बुटवल - लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत दोस्रो बैठक बिहीबार बिहान १ बजे बस्ने भएको छ । प्रदेश सभामुखको निर्देशनअनुसार बैठक बस्न लागेको भन्दै प्रदेश सभा सचिवालयले सूचना जारी गरेको हो ।
प्रदेश सभा सचिवालयद्वारा बुधबार जारी सूचनाअनुसार लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम प्रदेश सभा सदस्यहरूको जानकारीका लागि सूचना प्रकाशन गरिएको जनाएको छ ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरद्वारा हस्ताक्षरित सूचनामा बैठक राप्ती उपत्यका (देउखुरी)स्थित प्रदेश सभा भवनमा बस्ने उल्लेख गरिएको छ । बैठकमा मुख्य रूपमा आगामी बजेटसम्बन्धी छलफल हुने जनाइएको छ ।