काठमाडौं- राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले गरेका सम्बोधनका केही विषयलाई लिएर राष्ट्रियसभा सदस्यहरुले आसनबाट उभिएर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।
सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विरोधको प्रक्रियालाई रोकेर सभा सञ्चालनमा सहयोग गर्न पटकपटक आग्रह गरे पनि सांसदहरुले त्यसको अवज्ञा गरेपछि उनले बैठकले स्थगन गरेका हुन् ।