Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • स्थानीय तहद्वारा आइसोलेसन व्यवस्थापनमा आलटाल
स्थानीय तहद्वारा आइसोलेसन व्यवस्थापनमा आलटाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ११, २०७७
Hardik health
[caption id="attachment_10244" align="alignnone" width="1510"] काभ्रेपलाञ्चोक–समुदायस्तरमा कोरोना संक्रमणको उच्च जोखिम बढ्दै गएको अवस्थामा यहाँका अधिकांश स्थानीय तह आइसोलेशन कक्ष व्यवस्थित गर्न आलटाल गरिरहेका छन् । १३ स्थानीय तहमध्ये आठले हालसम्म आइसोलेशन कक्ष निर्माण गरेका छैनन् ।[/caption] आइसोलेशन कक्ष तयार गरेका पाँच स्थानीय तहमध्ये बनेपा नगरपालिकाले ५० बेड र धुलिखेल नगरपालिकाले ३१ बेडको कक्ष तयार गरेका हुन् । कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार हाल तीन नगरपालिका पाँचखालले सात, पनौतीले छ र नमोबुद्धले छ बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेका छन् । मण्डनदेउपुर नगरपालिका तथा खानीखोला, महाभारत, रोशी, बेथानचोक, तेमाल, भुम्लु र चौंरीदेउराली गाउँपालिकाले हालसम्म आइसोलेशन कक्ष व्यवस्थित गरेका छैनन् । बनेपाले प्राविधिक शिक्षालय भवनमा र धुलिखेल नगरपालिकाले सञ्जीवनी उच्च माविको भवनमा हालै मात्र आइसोलेशन कक्ष व्यवस्थित गरेका हुन् । कोरोना संक्रमितलाई उपचारार्थ राख्न आइसोलेशन कक्ष व्यवस्थित गर्नुपर्ने भएको हो । जिल्लाभित्र कोरोना भाइरस् संक्रमणको जोखिम बढ्दै गएपछि करिब दुई महिनाअघि नै पोष्ट र जिल्ला संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठकको निर्णयसँगै स्थानीय तहलाई आइसोलेशन कक्ष बनाउन पटकपटक आग्रह गर्दै आएको जनाइएको छ । ‘सबै स्थानीय तहलाई आइसोलेशन कक्ष व्यवस्थित गर्न आग्रह गर्दै आएका छौँ, केहीले मात्रै बनाएका छन्, अन्यले वास्ता गरेका छैनन्’ पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्रकुमार झाले भने । उनका अनुसार स्थानीय तहले आइसोलेशन नबनाए जिल्लाका अस्पतालले संक्रमित धान्नसक्ने अवस्था छैन । पोष्ट र केन्द्रले सबै स्थानीय तहलाई प्रारम्भिक चरणमा १० बेडको आइसोलेशन कक्ष तयार गर्न पटकपटक आग्रह गर्दै आएको हो । झाले भने, ‘स्थानीयस्तरमा संक्रमित देखिन थालेका छन्, त्यो संख्या बढेपछि बनाउन बाध्य होलान् कि !’ यहाँका स्थानीय तहले हालसम्म जम्मा सय बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेका हुन् ।छ बेडको आइसोलेशन कक्ष तयार गरेका नमोबुद्ध नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले आवश्यकताअनुसार आइसोलेशन बेडको संया बढाउन तयारी अवस्थामा रहेको बताए । उनका अनुसार उक्त नगरका पाँच संक्रमितमध्ये दुई धुलिखेल अस्पतालको आइसोलेशनमा उपचाररत रहेका छन् भने तीन उपचारपछि हाल ‘होम क्वारेन्टिनँमा बसेका छन् । भुम्लु गाउँपालिकाले कोरोना संक्रमित बढ्दै गए पनि आइसोलेशनका लागि आवश्यक स्वास्थ्यकर्मी नहुँदा व्यवस्थित नगरिएको जनाएको छ । ‘चिकित्सकलगायत जनशक्ति भए स्थानीयस्तरमै संक्रमितको उपचार गर्न आइसोलेशन कक्ष तयार गर्न सकिन्छ, तर अहिले सम्भव छैन’, अध्यक्ष गुमानध्वज कुँवरले भने । उनका अनुसार गाउँपालिकाका १० कोरोना संक्रमितमध्ये हाल तीन मात्रै आइसोलशनमा उपचाररत छन् । जिल्लामा हालसम्म १६३ मा कोरोना संक्रमण देखिएको छ । यसमध्ये एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने ६८ उपचारपछि घर फर्किएका छन् । बाँकी ९३ संक्रमित विभिन्न आइसोलेशनमा उपचाररत छन् । विश्वव्यापी महामारीका रूपमा कोरोना भाइरस् संक्रमण फैलँदै गएपछि २०७६ चैत महिनायता यहाँका स्थानीय तहले ८४५ शै्ययाको क्वारेन्टिन बेड व्यवस्थित गरेका छन् । रासस                        
 
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  ०६:१३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP