Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
विश्व
  • Home
  • विश्व
  • इरान-अमेरिका युद्धविराम विस्तार
इरान-अमेरिका युद्धविराम विस्तार
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ १५, २०८३

वासिङ्टन- तीन महिनादेखि जारी युद्धलाई ६० दिनका लागि युद्धविराम विस्तार गर्ने तथा इरानको आणविक कार्यक्रमसम्बन्धी नयाँ चरणको वार्ता सुरु गर्ने विषयमा अमेरिका र इरानका वार्ताकारहरूबीच अस्थायी सम्झौता भएको छ । 

तर इरानले भने अहिलेसम्म उक्त सम्झौताको औपचारिक पुष्टि गरेको छैन । अमेरिकी पक्षबाट उपराष्ट्रपति जेडी भान्सले सम्झौता भएको जानकारी दिएका छन् । यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई अनुमोदन गर्ने वा नगर्ने विषय अझै स्पष्ट नभएको बताइएको छ । उनका अनुसार केही प्राविधिक तथा भाषागत बुँदाहरूमा छलफल जारी छ र अन्तिम सहमति अझै टुङ्गिएको छैन ।

सम्झौतासँगै हर्मुज जलघाँटीसम्बन्धी प्रावधानहरू पनि अगाडि सारिएको जनाइएको छ । प्रस्तावअनुसार इरानले उक्त सामरिक जलमार्गमा टोल लगाउने अधिकार प्रयोग गर्न नपाउने तथा ३० दिनभित्र त्यहाँ राखिएका सबै खानी हटाउनुपर्ने व्यवस्था समेटिएको छ । ती अधिकारीले सार्वजनिक रूपमा बोल्न अधिकार नभएकाले नाम नखुलाउने सर्तमा जानकारी दिएका हुन् । युद्धका क्रममा इरानले यो जलमार्ग प्रभावकारी रूपमा बन्द गरेपछि विश्व व्यापारमा प्रयोग हुने तेल र ग्यासको करिब पाँचौँ भाग प्रभावित भएको बताइएको छ ।

यसैबीच, अमेरिकाले इरानी बन्दरगाहहरूमा गरिएको नौसैनिक दबाब क्रमशः हटाउने र प्रतिबन्धहरू खुकुलो पार्दै इरानलाई थप तेल बिक्री गर्न अनुमति दिने तयारी गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सम्झौता अन्तिम भएपछि तेलको मूल्य छिट्टै घट्न सक्ने अनुमान व्यक्त गर्नुभएको छ । यद्यपि, अमेरिकाले इरानी तेल बिक्रीसँग सम्बन्धित थप प्रतिबन्धहरू पनि लगाएको छ, जसले आर्थिक दबाब अभियान अझ विस्तार गरेको देखिएको छ ।

Hardik health

इरानले केही व्यावसायिक जहाजहरूलाई आवतजावत गर्न दिएको दाबी गरे पनि यस महिनामा औसत दैनिक जहाज आवागमन युद्धपूर्वको तुलनामा निकै घटेको छ । यसबीच इस्लामिक गणतन्त्रले केही जहाजबाट टोल पनि असुल गरेको आरोप छ र यसै सन्दर्भमा नयाँ औपचारिक नियन्त्रण निकाय स्थापना गरिएको उल्लेख गरिएको छ ।

सम्झौताको मुख्य संवेदनशील विषय इरानको अत्यधिक संवर्धित युरेनियम भण्डारण रहेको बताइएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार इरानसँग ४४०.९ किलोग्राम युरेनियम छ, जुन ६० प्रतिशतसम्म संवर्धित छ र यो हतियार–स्तर ९० प्रतिशतभन्दा केही तल मात्र रहेको प्राविधिक सीमा हो । वार्ताकारहरूले उक्त भण्डारणको भविष्यबारे प्रारम्भिक सहमति खोज्ने प्रयास गरिरहेको जनाइएको छ, जसको विस्तृत रूप आगामी वार्तामा तय हुने अपेक्षा गरिएको छ ।

उपराष्ट्रपति भान्सले आणविक सामग्री, संवर्धित भण्डार र संवर्धन प्रक्रियासम्बन्धी विषय अझै छलफलमै रहेको बताउँदै लामो समयसम्म असर पार्ने किसिमको समाधान खोज्ने प्रयास भइरहेको उल्लेख गरे । तर इरानले भने आफ्ना युरेनियम भण्डार पूर्ण रूपमा त्याग्ने प्रतिबद्धता अझै सार्वजनिक रूपमा जनाएको छैन । केही विश्लेषकहरूले उक्त भण्डारलाई चीन वा रूसजस्ता तेस्रो पक्षलाई जिम्मा दिने विकल्पबारे छलफल हुन सक्ने सङ्केत गरेका छन् । यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्पले यस्तो योजनामा सहज नहुने स्पष्ट पारेका छन् ।

यता इरानले वार्तामा लेबनानमा इजरायली सैन्य कारबाही रोक्ने विषय पनि समावेश हुनुपर्ने अडान दोहोर्‍याएको छ । यसैबीच लेबनानको राजधानी बेरुत आसपास र दक्षिणी क्षेत्रमा भएको आक्रमणपछि तनाव अझ बढेको छ, जसमा कम्तीमा १४ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।

क्षेत्रीय सुरक्षाको अवस्था थप जटिल बन्दै जाँदा कुवेतले आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत इरानबाट प्रक्षेपित मिसाइल र ड्रोनहरू रोकिएको जनाएको छ । कुवेतको विदेश मन्त्रालयले यसलाई स्पष्ट आक्रमण भन्दै निन्दा गरेको छ भने अमेरिकी सेन्ट्रल कमान्डले यसलाई गम्भीर युद्धविराम उल्लङ्घनको रूपमा व्याख्या गरेको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार हालैका दिनहरूमा इरानमाथि थप कारबाही गरिएको छ । यसमा ड्रोनहरू खसाल्ने र केही सैन्य संरचनामा आक्रमण गर्ने कार्य पनि समावेश छ । इरानले भने आफ्ना रिभोलुसनरी गार्डमार्फत प्रतिकारात्मक आक्रमण गरेको जनाएको छ । यद्यपि त्यसको विस्तृत लक्ष्यबारे स्पष्ट जानकारी दिएको छैन ।

अस्थायी सम्झौताको विवरण पहिले समाचार संस्था एक्सियोसले सार्वजनिक गरेको थियो । यद्यपि दुवै पक्षले आंशिक सहमति र आंशिक असहमतिको अवस्थामा वार्ता जारी राखिरहेका छन् । अमेरिकी उपराष्ट्रपति भान्सका अनुसार युद्धविराम पूर्ण रूपमा स्थिर नभए पनि हालसम्म ‘धेरै हदसम्म टिकिरहेको’ छ र वार्ता निरन्तर अगाडि बढिरहेको छ ।

पछि बिहीबार इरानको प्रतिरक्षा प्रणालीले दक्षिणी सहर जाम नजिकै एक ‘शत्रुतापूर्ण विमान’ नष्ट गरेको दाबी गरिएको छ । स्थानीय अधिकारीहरूका अनुसार घटनाबारे थप विवरण तत्काल उपलब्ध नभए पनि क्षेत्रीय तनाव अझै उच्च अवस्थामा रहेको छ ।


प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १३:०७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
परेवाको दिशाबोधमा कलेजोको भूमिका
परेवाको दिशाबोधमा कलेजोको भूमिका शुक्रबार, जेठ १५, २०८३
रुसी ड्रोन रोमानियामा खस्यो
रुसी ड्रोन रोमानियामा खस्यो शुक्रबार, जेठ १५, २०८३
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी शुक्रबार, जेठ १५, २०८३
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट शुक्रबार, जेठ १५, २०८३
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी बिहीबार, जेठ १४, २०८३
कुवेतमा मिसाइल-ड्रोन हमला
कुवेतमा मिसाइल-ड्रोन हमला बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP