला यसपटकको संशोधनमा पूर्ववत् त्रुटिहरु नहोस् भनेर सरकारसँग संवाद गर्ने सोचेका छौं,’ उनले भने, ‘अहिलेको सरकारले हाम्रा समस्यालाई सुनेर कार्यान्वयनमा ल्याउने ठूलो अपेक्षा छ । मन्त्रालयमा पछिल्लो समय भएका छलफलले पनि त्यो दिशानिर्देश गरेको छ ।’

सरकारले झण्झटिला र अव्यावहारिक ऐन, कानुनमा संशोधन गरेपछि २०४८ सालदेखिका समस्यालाई एकैचोटि सङ्ल्याउन सकिने खत्रिको भनाइ छ । नीतिगत सुधार भएपछि संघले व्यवसायीलाई मर्यादित र अनुशासित बनाउने योजना बनाएको उनले बताए । ‘नीति बनिसकेपछि सदस्य संस्थाहरुलाई आचारसंहिता जारी गर्ने योजना छ । आचारसंहिता तयारी अवस्थामा छ,’ खत्रीले भने, ‘सरकारले यो क्षेत्रलाई व्यवस्थित ग¥यो भने संघले आफ्नो सदस्य संस्थालाई आचारसंहितामार्फत व्यवस्थित गर्छ ।’

दुई वर्षे कार्यकालमा धेरै कामहरु सम्पादन हुने नवनिर्वाचित महासचिव हरी डाँगीले बताए । नीतिगत सुधारका साथै यस क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै लैजाने उनको भनाइ छ । ‘डिजिटल प्रविधिलाई सुदृढ बनाएर स्थानीय तहसँगको समन्वयबाट श्रमिकहरु सीधै हामीसँग आउनसक्ने अवस्था निर्माण गर्दै जान्छौं,’ डाँगीले भने ।

दूतावासले गर्ने मागपत्र प्रमाणीकरणको समस्याका साथै वैदेशिक रोजगार विभाग र व्यवसायीबीचको सम्बन्धलाई प्रगाढ बनाउन पनि आवश्यक समन्वय गर्ने उनले बताए ।


प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  १०:३६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ शुक्रबार, असार २६, २०८३
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै शुक्रबार, असार २६, २०८३
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ बिहीबार, असार २५, २०८३
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग  परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता बिहीबार, असार २५, २०८३
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा बिहीबार, असार २५, २०८३
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली बुधबार, असार २४, २०८३
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच जना पक्राउ बुधबार, असार २४, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP