Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
समाचार
  • Home
  • समाचार
  • जब फेवातालमा डुंगा पल्टियो...
जब फेवातालमा डुंगा पल्टियो...
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ ७, २०८३

गण्डकी- मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुंगामा सवार थिए । यत्तिकैमा विपरीत दिशाबाट बत्तिदै आएको मोटरबोट डुंगालाई ठक्कर दिँदै अगाडि बढ्यो । डुंगामा सवार युवाहरू फेवातालमा डुबे । कोही पौडेर बच्ने प्रयास गर्दै थिए । कोही ‘बचाउ, बचाउ...’ भन्दै चिच्चाइरहेका देखिन्थे । 

डुंगा पल्टेको खबर पाउँनासाथ सुरक्षाकर्मीको उद्धार टोली मोटरबोटबाट घटनास्थलमा आइपुग्यो । सुरक्षाकर्मील यात्रुको तत्काल उद्धार गरे । प्राथमिक उपचारपछि थप स्वास्थ्य जाँचका लागि ताल यात्रुलाई अस्पताल पुर्‍याइयो । दुर्घटनामा परी तालमा हराइरहेका एक जनालाई गोताखोर टोलीले उद्धार गर्‍यो । ज्यानको पर्बाह नगरी तालमा हेलिएका उद्धार टोलीले यात्रुको जीवन बचाएका थिए । यो काल्पनिक घटना-दृश्य पोखराको फेवातालको हो । जिल्ला प्रशासन कार्यालय, कास्कीले आज बसुन्धरा उद्यान नजिक फेवाताल किनारमा जलउत्पन्न विपद् घटनाको उद्धारसम्बन्धी संयुक्त अभ्यास गरेको हो । 

नेपाली सेनाको कृष्णदल गण, जिल्ला प्रहरी कार्यालय, कास्की र सशत्र प्रहरी बल नेपाल नं २४ गणसँगको सहकार्यमा नमुना उद्धार अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले जानकारी दिइन् । विपद् प्रतिकार्य नमुना अभ्यासअन्तर्गत जलउत्पन्न विपद्सम्बन्धी उद्धार अभ्यास गरिएको उनको भनाइ छ । तीनवटै सुरक्षा निकायका विपद् व्यवस्थापन समूहअन्तर्गत रहेका गोताखोर, रोप उद्धारकर्तालगायत सुरक्षाकर्मीको उक्त अभ्यासमा सहभागिता थियो ।

सुरक्षाकर्मीलाई विपद्जन्य उद्धार कार्यमा दक्ष र सीपयुक्त बनाउन नमुना अभ्यास आयोजना गरिएको हो । नमुना अभ्यासले विपद् न्यूनीकरण तथा व्यवस्थापनमा जनस्तरमा सचेतना अभिवृद्धि हुने विश्वास लिइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रागङ्त बरालले बताए ।

Hardik health

जिल्ला विपद् व्यवस्थापन समितिले समुदायस्तरमा विभिन्न तालिम तथा सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । विपद्जन्य घटनाबाट हुने क्षति न्यूनीकरणमा नमूना अभ्यासले मद्दत पुर्‍याउने जनाइएको छ । नमुना उद्धार अभ्यासले विपद्को समयमा हुने संवेदनशीलताको विश्लेषण गरी सुरक्षामा खटिने टोलीलाई विपद् उद्धारमा लाग्न सहजीकरण हुने गरेको छ । उद्धार अभ्यासको अवलोकनपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनसुनको पूर्वसन्ध्यामा विपद्सम्बन्धी सम्भावित घटनाको उद्धार तथा कृत्रिम अभ्यासमार्फत आमनागरिकमा सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरे । 

“गण्डकी प्रदेश प्राकृतिक रूपमा जति सुन्दर छ त्यति संवेदनशील छ । विविध भूगोल, नदी, तालतलैया तथा कमजोर भौगर्भिक संरचनाका कारण मनसुन सुरु भएसँगै बाढीपहिरो, डुबान, हावाहुरीलगायत विपद्का जोखिम हरेक वर्ष बढ्दो छ”, उनले भने, “सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारी, पूर्वसूचना प्रणाली, उद्धार क्षमता अभिवृद्धि र समुदायस्तरको सचेतना आजको आवश्यकता हो ।”

हावाहुरी, आकस्मिक वर्षा तथा मौसम प्रतिकूल हुँदा ताल क्षेत्रमा हुने दुर्घटनाले जनधनको क्षति हुने गरेको मुख्यमन्त्री पाण्डेले बताए । विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन पूर्वतयारी सबैभन्दा महत्वपूर्ण र उत्कृष्ट विकल्पका रूपमा रहेको उनको भनाइ छ । “बाढीपहिरो, डुबान, आगलागी तथा ताल क्षेत्रमा हुने दुर्घटनाको जोखिम भएका स्थानमा समुदायस्तरमा नियमित सचेतना, तालिम र अभ्यास कार्यक्रम सञ्चालन गर्न आवश्यक छ”, मुख्यमन्त्री पाण्डेले भने । 

प्रदेश सरकारको सहयोगमा फेवाताल र बेगनास तालमा (उद्धार)वाच टावर निर्माण गरिएको छ । सुरक्षा निकायमार्फत सञ्चालन हुने उद्धार डुंगा (बोट) हरू पनि हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वय र सहकार्यमा प्रत्येक वर्ष विपद् पूर्वतयारी तथा कृत्रिम अभ्यास कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

उद्धार सामग्री खरिद तथा व्यवस्थापन, राहत वितरण, गोताखोर तालिम, कम्युनिटी सर्च एण्ड रेस्क्यू तालिम, विपद् व्यवस्थापन सिमुलेशन अभ्यासलगायत कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेका छन् । प्रदेशस्थित गोदाम घरमा विपद् उद्धारका सामग्री भण्डार र आवश्यकताअनुसार सुरक्षा निकायलाई उद्धार सामग्री हस्तान्तरण गरिएको छ । 

प्रदेश विपद् कार्यकारी समितिको निर्णयअनुसार प्रदेश विपद् व्यवस्थापन कोषमार्फत जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई रकम उपलब्ध गराउने कार्य भइरहेको छ । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहत तथा उद्धार कार्य प्रभावकारी बनाउन ११ वटै जिल्लाको विपद् व्यवस्थापन कोषमा  १०/१० लाख रुपैयाँ तथा प्रदेशस्तरमा  १० करोड रुपैयाँ नघट्ने गरी विपद् व्यवस्थापन कोष सञ्चालन गरिएको छ ।


प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  १६:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वालेन्द्र सरकारमा झल्कियो पुरानै सत्ताको धङधङी
वालेन्द्र सरकारमा झल्कियो पुरानै सत्ताको धङधङी शनिबार, असार २७, २०८३
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज शनिबार, असार २७, २०८३
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ शनिबार, असार २७, २०८३
विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा
विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा शनिबार, असार २७, २०८३
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान शनिबार, असार २७, २०८३
केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना शनिबार, असार २७, २०८३
स्पेन फिफा विश्वकपको सेमिफाइनलमा
स्पेन फिफा विश्वकपको सेमिफाइनलमा शनिबार, असार २७, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP