काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै आज पनि आलोचना गरे । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीदेखि मन्त्रीहरूलाई सदनमा अनिवार्य आउन रुलिङको माग गरे ।
उनले भने, ‘हामीले बारम्बार प्रश्न उठाएका छौँ, हाम्रो आफ्नो व्यक्तिगत प्रश्न नभएर जनताका प्रश्नहरू हामीले सरकारका सम्बन्धित मन्त्रीहरूलाई सोध्न चाहेका छौँ । सीमानाको कुरादेखि लिएर महँगी नियन्त्रण, सहकारी पीडितलाई फिर्ता गर्दै गरेको पैसाको स्रोतलगायतको विषयमा हामीले थुप्रै प्रश्न राख्न खोजेका छौँ ।’
उनले आफूहरूले सुकुमबासी व्यवस्थापनसँग सम्बन्धित प्रश्न गर्न चाहेको बताए ।