काठमाडौं -सिन्धु विकास बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेकाे छ ।
सिन्धु विकास बैंकको सञ्चालक समितिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) गणेश कुमार केसीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको हाे ।
बैंकले उनलाई २०८३ असार ११ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको जनाएको छ।
केसीसँग बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव रहेको छ भने कार्यकारी तहमा मात्रै सात वर्षभन्दा बढी काम गरेको अनुभव रहेको बैंकले उल्लेख गरेको छ। उनी चार्टर्ड एकाउन्टेन्ट समेत हुन्।