काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा आएर माफी माग्नुपर्ने बताएका छन् । साेमबार प्रतिनिधिसभा बैठकमा उनले बताएका हुन् ।
उनले आइतबार प्रतिनिधिसभा बैठकमा भारतको भूमि नेपालले मिचेको छ भन्दै दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने पनि बताए ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै नेता शाहीले, ‘भारतको भूमि नेपालले कहाँ कहाँ मिचेको छ ? त्यो एक–एक तथ्य चाहियो ? होइन भने सदनमा आएर माफी माग्नुपर्यो ।’