Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
  • #सपनाको_चंगा
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रतिनिधिसभाः विकास निर्माणका लागि समानुपातिक बजेटको माग
प्रतिनिधिसभाः विकास निर्माणका लागि समानुपातिक बजेटको माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १२, २०८३

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिने विभिन्न दलका सांसदहरूले विकास निर्माणका लागि समानुपातिक बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका स्मृति सेन्चुरीले दोलखामा पर्यटकीय गतिविधि कम भएको, ऐतिहासिक जिरी पदमार्ग इतिहासमा सीमित भएको र अत्यावश्यक सेवा लिन दुर्गम क्षेत्रका बासिन्दालाई कठिनाइ भएको बताइन् । सोही पार्टीका प्रकाश पाठकले सन्तान प्राप्त हुन नसकेका दम्पतीका लागि सहज उपचार पद्धति विकास गरिनुपर्ने बताए ।

रास्वपाकै मधुकुमार चौलागार्ईंले काभ्रे क्षेत्र नं १ का सडक बाटोहरू कालोपत्र हुन नसकेको विषयमा ध्यानाकर्षण गराए । रास्वपाका बुद्धिप्रसाद पन्तले वीरगञ्ज सहर राज्यलाई कर दिन अगाडि रहे पनि विकास निर्माणका पछि परेकाले त्यहाँको रङ्गशाला र नारायणी प्रादेशिक अस्पतालको पूर्वाधार विकासमा ध्यान दिन माग गरे ।

सोही पार्टीका नरेन्द्र साह कलवारले भूमिहीन सुकुमवासीले अझैसम्म लालपुर्जा पाउन नसकेको गुनासो गरे। सोही पार्टीका प्रमोदकुमार महतोले आधिकारिक निर्णयविना वन कार्यालयका प्रतिनिधि बस्तीमा पुगेर घर भत्काइने चेतावनी दिइएकामा चिन्ता व्यक्त गरे । सोही पार्टीका सुजाता तामाङले तापक्रम बढेर हिमाल निरन्तर पग्लँदा विपद्को जोखिम बढेकोतर्फ ध्यानाकर्षण गराए ।

Hardik health

रास्वपाकै जनकसिंह धामीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडित नागरिकहरू आफ्नै देशमा शरणार्थी हुन परेको गुनासो गरे । सोही पार्टीका बोधनारायण श्रेष्ठले धादिङमा निर्वाचन क्षेत्र १ र २ का केही पालिकालाई समावेश गरेर बृहत् पर्यटकीय क्षेत्र बनाउन खोजेकाले बजेट विनियोजन गर्न माग गरे ।

सोही पार्टीका ज्ञानेन्द्रसिंह महताले विशिष्ट व्यक्तिको सुरक्षाका नाममा धेरै सुरक्षाकर्मी खटाउन नहुने सुझाव दिए । रास्वपाकै प्रशान्त उप्रेतीले मकवानपुरको मध्यवर्ती क्षेत्रका किसानको मानवीय र बाली संरक्षण चुनौतीपूर्ण भएको बताए ।

रास्वपाको बदनकुमार भण्डारीले संविधानमा माध्यमिक तहसम्म निःशुःल्क शिक्षा भनिए पनि निजी क्षेत्रमा जथाभावी शुल्क लिएकामा राज्यले टुलुटुलु हेरेर बस्न नमिल्ने टिप्पणी गरे । सोही पार्टी विधुशी राणाले मुलुकमा आत्मनिर्भर अर्थतन्त्र बनाउन माग गरिन् । रास्वपाका विश्वराज पोखरेलले ‘भिजिट नेपाल २०८५’ लाई सफल बनाउन ओखलढुङ्गाको पोकली झरनालगायत महत्वपूर्ण क्षेत्रमा पर्यटकीय विकास गर्न आग्रह गरे ।

नेपाली कांग्रेसका सीता थपलियाले निर्माण सामग्रीको मूल्य निरन्तर वृद्धि हुँदा आयोजनाहरू प्रभावित हुनाका साथै निर्माण उद्योग प्रभावित भएकामा ध्यानाकर्षण गराइन् । सोही पार्टीका गीताकुमारी सेन्दाङले अहिले पनि महिलाहरु दाइजो र हिंसाको सिकार भइरहेको बताइन् ।

नेकपा (एमाले) का मोहम्मद इस्तियाक राईले भारतीय सीमा पारिबाट सर्वसाधारणले दैनिक जीवनका लागि ल्याउने सामान र कोसेलीसमेत भन्सार नाकामा सुरक्षाकर्मीले रोक्ने कार्य मानवीय हुन नसक्ने टिप्पणी गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवराज दुलालले स्थानीय तहमा हस्तान्तरण गरिएको वित्तीय समानीकरणको रकम कटौती नगर्न सङ्घीय सरकारसँग आगह गरे । 

श्रम संस्कृति पार्टीका आरेन राईले प्रतिनिसभा नियमावलीको भावना र  मर्मबमोजिम प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग गरे । सोही पार्टीका ध्रुवराज राईले बाँदर आतङ्कका कारण किसान समस्यामा परेकाले बाँदरलाई के गर्ने भनेर छलफल हुनुपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका खुश्बु ओलीले सरकारले बनाएको संविधान संशोधन कार्यदलले आफ्नो पार्टीले उठाउँदै आएको सनातन हिन्दू राष्ट्रलगायतका मुद्दाबारे ध्यान दिइयोस् भने । 

स्वतन्त्र सांसद महावीर पुनले दुरदराजमा सूचना प्रविधिको पहुँच विस्तारका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।


 


प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  १४:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत मंगलबार, जेठ १२, २०८३
महालेखापरीक्षकको प्रतिवेदनः उनन्चास वटा झोलुंगे  पुल अलपत्र
महालेखापरीक्षकको प्रतिवेदनः उनन्चास वटा झोलुंगे पुल अलपत्र मंगलबार, जेठ १२, २०८३
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्री सदनमा आउने तयारी गरिरहनुभएको छ, बैठकलाई कार्यसूचीमा अगाडि बढाऔँः सभामुख अर्याल
प्रधानमन्त्री सदनमा आउने तयारी गरिरहनुभएको छ, बैठकलाई कार्यसूचीमा अगाडि बढाऔँः सभामुख अर्याल मंगलबार, जेठ १२, २०८३
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP