काठमाडौं- मंगलबारको प्रतिनिधि सभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीकाे अभिव्यक्तिबारे रास्वपाको धारणा माग गरेका छन् । दुलालले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आईतबार नेपालले भारतीय भूमि मिचेको भनेर दिएकाे अभिव्यक्तिबारे रास्वपाको धारणा माग गरेका हुन् ।
प्रतिनिधि सभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री कुनै पार्टीको मात्र नभएर देशको प्रधानमन्त्री भएकाले उहाँले संसदमा सीमासम्बन्धी बोलेको कुरा सिंगो राष्ट्रको चिन्ताको विषय भएका बताए ।
साथै उनले यसको समाधान संसदबाट दिनैपर्नेमा जोड दिए । ‘प्रधानमन्त्री बालेन्द्र शाहले बोलेको कुरामा रास्वपाको धारणा के हो ? सार्वजनिक हुनुपर्छ र प्रधानमन्त्रीले संसदमा प्रस्ट पार्नुपर्छ’, दुलालको भनाइ छ ।