Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • महिला उद्यमीहरूलाई इनड्राइभकाे 'अरोरा भेन्चर्स’ नामक लगानी कार्यक्रम सार्वजनिक
महिला उद्यमीहरूलाई इनड्राइभकाे 'अरोरा भेन्चर्स’ नामक लगानी कार्यक्रम सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ ११, २०८३

काठमाडौं- विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालसहित उदीयमान बजारका महिला उद्यमीहरूलाई अन्तर्राष्ट्रिय नेटवर्क र लगानी अवसरसँग जोड्ने उद्देश्यले 'अरोरा भेन्चर्स’ (Aurora Ventures) नामक नयाँ लगानी कार्यक्रम सार्वजनिक गरेको छ । महिला संस्थापकहरूले लगानी प्राप्त गर्ने क्रममा भोगिरहेका चुनौती न्यूनीकरण गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको कम्पनीले जनाएको छ । 

यो घोषणा चिलीको स्यान्टियागोमा सम्पन्न “अरोरा टेक अवार्ड २०२६” Aurora Tech Award 2026Ú को समापनसँगै गरिएको हो । यस वर्षको अवार्डमा उदीयमान बजारबाट ३ हजार ४ सय आवेदन परेको थियो, जसमध्ये उत्कृष्ट १० महिला संस्थापक छनोट भएका छन्। सन् २०२१ मा भने उक्त अवार्डमा केवल ११६ आवेदन परेको थियो ।

सन् २०२६ को अरोरा टेक अवार्ड अन्तर्गत उत्कृष्ट १० महिला संस्थापकहरूमा नाइजेरियाकी अडेओला आयोओला–फामासी, पनामाकी एड्रियाना गोन्जालेज–टिजो, कोलम्बियाकी एन्जेला अकोस्टा–मोराडो, क्याटालिना इसाजा–इनमेटेक, एस्टेफानिया अबेलो–मुटा, चिलीकी मारिया कावास–डोमेस्टिकको, ब्राजिलकी मारियाना जुलियानी–ओन्कोएआई, कोलम्बियाकी मर्सिडिज बिडार्ट–क्विपु, मेक्सिकोकी प्याट्रिसिया फ्लोरेन्सिया–पिलौ तथा केन्याकी पेनी मुसेंगी–पेसिरा टेक्नोलोजिज रहेका छन्। 

कम्पनीका अनुसार अरोरा भेन्चर्स प्रारम्भिक चरणका महिला नेतृत्व भएका स्टार्टअपहरूलाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको लगानी कार्यक्रम हो । “अरोरा टेक अवार्ड” मार्फत पछिल्लो पाँच वर्षमा संकलन गरिएको तथ्यांक तथा अनुसन्धानका आधारमा कार्यक्रम तयार गरिएको जनाएको छ । सन् २०२१ यता आवेदन संख्या करिब ३० गुणाले बढेपछि अरोराले मध्यपूर्व तथा उत्तर अफ्रिका (MENA), अफ्रिका, ल्याटिन अमेरिका तथा उदीयमान एशियाली बजारहरूमा महिला नेतृत्व भएका धेरै व्यवसायहरूले अझै पनि पारम्परिक भेन्चर क्यापिटलबाट पर्याप्त अवसर नपाइरहेको निष्कर्ष निकालेको जनाएको छ ।

Hardik health

अरोराले गरेको पछिल्लो अध्ययनमा १२७ देशका ९ सयभन्दा बढी महिला संस्थापक सहभागी थिए । अध्ययनले महिला उद्यमीहरूले लगानी जुटाउने क्रममा अझ धेरै प्रमाण र उपलब्धि प्रस्तुत गर्नुपर्ने अवस्था रहेको तथा उनीहरूको क्षमतामाथि शंका गर्ने प्रवृत्ति अझै कायम रहेको देखाएको छ । एशिया–प्रशान्त क्षेत्र पनि यस्तो असमान मूल्याङ्कनबाट प्रभावित क्षेत्रमध्ये एक रहेको अध्ययनले उल्लेख गरेको छ ।

अरोरा भेन्चर्सले प्रि–सिड तथा सिड चरणका व्यवसायहरूमा १ लाख ८० हजारदेखि २ लाख ५० हजार अमेरिकी डलरसम्म लगानी गर्ने लक्ष्य राखेको जनाएको छ । कम्पनीका अनुसार अरोरा टेक अवार्डको नेटवर्कमार्फत उच्च सम्भावना भएका स्टार्टअपहरूलाई प्रारम्भिक चरणमै पहिचान गरी लगानी गरिनेछ । अरोरा भेन्चर्सकी हेड इजाबेला घास्सेमी–स्मिथले महिला संस्थापकहरूलाई भेन्चर क्यापिटल क्षेत्रमा अझै पर्याप्त अवसर उपलब्ध नभएकाले यस्तो पहल आवश्यक भएको बताइन्।

