Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
विश्व
  • Home
  • विश्व
  • मोन्टेनेग्रोमा इयु विस्तार छलफल
मोन्टेनेग्रोमा इयु विस्तार छलफल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ २२, २०८३

टिभाट- रूस र चीनबाट उत्पन्न सुरक्षा तथा आर्थिक चुनौतीबीच युरोपेली सङ्घ (इयु) को विस्तार प्रक्रियालाई तीव्र बनाउने विषयमा केन्द्रित उच्चस्तरीय शिखर सम्मेलन शुक्रबार मोन्टेनेग्रोको तटीय सहर टिभाटमा सुरु भएको छ । पश्चिमी बाल्कनलाई युरोपेली संरचनामा छिटो समावेश गर्ने रणनीतिक आवश्यकताका रूपमा यस बैठकलाई हेरिएको छ ।

शिखर सम्मेलनमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी लगायत युरोपेली नेताहरू तथा पश्चिमी बाल्कनका इयु उम्मेदवार देशका प्रमुखहरू सहभागी थिए । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनको पनि सहभागिता रहेको छ । बैठकको अध्यक्षता युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले गरेका छन् ।

कार्यक्रमको मुख्य एजेन्डामा मोन्टेनेग्रोको इयु सदस्यता प्रक्रिया रहेको छ । एक समय पूर्व युगोस्लाभियाको हिस्सा रहेको मोन्टेनेग्रोले पछिल्ला वर्षहरूमा संस्थागत सुधार र सुरक्षा गठबन्धनतर्फ महत्त्वपूर्ण कदम चालेको छ । सन् २०१७ मा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) मा प्रवेश गरेपछि यो देश २०२८ सम्म इयुको २८औँ सदस्य बन्ने लक्ष्यमा अघि बढिरहेको छ ।

Hardik health

लगभग छ लाख,२३ हजार जनसङ्ख्या भएको मोन्टेनेग्रोले ‘२८ बाइ २८’ भन्ने नारासहित इयु सदस्यता अभियानलाई अघि बढाइरहेको छ । इयुले यसका लागि प्रारम्भिक प्रवेश सन्धिको मस्यौदा तयार गर्न कार्य समूह गठन गरिसकेको छ, जसलाई सदस्यता नजिक पुगेको सङ्केतका रूपमा लिइएको छ । पश्चिमी बाल्कनका अन्य देशहरू-अल्बानिया, बोस्निया-हर्जगोभिना, सर्बिया, कोसोभो र उत्तरी म्यासेडोनिया-पनि इयु उम्मेदवारको विभिन्न चरणमा छन् । सबै देशले ३५ वटा नीतिगत अध्यायमा कानूनी तथा संस्थागत सुधार गर्नुपर्ने व्यवस्था छ, जसमा प्रत्येक चरण खोल्न र बन्द गर्न सबै २७ इयु सदस्यको सहमति आवश्यक पर्छ ।

यसैबीच युक्रेन र मोल्दोभा पनि इयुमा प्रवेश गर्न चाहने देशहरूको सूचीमा छन् भने आइसल्यान्डले सम्भावित सदस्यता आवेदनबारे अगस्टमा जनमतसङ्ग्रह गर्ने तयारी गरेको छ । युरोपमा युक्रेन युद्ध, मध्यपूर्वको तनाव र रुससँगको भू-राजनीतिक प्रतिस्पर्धाबीच सुरक्षा चासो बढिरहेका बेला इयु नेताहरूले विस्तारलाई केवल राजनीतिक नभई रणनीतिक आवश्यकता भएको रूपमा व्याख्या गरेका छन् । कोस्टाले हालैको भ्रमणका क्रममा विस्तारलाई ‘युरोपको भविष्यका लागि अनिवार्य भू-रणनीतिक आवश्यकता’ बताएका थिए ।

विश्लेषकहरूका अनुसार मोन्टेनेग्रोको प्रगति अन्य उम्मेदवार देशभन्दा अगाडि रहेकाले सन् २०२८ सम्म सदस्यता सम्भावना अझ मजबुत देखिएको छ । तर इयुले सदस्यता पछि नियम उल्लङ्घन हुन नदिन नयाँ सुरक्षा तथा निगरानी संयन्त्र पनि ल्याउने तयारी गरेको छ । यसैबीच, हङ्गेरीका पूर्वप्रधानमन्त्री भिक्टर ओर्बनको अप्रत्याशित पराजयपछि इयु नेतृत्वभित्र लोकतान्त्रिक मापदण्ड र कानूनी शासनप्रति कडाइ गर्ने नीति अझ मजबुत हुने अपेक्षा गरिएको छ । विगतमा केही सदस्य देशमा देखिएको लोकतान्त्रिक विचलन र भिटो प्रयोगको अनुभवले नयाँ सदस्यहरूलाई प्रवेशअघि नै कडाइका साथ सुधार गर्न दबाब बढाएको छ ।

इयुले अब आउने देशहरूलाई सदस्यता दिनु अघि सुधार पूरा गराउने मात्र नभई सदस्य बनेपछि पनि उत्तरदायित्व कायम राख्ने नयाँ संरचना निर्माणतर्फ ध्यान केन्द्रित गरिरहेको छ ।


प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  १६:४३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
मोदीको न्युजिल्यान्ड भ्रमण विवादबीच सुरु
मोदीको न्युजिल्यान्ड भ्रमण विवादबीच सुरु शुक्रबार, असार २६, २०८३
युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु
युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु शुक्रबार, असार २६, २०८३
स्पेनमा आगलागी, १२ जनाको मृत्यु
स्पेनमा आगलागी, १२ जनाको मृत्यु शुक्रबार, असार २६, २०८३
ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना
ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना शुक्रबार, असार २६, २०८३
घातक आँधीपछि चीनमा टाइफुनको खतरा
घातक आँधीपछि चीनमा टाइफुनको खतरा शुक्रबार, असार २६, २०८३
अस्ट्रेलियाको समुद्री पक्षीमा एच-५ बर्ड फ्लू पुष्टि
अस्ट्रेलियाको समुद्री पक्षीमा एच-५ बर्ड फ्लू पुष्टि शुक्रबार, असार २६, २०८३
इरानद्वारा अमेरिकी आक्रमणकारी कार्यको निन्दा
इरानद्वारा अमेरिकी आक्रमणकारी कार्यको निन्दा बिहीबार, असार २५, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP