काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भेटवार्तापछि प्रसन्नता व्यक्त गरेका छन् ।
साझा र समृद्ध भविष्यका लागि सहकार्य गर्ने लामिछानेको इच्छालाई आफूले पूर्ण समर्थन र स्वागत गर्ने उनको भनाइ छ ।
भेटवार्तापछि सामाजिक सञ्जाल एक्समा मोदीले यस्तो टिप्पणी गरेका हुन् । छिमेकी पहिलो नीति अन्तरगत नेपाल भारतको प्राथमिकताप्राप्त साझा राष्ट्र भएको उनले बताएका छन् ।