Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • जलाशययुक्त आयोजना अगाडि नबढेकामा महालेखापरीक्षकको कार्यालयको प्रश्न
जलाशययुक्त आयोजना अगाडि नबढेकामा महालेखापरीक्षकको कार्यालयको प्रश्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, जेठ ९, २०८३

काठमाडौं- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका कार्यक्रमको कार्यान्वयन नभएकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार, सुक्खायामको बिजुलीको माग सम्बोधन गर्न अगाडि बढाउने भनिएका जलाशययुक्त आयोजना अगाडि नबढाइएकामा किन त्यसो भएको हो भनेर जिज्ञासा राखेको छ ।

हरेक वर्ष एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना, ७७० मेगावाट क्षमताको दूधकोशी, ४१७ मेगावाट क्षमताको नलसिंहगाड, २८० मेगावाट क्षमताको नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजनाको निर्माण सुरु हुन सकेको छैन ।

वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा अगाडि बढाउने भनिएको ७७ दशमलव पाँच मेगावाट क्षमताको घुन्सा, ७० दशमलव तीन मेगावाट क्षमताको सिम्बुवा निर्माण अगाडि बढाउने गरी नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको छ ।

 बूढीगण्डकी जलविद्युत् आयोजना बजेट अभावले सुरु हुन नसकेको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा समावेश छ । दूधकोशी जलविद्युत् आयोजनाको लगानीको प्रारुप तय हुन नसकेको, नलसिंहगाड , सिम्बुवा र नौमुरे जलविद्युत् आयोजनाको खरिद पूर्वका कार्य सम्पन्न नभएकाले निर्माण सुरु हुन नसकेको पाइएको छ । राष्ट्रिय गौरवका योजना र रुपान्तरणकारी योजनाका तोकिएका लक्ष्य पूरा नभएको, आयोजनाको वर्गीकरणको आधार तथा मापदण्डको पूर्ण कार्यान्वयन नभएको पाइएको छ ।

Hardik health

यस्तै, बबई भादा औरही नदी व्यवस्थापन आयोजनाले ठेक्का अन्त्य गरी निर्माण व्यवसायीबाट असुल गर्ने निर्णय भएको क्षतिपूर्तिसहित  दुई करोड चार लाख ७४ हजार रुपैयाँ असुल नगरेको लेखापरीक्षणबाट देखिएको छ । मन्त्रालय मातहतका १३ निकायअन्तर्गतका ६६ निर्माण  एक अर्ब ३३ करोड ५३ लाख रुपैयाँको कार्य सम्पन्न भई अधुरो रहेको छ ।

रानीजमरा कुलरिया सिँचाइ आयोजनाको लम्की मूल नहरअन्तर्गत शाखा नहर निर्माण सुरु गर्ने, महाकाली सिँचाइ आयोजानको तेस्रो चरणको त्रिभुवन बस्तीलगायत शाखा नहर विस्तार अगाडि बढाउने लक्ष्य राखिएको भए पनि स्रोत सहमति प्राप्त हुन नसक्दा निर्माण कार्य सुरु नभएको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा समावेश छ ।

मध्य तराईका पाँच जिल्लाका  एक लाख २२ हजार हेक्टर जमिनमा भरपर्दो सिँचाइ सुविधा पु¥याउन अगाडि बढाइएको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हेडबक्र्स, पावर हाउसलगायतका संरचना निर्माण गर्ने लक्ष्य राखिएको भए पनि ती काम अगाडि बढ्न सकेको छैन ।

राष्ट्रिय गौरवका आयोजनाको लागत बढ्यो
प्रतिवेदनअनुसार, राष्ट्रिय गौरवका आयोजनाहरुको लागत बढ्न गएको छ । मन्त्रालय मातहत विभिन्न छ वटा राष्ट्रिय गौरवका आयोजना छन् । सुरु लागत अनुमाान  एक खर्ब एक अर्ब ८३ करोड रुपैयाँ रहेकामा एक सय १३ प्रतिशतसम्म वृद्धि भएको छ ।

वृद्धिपछि लागत अनुमान  दुई खर्ब १७ अर्ब १६ करोड रुपैयाँ बराबर पुगेको छ । हालसम्म ती आयोजनामा एक खर्ब चार अर्ब ९२ करोड रुपैयाँ बराबर खर्च भएको छ । तर भौतिक प्रगति भने न्यूनतम २६ दशमलव ६५ प्रतिशत र अधिकतम ८२ दशमलव २७ प्रतिशत मात्रै भएको छ ।

सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँधस्थल र विद्युत्गृहको ठेक्का सम्झौता अन्त्य भए पनि हालसम्म नयाँ ठेक्का लाग्न सकेको छैन । ऊर्जातर्फको बूढीगण्डकी जलविद्युत् आयोजनाको सुरुआती लागत  दुई खर्ब ६० अर्ब रुपैयाँ रहेकामा संशोधित लागत तीन खर्ब ९८ अर्ब दुई करोड रुपैयाँ कायम भएको छ । यो लागत समेत थप बढ्ने देखिन्छ । सो आयोजनामा रु ४५ अर्ब ११ करोड बराबरको रकम मुआब्जा वितरण भइसकेको छ । लगानी मोडालिटी तय भए पनि निर्माण सुरु हुन सकेको छैन ।

जग्गा विवाद, वित्तीय प्रारुप समयमा टुङ्गो नलाग्नु, बजेट अभाव हुनु, वनसम्बन्धी समसय, कार्ययोजनाअनुसार काम हुन नसक्नुलगायतका कारणले ठूला आयोजनामा अपेक्षित प्रगति हुन सकेको छैन । सोही कारण आयोजनाको समय र लागत दुवै बढ्न गएको छ ।

आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने, अनुमगन र अन्तरनिकाय समन्वय, बजेट सुनिश्चिततालगायतका विषयलाई ध्यान दिई कार्यसम्पादन सम्झौताको कार्यान्वयन स्थिति मूल्याङ्कन गरी निर्धारित समय, लागत र गुणस्तरमा आयोजना सम्पन्न गर्नुपर्नेमा महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

प्रसारण लाइनको प्रगति न्यून
प्रतिवेदनअनुसार, कर्णाली करिडोर ४०० केभी प्रसारण लाइनको प्रगति २४ दशमलव २८ प्रतिशत मात्रै रहेको छ  । भेरी करिडोर ४०० केभी प्रसारण लाइनको दुई दशमलव शून्य एकमात्रै भौतिक प्रगति भएको छ । किमाथाङ्का अरुण हव ४०० केभी प्रसारण लाइनको दुई दशमलव ७७, पश्चिम सेती नयाँ अत्तरिया ४०० केभी प्रसारण लाइनको प्रगति शून्य दशमलव ८९ प्रतिशत बराबर मात्रै भएको छ ।

तमोर हब चाँगे ढुङ्गे साँघु २२० केभी प्रसारण लाइनको प्रगति पनि मात्रै दुई दशमलव ६३ प्रतिशत मात्रै भएको छ । रुपान्तरणकारी आयोजनाअन्तर्गत ऊर्जा मन्त्रालयका दुई अन्तरदेशीय र १६ राष्ट्रिय प्रसारण लाइन आयोजना कार्यान्वयनमा छन् ।

लमाबगर बाह्रबिसे प्रसारण लाइन एक दशमलव ११, शीतलपाटी ढुङ्गेसाँघु प्रसारण लाइनको प्रगति मात्रै शून्य दशमलव २१ प्रतिशत बराबर छ । अधिकांश आयोजनामा जग्गा प्राप्ति, वनको समस्या तथा रुख कटानमा ढिलाइलगायतका काराणले कार्य प्रगतिमा बिलम्ब भएको प्रतिवेदनमा उल्लेख छ ।  
 


प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  १३:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेसहित तराईमा गर्मीले जनजीवन प्रभावित
बाँकेसहित तराईमा गर्मीले जनजीवन प्रभावित शनिबार, जेठ ९, २०८३
चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुंगाेला पुनःसञ्चालन
चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुंगाेला पुनःसञ्चालन शनिबार, जेठ ९, २०८३
संस्कृति जोगाउन धरानमा लिम्बु समुदायको केलाङ नाच प्रशिक्षण
संस्कृति जोगाउन धरानमा लिम्बु समुदायको केलाङ नाच प्रशिक्षण शनिबार, जेठ ९, २०८३
रानीजमरा कुलरिया आयोजनाः उत्पादित विद्युत्को हिसाब गर्न सुझाव
रानीजमरा कुलरिया आयोजनाः उत्पादित विद्युत्को हिसाब गर्न सुझाव शनिबार, जेठ ९, २०८३
नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह
नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह शनिबार, जेठ ९, २०८३
रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको गृहकार्य भइरहेको छः मन्त्री यादव
रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको गृहकार्य भइरहेको छः मन्त्री यादव शनिबार, जेठ ९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP