Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १२, २०८३

मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वर्षको बजेट मुख्यरूपमा उत्पादन, रोजगारी र पर्यटनमा केन्द्रित हुने बताएका छन् । प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमासम्बन्धी छलफल तथा अन्तरक्रियामा उनले बजेटले स्थानीय उत्पादनको प्रवर्द्धन, गरिबी निवारण र पर्यटन विकासलाई विशेष जोड दिने बताए ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका १३७ वटा पालिकासँगको साझेदारीमा ‘एक पालिका, एक कृषि उत्पादन’ विकास गरी रोजगारी सिर्जना गर्ने तथा रैथाने उद्योगलाई प्रोत्साहन गर्ने नीति अघि सारिने बताए । उनले प्रदेश सरकारले कृषि र दुग्ध उत्पादनको क्षेत्रमा दिँदै आएको अनुदानले प्रदेशको गरिबी घटाउन मद्दत पुगेको विचार राखे।

प्रदेशभित्र रहेका २०० वटा घरेलु उद्योगलाई प्रोत्साहन गर्नका लागि चार हजार कर्मचारीलाई लुगा भत्तामा थप  पाँच हजार पाँच रुपैयाँ दिएर उनीहरूलाई हप्तामा एकदिने घरेलु उद्योगका पोशाक लगाउने प्रावधान यही जेठ महिनादेखि कार्यान्वयन हुने जानकारी दिए ।

Hardik health

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ‘भिजिट कोशी’ घोषणा गरी विदेशमा रहेका नेपालीलाई निम्ता गरी यस क्षेत्रको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने बताए । उनले प्रदेशका २९ पालिका जोडेर चार पदमार्ग निर्माण सम्पन्न भएपछि यस क्षेत्रको स्थानीय उत्पादन वृद्धि हुनाका साथै गरिबी निवारण र रोजगारीमा सहयोग पुग्ने धारणा राखे। 

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले प्रदेश सरकारको उदय परियोजनाले ग्रामीण क्षेत्रमा साना तथा मझौला उद्योगबाट उत्पादन वृद्धि हुनाका साथै ब्याज अनुदानबाट कृषि उत्पादनको वृद्धिका साथै आधुनिकीकरणमा सहयोग पुग्ने विश्वास जनाए । 

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनवारले प्रदेश सदस्यहरूलाई एउटा जिल्ला, एउटा साझा योजना ल्याउन अनुरोध गर्दै खानेपानी तथा पहाड तथा हिमाली क्षेत्रबाट बसाइँसराइ न्यूनीकरण गर्ने योजना ल्याउनुपर्नेमा जोड दिए। प्रदेशका मुख्य सचिव राजेन्द्रकुमार पौडेलले आयआर्जन रोजगारी, स्वास्थ्य र शिक्षाम सबैको पहुँचको हिसावले बजेट आउने विश्वास जनाए ।

मन्त्रालयका सहसचिव सुशील बाँस्तोलाले प्रदेशको आर्थिक सामाजिक अवस्था कार्यपत्र प्रस्तुत गरेका थिए । अन्तरक्रियामा प्रदेश सदस्यहरूले पर्यटन, कृषिको आधुनिकीकरण, पहाडी तथा हिमाली क्षेत्रका बासिन्दाको बसाइँसराइ न्यूनीकरण गर्न विशेष कार्यक्रम ल्याउन सझाव दिएका छन् ।
 


प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  १७:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता मंगलबार, जेठ १२, २०८३
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर मंगलबार, जेठ १२, २०८३
कुटपिटबाट महिलाको निधन
कुटपिटबाट महिलाको निधन मंगलबार, जेठ १२, २०८३
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत मंगलबार, जेठ १२, २०८३
महालेखापरीक्षकको प्रतिवेदनः  अलपत्र  झोलुंगे  पुल ४९ वटा
महालेखापरीक्षकको प्रतिवेदनः अलपत्र झोलुंगे पुल ४९ वटा मंगलबार, जेठ १२, २०८३
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP