Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रमिकको बिनासर्त उद्धार गरियोस्ः एनआएनए
श्रमिकको बिनासर्त उद्धार गरियोस्ः एनआएनए
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १०, २०७७
Nrna
Hardik health
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम परिचालन गरेर बिनासर्त उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । मंगलबार उपप्रधान तथा रक्षा मन्त्री एवं कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई ज्ञापन पत्र बुझाउँदै कोषको रकमबाट बिनासर्त श्रमिकको उद्धार गर्न एनआरएनले आग्रह गरेको हो । एनआरएनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उच्च स्वास्थ्य सावधानीका मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान नियमित बनाउन तथा बेखर्ची भएर अलपत्र परेकाहरुलाई बिनासर्त वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत उद्धार गर्नसमेत संघ सरकारसँग आग्रह गर्दछ ।’ सरकारले विदेशबाट उल्लेख्य संख्याको उद्धार गरे पनि अझैँ हजारौँ नेपाली उतै रोकिएकाले बढेकोप्रति एनआरएनले चिन्ता व्यक्त गरेको छ । अन्तर्राष्ट्रिय उडान पुनः स्थगित गर्ने वा सिमित उद्धार गर्नेजस्ता अस्पष्ट निर्णयले विदेशमा अलपत्र नेपालीको समस्या सम्बोधनमा अझै अनिश्चतता थपेको र महँगो हवाइ भाडा तिर्नुपर्ने बाध्यताले श्रमिक थप पीडामा परेको पनि एनआरएनएले जनाएको छ । हवाइ भाडा महँगोलगायत विभिन्न कारणले मलेसिया र खाडीलगायत मुलुकमा अलपत्र परेकाहरुको उद्धार यथाशीघ्र गरिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, नेपालमा फर्किइसकेका श्रमिकको व्यवस्थापन, रोजगारीको सुनिश्चितता नभएकाले आगामी दिनमा अर्थतन्त्र तथा सामाजिक सन्तुलनमा नराम्ररी असर पु¥याउने एनआरएनले जनाएको छ । यसका लागि सबै दलहरु एकजुट भई गम्भीर भएर अगाडि बढ्नुपर्ने एनआरएनले सरकारसमक्ष आग्रह गरेको छ । देशको कुल गाह्र्रस्थ्य उत्पादनको एक तिहाइ योगदान गरेर अर्थतन्त्रको ग्राफ बढाउने श्रमिकको उद्धारमा सरकारले ढिलाई गर्न नहुने एनआरएनले जनाएको छ । साथै, विदेशमा उनीहरुले आर्जन गरेको ज्ञान र सीपलाई मुलुकको समृद्धिमा प्रयोग गर्न लालायित भएको र यसको सुरुवात गर्न विज्ञ सम्मेलन गरिसकिएको एनआएनएले जनाएको छ । यसका लागि थप सहकार्यका लागि सरकारसँग एनआरएनले आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ । कोभिड–१९ को महामारीका कारण विश्वभर प्रभावित बनेका नेपालीहरुको अवस्था अद्यावधिक गर्नेदेखि एक उच्चस्तरीय समिति गठन गरी हटलाइन सेवा, राहत वितरण, उद्धार उडानमा सहजीकरण, स्वास्थ्य सामग्री एवं खाद्यान्न वितरणलगायत सहायताका कार्यलाई जारी राखेको एनआरएनएले जनाएको छ । एनआरएनएका अनुसार विश्वभर ५० देशमा २१ हजारभन्दा बढी स्वयंसेवक परिचालन गरेर करिब ८० हजारभन्दा बढी नेपालीलाई राहत, स्वास्थ्य सामग्री तथा आर्थिक सहायता पु¥याइएको छ । गैरआवासीय नेपाली नागरिकतासँग जोडिएको नागरिकता विधेयकमा पनि एनआरएनको आफ्नो व्यग्र चासो रहेको र सो विधेयक संघीय संसदको अघिल्लो अधिवेशनबाट पारित हुने अपेक्षाका साथ प्रतिक्षामा रहेको विज्ञप्तिमा उल्लेख छ । पुनः उद्धार सुरु कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरु फिर्ती तथा उद्धारका लागि सरकारले मंगलबार नयँ“ उडान तालिका सार्वजनिक गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ९ भदौदेखि दैनिक ५ सय श्रमिकलाई फर्काउने गरी नयाँ उडान तालिका सार्वजनिक गरेको छ । मन्त्रालयले जारी गरेको नयाँ तालिकाअनुसार ९ भदौमा साउदी अरेबियाबाट एयर अरेबियाले श्रमिकको उद्धार गर्ने भनिएको छ । त्यस्तै, १० गते आबुधाबीबाट फ्लाई दुबईले, ११ गते रियादबाट नेपाल एयरलाइन्सले, दम्मामबाट हिमालयन एयरलाइन्सले र इस्तानबुलबाट टर्किस एयरले उद्धार उडान गर्ने कार्यतालिका रहेको छ । १२ गते नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट, हिमालयनले पनि क्वालालम्पुरबाटै र कतार एयरवेजले दोहाबाट, १३ भदौमा सिल्क एयरले अस्ट्रेलिया र कोरियन एयरले कोरियाबाट, १४ गते नेपाल, हिमालयन र मालिन्दो एयरलाइन्सले क्वालालम्पुरबाट एकसाथ उडान गर्ने जनाइएको छ । त्यस्तै, १५ गते नेपाल एयरलाइन्सले दुबई र हिमालयनले आबुधाबीबाट, भदौ १६ गते नेपाल एयरलाइन्सले कतार र दुबईबाट तथा हिमालयनले कतारबाट उद्धार उडान गर्ने तालिका सार्वजनिक गरिएको छ । उद्धार उडानका लागि यसअघि नै यात्रुहरूले पिसिआर रिपोर्ट ल्याउनुपर्ने, पिसिआर टेस्ट गरेका र नगरेकालाई एकै ठाउँमा राख्न नपाउने, विदेशबाट आउने यात्रुले सात दिन होटल क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने सूचना सार्वजनिक गरिएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  ०७:३६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP