काठमाडौं- राउन्ड टेबल नेपाल (Round Table Nepal)ले आफ्नो इएसी(‘Educate A Child -EAC)’ परियोजनाअन्तर्गत देशभरका १ हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
परियोजनाको १०औं वार्षिकोत्सवका अवसरमा lzIffsf] dfWodaf6 ljkGg afnaflnsfx¿nfO{ ;xof]u ug]{ p2]Zon] काठमाडौंसहित धरान, बुटवल, विराटनगर, वीरगञ्ज, धनगढी, जनकपुर र नेपालगञ्जलगायत ११ शहरमा कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।
शिक्षामार्फत विपन्न बालबालिकालाई सहयोग गर्ने उद्देश्यसहित सञ्चालन गरिएको कार्यक्रममा स्टेशनरी सामग्री वितरण, स्वास्थ्य शिविर, म्याजिक शो तथा अन्य शैक्षिक गतिविधिहरू पनि सम्पन्न गरिएको थियो ।
कार्यक्रममा समाजसेवी तथा उद्योगी राजेन्द्र खेतान र डा. बुद्धि मल्लको विशेष उपस्थिति रहेको थियो । संस्थाका अनुसार EAC परियोजनाले विगत एक दशकदेखि बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच पुर्याउन महत्वपूर्ण योगदान दिँदै आएको छ ।