उनले भनिन्, “पछिल्ला पाँच वर्षमा हामीले एउटै अवस्था दोहोरिएको देख्यौं । धेरै महिला उद्यमीहरूले बलियो व्यवसाय निर्माण गरिरहेका छन्, तर उनीहरूले आफ्नो कामअनुसारको लगानी समयमै पाउन सकेका छैनन् ।उनले अरोरा टेक अवार्ड अन्तर्गत छनोट भएका उत्कृष्ट १० महिला संस्थापकहरूको सफलता कथाले कार्यक्रमले सहयोग गर्न खोजेका स्टार्टअपहरूको स्तर स्पष्ट रूपमा देखाएको पनि बताइन्।”

इनड्राइभका चीफ ग्रोथ बिजनेसेस अफिसर एन्ड्रिज स्मिटले कम्पनीले सुरुवाती चरणमा भोगेको संघर्ष अहिले महिला उद्यमीहरूले पनि सामना गरिरहेको बताए । उनले भने, “इनड्राइभले सीमित स्रोतसाधनका बीच ठूला प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्दै आफ्नो यात्रा सुरु गरेको थियो । अहिले उदीयमान बजारका महिला संस्थापकहरूले पनि यस्तै चुनौती सामना गरिरहेका छन्। अरोरा भेन्चर्सलाई सहयोग गर्नु परोपकार मात्र होइन, यो हामीले आफ्नै यात्राबाट सिकेको विश्वासको निरन्तरता हो ।” 

अरोरा भेन्चर्सको अनुसन्धान अनुसार महिला संस्थापकहरूले भोगिरहेका चुनौती व्यवसायको गुणस्तर वा नवप्रवर्तनको कमीका कारण नभई लगानी प्रणालीभित्रको संरचनागत असमानतासँग जोडिएको छ । अध्ययनले महिला उद्यमीहरूका लागि लगानी, मेन्टोरसिप तथा लगानीकर्ता नेटवर्कमा अझ समान पहुँच आवश्यक रहेको देखाएको छ ।

कम्पनीका अनुसार सन्२०२६ को पाइलट कार्यक्रममार्फत प्रारम्भिक लगानी पोर्टफोलियो निर्माण गरिनेछ । साथै, भविष्यमा औपचारिक जीपी/एलपी(GP/LP )फण्ड संरचना विकास गर्ने तयारी पनि अघि बढाइने जनाएको छ । अरोरा भेन्चर्सले पूँजी, नेटवर्क पहुँच तथा व्यवसाय सञ्चालनसम्बन्धी सहयोगमार्फत महिला उद्यमीहरूलाई आगामी लगानी चरणसम्म पुग्न सहयोग गर्ने लक्ष्य राखेको छ ।

नेपालजस्ता उदीयमान डिजिटल बजारका लागि पनि अरोरा भेन्चर्स जस्ता कार्यक्रमले महिला उद्यमशीलता तथा स्टार्टअप संस्कृतिलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । विशेषगरी प्रविधि क्षेत्रमा कार्यरत नेपाली महिला उद्यमीहरूले अन्तर्राष्ट्रिय लगानीकर्ता तथा नेटवर्कसँग जोडिने अवसर पाउने विश्वास गरिएको छ । 

 


प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  १५:१७
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
धितोपत्र बजारसम्बन्धी एकदिने तालिम सम्पन्न 
धितोपत्र बजारसम्बन्धी एकदिने तालिम सम्पन्न  सोमबार, जेठ ११, २०८३
सिन्धु  बैंकको सीईओ पदमा गणेश कुमार केसी नियुक्त
सिन्धु बैंकको सीईओ पदमा गणेश कुमार केसी नियुक्त सोमबार, जेठ ११, २०८३
हिमालयन लिटरेचरमा  विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने
हिमालयन लिटरेचरमा  विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने सोमबार, जेठ ११, २०८३
महालक्ष्मी विकास बैंकको ३२ औँ वार्षिकोत्सव सम्पन्न 
महालक्ष्मी विकास बैंकको ३२ औँ वार्षिकोत्सव सम्पन्न  शुक्रबार, जेठ ८, २०८३
 मुक्तिनाथ विकास बैंकको “मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति” अन्तर्गत ४२ विद्यार्थी लाभान्वित
 मुक्तिनाथ विकास बैंकको “मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति” अन्तर्गत ४२ विद्यार्थी लाभान्वित शुक्रबार, जेठ ८, २०८३
नेपल टेलिकमकाे प्रवक्तामा   लामिछाने
नेपल टेलिकमकाे प्रवक्तामा लामिछाने बिहीबार, जेठ ७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP