Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • संस्कृति जोगाउन धरानमा लिम्बु समुदायको केलाङ नाच प्रशिक्षण
संस्कृति जोगाउन धरानमा लिम्बु समुदायको केलाङ नाच प्रशिक्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, जेठ ९, २०८३

धरान- लिम्बु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान संरक्षण तथा नयाँपुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले धरानमा केलाङ (च्याब्रुङ) नाच प्रशिक्षण सञ्चालन भइरहेको छ ।

प्रशिक्षक कुमार हुक्पा चोङ्बाङले आधुनिकताको प्रभावसँगै युवापुस्तामा मौलिक संस्कृतिप्रतिको आकर्षण घट्दै गइरहेका बेला यस्ता प्रशिक्षणले संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले प्रशिक्षणमा सहभागीलाई केलाङ नाचको शैली, सांस्कृतिक महत्व, बाजागाजा तथा पारम्परिक प्रस्तुतिबारे सिकाइ भइरहेको जानकारी दिए।

लिम्बु समुदायमा विवाह, व्रतबन्ध, घरपैँचोलगायत अवसरमा गीतको भाकासहित प्रस्तुत गरिने केलाङ नाच सांस्कृतिक पहिचानको महत्वपूर्ण अंश मानिन्छ । चोङ्बाङले नयाँपुस्तालाई यही, शैली र मान्यता हस्तान्तरण गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको उनले जानकारी दिए। 

प्रशिक्षार्थी अमित थेबेले केलाङ प्रशिक्षणले आफ्नो संस्कृति जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भने, “भाषिक तथा सांस्कृतिक सम्पदाको पुस्तान्तरणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुनुका साथै हाम्रा अग्रजहरूले संरक्षण गर्दै आएका संस्कृतिलाई नयाँपुस्ताले पनि जोगाउन आवश्यक छ ।”

Hardik health

प्रशिक्षार्थी सन्जु लिम्बूले पहिलो पटक केलाङ प्रशिक्षणमा सहभागी भएको अनुभव सुनाउँदै प्रशिक्षणपछि आफ्नो संस्कृतिबारे अझ नजिकबाट बुझ्न पाएको बताइन् । उनले भनिन्, “हामीजस्ता युवापुस्ताले आफ्नो संस्कृति संरक्षण र सम्वर्द्धन गर्नुपर्छ । लिम्बु समुदायले विभिन्न अवसरमा केलाङ नाचमार्फत संस्कृति प्रदर्शन गरिरहेका हुन्छन्, यो प्रशिक्षणपछि हाम्रा मौलिक कला, संस्कृति र परम्परा हस्तान्तरण र संरक्षण हुने विश्वास छ ।”

धरान उपमहानगरपालिकाको आर्थिक सहयोग तथा किरात याक्थुङ चुम्लुङ धरान-१९ कार्यसमितिको आयोजनामा प्रशिक्षण सञ्चालन भइरहेको छ । कार्यसमिति अध्यक्ष प्रेमकुमार इधिङ्गो लिम्बूले भने, “हामीले अपेक्षा गरेकोभन्दा बढी युवापुस्ताको सहभागिताले उत्साहित भएका छौँ । प्रशिक्षणमा लिम्बु समुदाय मात्र नभई विभिन्न समुदायका युवाको सहभागिताले परम्परागत कला र संस्कृतिप्रति नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ ।”

अध्यक्ष इधिङ्गोका अनुसार केलाङ नाच लिम्बु समुदायको मौलिक सांस्कृतिक पहिचान भए पनि यसको संरक्षण र प्रवर्द्धन सबैको साझा जिम्मेवारी हो । उनले ८० जनाभन्दा बढीको सहभागिता रहेको प्रशिक्षण आइतबारसम्म सञ्चालन हुने जानकारी दिए। आगामी दिनमा पनि यस्ता सांस्कृतिक तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिइने उनले प्रतिबद्धता जनाए ।

प्रशिक्षार्थी विजय रम्तेलले आफू लिम्बु समुदायको नभए पनि साथीहरूको प्रेरणाले केलाङ नाच सिक्न आएको बताए । उनले भने, “सुरुमा केलाङ नाच निकै गाह्रो लागेको थियो, तर सिक्दै जाँदा सहज भयो । विशेषगरी लिम्बु समुदायको पहिरन र संस्कार मन परेको छ, यसको संरक्षण र पुस्तान्तरण आजको आवश्यकता हो ।”

केलाङ नाचप्रति युवापुस्ताको रुचि र लगाव रहेको किरात याक्थुङ चुम्लुङ सङ्घीय सल्लाहकार नरप्रसाद लुम्फलुङ्वाले बताए । सोही कारणले लिम्बु समुदायको संस्कृति संरक्षण गर्दै यसका माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सकिने उनको भनाइ छ । 

केलाङ अर्थात् च्याब्रुङ नाच लिम्बु (याक्थुङ) समुदायको मौलिक सांस्कृतिक लोकनृत्य हो । च्याब्रुङ बाजाको तालमा सामुहिक रूपमा प्रस्तुत गरिने यो नृत्यले लिम्बू समुदायको संस्कृति, परम्परा, प्रकृतिप्रेम र सामुदायिक एकतालाई प्रतिविम्बित गर्ने लुम्फलुङ्वाले जानकारी दिए। 

उनका अनुसार विवाह, उभौली तथा उधौली, मेला, उत्सव तथा विभिन्न शुभ अवसरमा प्रस्तुत गरिने केलाङ नाच प्रस्तुत गरिन्छ । ढोलजस्तै देखिने च्याब्रुङ बाजाको धुनमा नाचिने यो नृत्यमा चराचुरुङ्गी तथा जनावरका चालको अभिनयसमेत समावेश गरिन्छ ।

युवायुवती मौलिक भेषभूषामा सजिएर सामूहिक रूपमा प्रस्तुत हुने केलाङ नाचमा लिम्बु भाषाका गीत, पारम्परिक संस्कार र मौलिक संस्कृतिको झल्को पाइन्छ । लिम्बु समुदायले केलाङ नाचलाई मनोरञ्जनको माध्यम मात्र नभई सांस्कृतिक पुस्तान्तरण, सामाजिक एकता र परम्परा संरक्षणको महत्वपूर्ण आधारका रूपमा लिने गरेका छन् ।



 


प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  १४:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री डा तिमिल्सिना
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री डा तिमिल्सिना शनिबार, जेठ ९, २०८३
बाँकेसहित तराईमा गर्मीले जनजीवन प्रभावित
बाँकेसहित तराईमा गर्मीले जनजीवन प्रभावित शनिबार, जेठ ९, २०८३
चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुंगाेला पुनःसञ्चालन
चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुंगाेला पुनःसञ्चालन शनिबार, जेठ ९, २०८३
रानीजमरा कुलरिया आयोजनाः उत्पादित विद्युत्को हिसाब गर्न सुझाव
रानीजमरा कुलरिया आयोजनाः उत्पादित विद्युत्को हिसाब गर्न सुझाव शनिबार, जेठ ९, २०८३
जलाशययुक्त आयोजना अगाडि नबढेकामा महालेखापरीक्षकको कार्यालयको प्रश्न
जलाशययुक्त आयोजना अगाडि नबढेकामा महालेखापरीक्षकको कार्यालयको प्रश्न शनिबार, जेठ ९, २०८३
नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह
नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह शनिबार, जेठ ९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP