Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
विश्व
  • Home
  • विश्व
  • फिलिपिन्समा भवन दुर्घटना
फिलिपिन्समा भवन दुर्घटना
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १०, २०८३

एपी- फिलिपिन्सको राजधानी मनिलाको उत्तरमा रहेको एन्जलस सहरमा निर्माणाधीन नौ तले भवन आइतबार बिहान ढल्दा दर्जनौँ कामदार फसेको आशंका गरिएको छ । दुर्घटनापछि उद्धार अभियान तीव्र पारिएको छ भने कम्तीमा २२ जना कामदार जीवितै बाहिर निस्कन सफल भएका छन् ।

प्रहरीका अनुसार पम्पङ्गा प्रान्तस्थित एन्जलस सहरमा आँधीबेहरीका बीच बिहान सबेरै निर्माणाधीन भवन एक्कासि ढलेको थियो । घटनापछि १०० भन्दा बढी प्रहरी, उद्धारकर्मी र सरकारी कर्मचारीहरू भग्नावशेषमा फसेका मानिसहरूको खोजी तथा उद्धारमा खटिएका छन् ।

दुर्घटनास्थलमै रहेका प्रहरी ब्रिगेडियर जनरल जेस मेन्डेजले तत्काल मृत्युको पुष्टि नभएको जानकारी दिए । उनका अनुसार भवनबाट बाहिर निस्कन सफल भएका २२ जना कामदारमध्ये केही घाइते भएका छन् । मेन्डेजले भग्नावशेषभित्र कति जना अझै फसेका छन् भन्ने यकिन तथ्याङ्क तत्काल उपलब्ध नभएको बताए । तर एन्जलस सिटी सूचना कार्यालय प्रमुख जे पेलायोले एक निर्माण फोरम्यानलाई उद्धृत गर्दै कम्तीमा ३० जना कामदार अझै भग्नावशेषमुनि फसेको हुन सक्ने आशंका व्यक्त गरे ।

Hardik health

उद्धार टोलीहरूले भारी उपकरणसहित भग्नावशेष हटाउने, सम्भावित जीवित व्यक्तिको खोजी गर्ने तथा जोखिमयुक्त संरचनाको मूल्याङ्कन गर्ने काम जारी राखेका छन् । अधिकारीहरूले भवन किन ढल्यो भन्ने विषयमा पनि प्रारम्भिक अनुसन्धान सुरु गरेका छन् ।

एन्जलस सहर फिलिपिन्सको प्रमुख आर्थिक र व्यावसायिक केन्द्रमध्ये एक मानिन्छ । यो क्षेत्र सन् १९९० को दशकको सुरुसम्म अमेरिकी मुख्य भूमिबाहिरका सबैभन्दा ठूला अमेरिकी वायुसेना अड्डामध्ये एकको केन्द्रका रूपमा परिचित थियो । अमेरिकी सैन्य अड्डा बन्द भएपछि एन्जलस र आसपासका क्षेत्रहरू क्रमशः व्यापार, सेवा र मनोरञ्जन केन्द्रका रूपमा विकसित भएका थिए ।

पुरानो अमेरिकी वायुसेना अड्डा अहिले ‘क्लार्क फ्रिपोर्ट जोन’का रूपमा सञ्चालनमा रहेको छ । उक्त क्षेत्र एन्जलस सहरमा, मेट्रो मनिलाबाट करिब ८० किलोमिटर उत्तरतर्फ अवस्थित छ ।


 


प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  ११:५५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा तापलहर (लु) बाट १६ को मृत्यु
भारतमा तापलहर (लु) बाट १६ को मृत्यु आइतबार, जेठ १०, २०८३
पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ को मृत्यु
पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ को मृत्यु आइतबार, जेठ १०, २०८३
युद्धविराम विस्तारको सङ्केत
युद्धविराम विस्तारको सङ्केत आइतबार, जेठ १०, २०८३
ह्वाइट हाउस नजिक गोलीकाण्ड
ह्वाइट हाउस नजिक गोलीकाण्ड आइतबार, जेठ १०, २०८३
इबोला सङ्क्रमित मुलुकबाट अमेरिका प्रवेशमा प्रतिवन्द
इबोला सङ्क्रमित मुलुकबाट अमेरिका प्रवेशमा प्रतिवन्द शनिबार, जेठ ९, २०८३
चिनको कोइला खानीमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८२ जना पुग्यो नौ जना अझै बेपत्ता
चिनको कोइला खानीमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८२ जना पुग्यो नौ जना अझै बेपत्ता शनिबार, जेठ ९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP