Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
Search Here
समाचार
  • Home
  • समाचार
  • जैविक विविधताको संरक्षण दिगो विकास र मानव कल्याणसँग जोडिएको छः मन्त्री चौधरी
जैविक विविधताको संरक्षण दिगो विकास र मानव कल्याणसँग जोडिएको छः मन्त्री चौधरी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ ८, २०८३

काठमाडौं- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जैविक विविधताको संरक्षण नेपालको सन्दर्भमा केवल वातावरणीय मुद्दा मात्र नभई दिगो विकास र मानव कल्याणसँग प्रत्यक्ष रूपमा जोडिएको विषयका रूपमा रहेको उल्लेख गरिन्।

अन्तरराष्ट्रिय जैविक विविधता दिवस (मे २२) को अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै मन्त्री चौधरीले आगामी दिनमा जैविक विविधता संरक्षणलाई थप प्रभावकारी बनाउन बहुक्षेत्रगत समन्वयलाई सुदृढ बनाइने बताए । उनले त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याइन् । नेपाल विसं २०५० देखि जैविक विविधता महासन्धिको पक्ष राष्ट्रका रूपमा रहँदै आएकामा हरेक वर्ष जस्तै यस वर्ष पनि विश्वव्यापी प्रभावका लागि स्थानीय पहल भन्ने नाराका साथ आज देशभर यो दिवस मनाइँदै छ ।

मन्त्री चौधरीले जैविक विविधताको विषय जलवायु परिवर्तन र प्रदूषणसँगै विश्वव्यापी तीन प्रमुख सङ्कटमध्ये एक रहेको बताउँदै यसले संरक्षणलाई प्राथमिकताको विषय बनाएको उल्लेख गरिन् । उनले नेपालको सन्दर्भमा जैविक विविधता संरक्षणले खाद्य सुरक्षा, पानीको उपलब्धता, जलवायु सन्तुलन, माटोको उर्वरता तथा समग्र पारिस्थितिक प्रक्रियाको सन्तुलन कायम गर्न महत्त्वपूर्ण योगदान रहेको बताइन् । 

Hardik health

नेपालले जैविक विविधता संरक्षणमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको जनाउँदै मन्त्री चौधरीले लोपोन्मुख बाघ, गैँडाजस्ता प्रमुख प्रजातिको सङ्ख्या वृद्धि, संरक्षित क्षेत्रहरूको विस्तार, सामुदायिक वन व्यवस्थापनमार्फत स्थानीय सहभागिता अभिवृद्धि तथा पारिस्थितिक प्रणाली संरक्षणलगायत सफल अभ्यासहरू यसका उदाहरणका रूपमा रहेका उल्लेख गरिन् । 

“यी उपलब्धिसँगै महत्वपूर्ण चुनौतीहरू पनि विद्यमान छन् । पूर्वाधार विकास र संरक्षणबीच सन्तुलन कायम गर्नु, बढ्दो मानव-वन्यजन्तु द्वन्द्वको प्रभावकारी व्यवस्थापन, कृषि, जल एवं खर्क जैविक विविधता तथा अन्य जैविक विविधताको संरक्षण, संरक्षित क्षेत्र र वनको व्यवस्थापन तथा जैविक स्रोतबाट प्राप्त हुने लाभको न्यायोचित र समतामूलक बाँडफाँट सुनिश्चित गर्नु अझै चुनौतीका रूपमा छन्”, मन्त्री चौधरीले सन्देशमा उल्लेख गरिन् । 

संरक्षण, दिगो उपयोग तथा लाभको न्यायोचित बाँडफाँटलाई सन्तुलित रूपमा अघि बढाउँदै जैविक विविधतालाई विकास योजनाको केन्द्रमा राख्नुपर्नेमा उनले जोड दिइन् । महिला, आदिवासी जनजातिलगायत स्थानीय समुदाय, सरोकार भएका निकाय तथा नागरिक समाजको सक्रिय सहभागितामा मात्रै ‘प्रकृतिसँग सन्तुलित जीवन’को दीर्घकालीन लक्ष्य हासिल गर्न सम्भव हुने उल्लेख गर्दै मन्त्री चौधरीले सदाझैँ यस अभियानमा सबैको सक्रिय सहभागिताका लागि आह्वान गरिन् । 


प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३  १४:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
घेदुङले लिपि विवाद मिलाउने आँट गर्नुपर्छ : अध्यक्ष थोकर
घेदुङले लिपि विवाद मिलाउने आँट गर्नुपर्छ : अध्यक्ष थोकर शनिबार, जेठ ९, २०८३
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ शनिबार, जेठ ९, २०८३
‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वाथ्यमन्त्री मेहताको छलफल
‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वाथ्यमन्त्री मेहताको छलफल शनिबार, जेठ ९, २०८३
‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण
‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण शनिबार, जेठ ९, २०८३
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण शनिबार, जेठ ९, २०८३
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री डा तिमिल्सिना
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री डा तिमिल्सिना शनिबार, जेठ ९, २०८३
बाँकेसहित तराईमा गर्मीले जनजीवन प्रभावित
बाँकेसहित तराईमा गर्मीले जनजीवन प्रभावित शनिबार, जेठ ९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP