काठमाडौं- संसदमा श्रम संस्कृति पार्टीका सांसद र सभामुखबीचको चर्काचर्की भएकाे छ ।
श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रश्न गर्न नपाउने भन्दै उठेर प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालसँग चर्काचर्की परेकाे हाे
प्रतिनिधि सभाका सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरुलाई आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन यस अघि नै पनि चेतावनी दिएका थिए । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा पनि सो पार्टी अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरुले प्लेकार्ड प्रदर्शन गर्दै सरकारको विरोध गरेपछि सभामुखले व्यवहार सच्याउन चेतावनी दिएका हुन् ।