काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणका क्रममा उत्तर कोरिया पुगेका छन् ।उनलाई उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र उनकी पत्नी री सोल जुले विमानस्थलमा स्वागत गरेका छन् ।
सीसीटीभी फुटेजमा रातो गलैँचासहित किम दम्पतीले मुस्कुराउँदै ताली बजाएर स्वागत गरेको देखिन्छ, जहाँ सैनिकहरू लाइनबद्ध रूपमा तैनाथ थिए ।यद्यपि, उक्त भिडियोमा राष्ट्रपति सी र उनको टोली देखाइएको छैन ।
अर्को तर्फ सिन्ह्वाले भने किम र सी बीच हात मिलाएर भेट भएको तथा बालबालिकाले पुष्पगुच्छा अर्पण गरेको विवरण सार्वजनिक गरेको छ ।