काठमाडौं- राष्ट्रियसभाको बैठक सुरु भएको छ । राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशसभासमक्ष टेबल गर्ने कार्यसूची रहेकाे छ ।
साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ माथि छलफल गर्न र ‘भौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।