काठमाडौं - सामसङले ‘अपग्रेड टु ग्यालेक्सी’ अभियान सार्वजनिक गरेकाे छ । नेपालले ग्राहकहरुले घोषणा गरेको अभियानमार्फत पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सिरिजमा अपग्रेड गर्न सक्नेछन् ।
यस अफरमार्फत ग्राहकहरूले आकर्षक छुट, थप एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस अभियानअन्तर्गत ग्राहकले जीरो प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको इएमआई पाउनेछन् । ग्राहकहरूले आफ्नो पुरानो सेलेक्टेड डिभाइस ल्याएर त्यसको मूल्यसँगै अधिकतम ८ हजार रुपैयाँसम्मको अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् ।
