काठमाडौं- स्थानीय बजारमा सुनचाँदीकाे मुल्यमा समान्य गिरावट आएकाे छ । आज सुनकाे मुल्य प्रतितोला २०० रुपैयाँ र चाँदी प्रतिताेला ८५ रुपैयाँले घटेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला तीन लाख ११ हजार ३०० मा खरिद-बिक्री भएको छापावाला सुनको मूल्य आजका लागि भने तीन लाख ११ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, चाँदीको मोल तोलामा ८५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला पाँच हजार ३७० रुपैयाँमा खरिद बिक्री भएको चाँदी आजका लागि भने पाँच हजार २८५रुपैयाँमा तय भएको छ ।