Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • संघमा नयाँ नेतृत्व आउँदै
संघमा नयाँ नेतृत्व आउँदै
ममता थापा
ममता थापा सोमबार, जेठ २५, २०८३
  • व्यवसायी भन्छन्- नयाँ नेतृत्वले वैदेशिक रोजगार व्यवसायलाई सम्मानजनक व्यवसाय बनाउन प्रभावकारी काम गरोस्

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन सकिएसँगै मतपरिणामको पर्खाइमा व्यवसायीहरु रहेका छन् । आइतबार सम्पन्न विशेष साधारणसभा तथा निर्वाचनको परिणाम यो समाचार तयार पार्दासम्म आइसकेको छैन ।

निर्वाचन समितिका अनुसार मतदानमा ७१९ मत खसेको छ । कूल मतदातामध्ये ५७ व्यवसायी अनुपस्थित भएको एक निर्वाचन अधिकृतले जानकारी दिए । संघको १७ सदस्यीय कार्यसमिति आज घोषणा हुने जनाइएको छ । संघको नेतृत्व लिनका लागि नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनबाट मेघनाथ भुर्तेल, एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चसहित संयुक्त व्यवसायी प्यानलबाट डिकबहादुर खत्री र स्वतन्त्र व्यवसायी समूहबाट हरिबहादुर पाण्डे क्षेत्री प्रतिस्पर्धामा छन् । उनीहरु आ-आफ्नो प्यानलसहित चुनावमा होमिएका हुन् । 

संघमा आउने नयाँ नेतृत्वसँग व्यवसायीहरुले सेवा शुल्क निर्धारण, सिण्डिकेटको अन्त्य र वैदेशिक रोजगार व्यवसायलाई सम्मानजनक बनाउन काम गर्ने अपेक्षा व्यक्त गरेका छन् । अञ्जली ओभरसिजका सञ्चालक टीका शिवाकोटी नयाँ नेतृत्व परिवर्तनको संवाहक हुनुपर्ने बताउँछन् । राज्यले बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य नगरिसकेको अवस्थामा मुलुकको अर्थतन्त्र भरथेग गरिरहेको यस व्यवसायमा काम गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ छ । ‘सेवा शुल्कको विषयलाई टुंग्याएर सम्मानजनक व्यवसायीको हिसाबले काम गर्ने वातावरण बनाउने नेतृत्व आओस् भन्ने हाम्रो आपेक्षा हो,’ उनले भने ।

Hardik health

रारा इम्प्लोइमेन्ट कन्सलटेन्सी प्रालिकी सञ्चालक तारा रेग्मी आगामी नेतृत्वले सरकारको चौतर्फी आक्रमणबाट यस व्यवसायलाई बाहिर निकाल्नपर्ने बताइन् । संघको अबको नेतृत्वले साना व्यवसायीको पक्षमा काम गर्नुपर्नेमा उनको जोड छ । ‘साना तथा मझौला व्यवसायी धेरै समस्यामा छन् । उनीहरुको आवाज कसैले सुन्दैन । यस्ता व्यवसायीको हक, हितका लागि काम गरिदिनप¥यो । ठूला व्यवसायीहरु त आफैं लड्न सक्छन्,’ उनले भनिन् ।

लक्ष्मी रिक्र्युटमेन्ट सर्भिस प्रालिका सञ्चालक लक्ष्मीप्रसाद गिरी पनि अबको नेतृत्व व्यक्तिगत स्वार्थभन्दा माथि उठेर व्यवसायी र श्रमिकका समस्याप्रति उत्तरदायी हुनुपर्ने बताउँछन् । फ्रि भिसा, फ्रि टिकट र सिण्डिकेटको अन्त्य गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको अपेक्षा छ । ‘म पनि हामीले पठाउने दाजुभाइ, दिदीबहिनी फ्रि-भिसामा जाऊन् भन्ने चाहन्छु । तर यो प्रावधानमा अध्ययन नपुग्दा कार्यान्वयन हुन सम्भव नभएको अवस्था छ,’ उनले भने, ‘संघमा असल नेतृत्व नहुँदा सिण्डिकेटधारी सल्बलाइरहेका छन् । यसको अन्त्य गर्ने नेतृत्व आवश्यक छ ।’

त्यस्तै, अजम्बरी ओभरसिज प्रालिका डिबी पाख्रिन तामाङ पनि लागतकै विषयलाई टुंग्याउनुपर्ने बताउँछन् । साथै, मागपत्र प्रमाणीकरणको प्रक्रियालाई सहज बनाउन आवश्यक समन्वय गर्नुपर्ने उनको माग छ । ‘व्यवसायीको सबैभन्दा महत्‍वपूर्ण लागतको विषयलाई सम्बोधन गर्नु आवश्यक छ,’ उनले भने, ‘अर्को भनेको हामीले विदेशबाट ल्याउने मागपत्रलाई पूर्व र अन्तिम स्वीकृति गरेर दुईवटा प्रक्रिया छ । त्यसलाई एउटा र सहज बनाउन अबको नेतृत्वले ध्यान दिनप¥यो ।’

यस कारण टिकेन गुरुङ नेतृत्वको कार्यसमिति   
संघभित्र विवादका कारण बहुमत पदाधिकारीले राजीनामा दिएपछि भुवनसिंह गुरुङ नेतृत्वको कार्यसमिति करिब ११ महिना कार्यकाल बाँकी छँदै विघटन हुन पुगेपछि नयाँ निर्वाचन गरिएको हो । संघको विधानमा बहुमत पदाधिकारीले राजीनामा दिएमा कार्यसमिति स्वतः विघटन हुने प्रावधान छ ।
निवर्तमान अध्यक्ष गुरुङले गत वैशाख ७ गते संघका सल्लाहकार नवराज केसी र धनलाल जैसीलाई पदमुक्त गरेपछि संघभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक कलह छताछुल्ल भएको हो । आफूखुसी उक्त निर्णय लिएको भन्दै निवर्तमान महासचिव महेशकुमार बस्नेतले गुरुङलाई वैशाख ८ गते स्पष्टीकरण सोधेका थिए । त्यसपछि गुरुङले महासचिव बस्नेतलाई तीन दिने स्पष्टीकरण सोध्दै निलम्बन गरे । 
त्यसबीचमा विवाद चर्किंदा गुरुङको कार्यशैलीका कारण संघमा रहेर काम गर्न नसकिने भन्दै वैशाख १४ मा कार्यसमितिका सात जना पदाधिकारीमध्ये पाँच जना र १० जना सदस्यमध्ये छ जनाले १० बुँदे कारण उल्लेख गर्दै सामूहिक राजीनामा दिए । उनीहरुको असन्तुष्टिमा अध्यक्ष गुरुङले एकलौटी निर्णय गरेको तथा कार्यसमितिका पदाधिकारीले उठाएका विषयलाई महŒव नदिएकोलगायत कारण थिए । उक्त राजीनामापछि संघको तत्कालीन कार्यसमिति अल्पमतमा प¥यो ।
तत्कालीन कार्यसमिति धरापमा परेपछि घटक संस्थाका अध्यक्ष र पूर्वअध्यक्षहरुको सल्लाहमा गुरुङले आफ्नो निर्णय फिर्ता लिँदै सल्लाहकारलाई पुनर्वहाली गरेको घोषणा गरेका थिए । पुनर्वहाली भएका सल्लाहकारले राजीनामा दिएका पक्षलाई संघमा फर्काउन पटक-पटक वार्ता गर्दा पनि सफल हुन सकेन । गुरुङले राजीनामा दिएकाहरुको राजीनामा अस्वीकृत भएको भन्दै आफ्नो जिम्मेवारीमा फर्कन आग्रह गर्दै पत्राचारसमेत गरे । 
यसबीचमा राजीनामा दिएका कतिपयले संघमा फर्किने सम्भावना भएको आशयसमेत व्यक्त गरेका थिए । तर गुरुङले संघमा फर्किन पठाएको पत्रमा आत्मालोचनाभन्दा पनि निर्देशनको भाषा प्रयोग भएकाले असन्तुष्ट पक्ष बिच्किएको सल्लाहकारले बताएका थिए । गुरुङको कार्यशैली नसुध्रने र संघमा फर्किए आफूहरुलाई गरिने व्यवहार सकारात्मक नहुने भन्दै आफ्नो अडान नछोडेपछि अन्ततः गुरुङ नेतृत्वको कार्यसमिति विघटन भयो । 
संघको विधानको दफा २६ (४) (ख) मा कार्यसमितिका दुईतिहाइ पदाधिकारीले सामूहिक राजीनामा दिएमा कार्यसमिति स्वतः विघटन हुने र सोही दिन सल्लाहकारहरुको रोहवरमा बनेको प्रबन्ध समितिले २१ दिनभित्र विशेष साधारणसभा बोलाइ निर्वाचन सम्पन्न गराउने प्रावधान छ । संघ विघटन भएको भन्ने प्रबन्ध समितिको दाबीलाई जिल्ला प्रशासन कार्यलयले वैधानिकता दिएसँगै चुनावका लागि सबै पक्ष तयार भएका थिए । 
अध्यक्ष गुरुङ स्वयंले कार्यसमितिका पदाधिकारीको असन्तुष्टिलाई गम्भीररुपमा लिएका थिएनन् । समयमै विवाद मिलाउन नसक्दा दुई वर्षको पूरा कार्यकाल काम गर्न नपाइ कार्यसमिति विघटन हुनपुग्यो । यद्यपि, आफू सिण्डिकेटको विरुद्धमा उभिएकाले सिण्डिकेटधारी समूहको चलखेलले आफूलाई हटाएको उनको दाबी छ । गुरुङ २०८१ चैत २९ गतेको निर्वाचनबाट विजयी भएसँगै संघको नेतृत्व सम्हालेका थिए । 


प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  ११:०१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ शुक्रबार, असार २६, २०८३
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै शुक्रबार, असार २६, २०८३
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ बिहीबार, असार २५, २०८३
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग  परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता बिहीबार, असार २५, २०८३
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा बिहीबार, असार २५, २०८३
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली बुधबार, असार २४, २०८३
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच जना पक्राउ बुधबार, असार २४, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP