काठमाडौं- विपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक पन्ध्र मिनेटका लागि स्थगित भएको छ । सोमबारको बैठकमा विपक्षी दलका सांसदहरूकाे अवरोधका कारण बैठक १५ मिनेटका लागि स्थगित भएको हाे ।
विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै नहटाएसम्म सदन अघि बढ्न नसक्ने बताएका थिए ।विपक्षी पार्टीका सांसदहरू बोले लगत्तै उनीहरू उठेर विरोध गरेका थिए ।
सभामुखले पटक पटक बस्न आग्रह गरे पनि नमानेपछि उनले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।